यी हुन् सबैभन्दा बढी राजश्‍व उठाउने प्रमुख १५ मालपोत कार्यालय (सूचिसहित)

घरजग्गा किनबेच संख्याका हिसावले भने तराई क्षेत्रका मालपोत कार्यालय सबैभन्दा अगाडि रहेका छन् । 

367B408218B985F-icon.png
1577views
A8B6D3F7AE42024-Malpot-final.jpg

काठमाडौं । फागुन महिनामा देशभरीका १२६ मालपोत कार्यालयबाट कुल तीन अर्ब ५६ करोड ८० लाख रुपैयाँ राजश्‍व संकलन भयो । सेवा शुल्क, रजिष्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्‍न शिर्षकमा मालपोत कार्यालयले राजश्‍व उठाउने गर्छन् ।

राजश्‍वमा कुन मालपोत कार्यालयको कति योगदान रहेको छ त ? आज हामी तपाईंलाई फागुन महिनामा उठेको कुल राजश्व रकममा सबैभन्दा बढी योगदान गरेका १५ मालपोत कार्यालयको बारेमा जानकारी गराउन गइरहेका छौं ।

घरजग्गा किनबेच संख्याका हिसावले तराई क्षेत्रका मालपोत कार्यालय सबैभन्दा अगाडि रहेका छन् । 

झापाको दमक, सुनसरीको इनरुवा, मोरङको बेलवारी, धनुषाको जनकपुरधाम, पर्सा, बारा, दाङको घोराही र तुलसीपुर, बाँकेको नेपालगञ्‍ज, कैलालीको धनगढी मालपोत कार्यालयबाट सबैभन्दा धेरै घरजग्गा किनबेच हुन थालेको छ ।

धेरै घरजग्गा किनबेच गराउने परम्परागत मालपोत कार्यालयहरु पछिल्लो समय पछाडि पर्न थालेको देखिन्छ । काठमाडौं उपत्यका, कास्की, चितवन, रुपन्देहीका मालपोत कार्यालयलाई घरजग्गा किनबेचमा अरु मालपोत कार्यालयले उछिन्‍न थालेका छन् ।

तर, घरजग्गा किनबेचमा पछाडि रहेपनि राजश्‍व संकलनमा भने काठमाडौं उपत्यका, कास्की, रुपन्देही, विराटनगरका मालपोत अग्रस्थानमा रहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ ।

फागुनमा सबैभन्दा धेरै घरजग्गा बाँकेको नेपालगञ्‍ज मालपोत कार्यालयबाट भयो । तर, राजश्‍व संकलनमा ललितपुरको लगनखेल मालपोत पहिलो बन्यो । 

फागुनमा सबैभन्दा धेरै घरजग्गा किनबेच गराउने नेपालगञ्‍ज मालपोत कार्यालय ६ करोड ७७ लाख रुपैयाँ राजश्‍व संकलन गरी १२औं स्थानमा छ । घरजग्गा किनबेचमा नबाौं स्थानमा रहेको ललितपुरको लगनखेल मालपोतबाट ३२ करोड १६ लाख रुपैयाँ राजश्‍व संकलन भई पहिलो नम्बरमा रहेको छ ।

फागुनमा राजश्‍व संकलनमा काठमाडौं उपत्यका, कास्की, रुपन्देही, काभ्रे, विराटनगरको योगदान बढी देखिन्छ ।

फागुनमा भक्तपुरबाट २२ करोड ९० लाख, कलंकीबाट १८ करोड ७७ लाख, चावहिलबाट १६ करोड ८८ लाख, डिल्लीबजारबाट १४ करोड ५३ लाख, कास्कीबाट १२ करोड ७६ लाख रुपैयाँ राजश्‍व संकलन भएको विभागले जनाएको छ ।

यस्तै, चितवनबाट ८ करोड ८५ लाख, काभ्रेबाट ८ करोड ५० लाख, साँखुबाट ७ करोड ४३ लाख, रुपन्देही (बुटवल)बाट ७ करोड ४१ लाख, रुपन्देही (भैरहवा)बाट ६ करोड ८१ लाख, बाँकेबाट ६ करोड ७७ लाख, मकवानपुरबाट ६ करोड ६१ लाख, मनमैंजु (काठमाडौं)बाट ६ करोड ३७ लाख, कैलालीको धनगढीबाट ६ करोड २६ लाख रुपैयाँ राजश्‍व संकलन भएको छ ।

मोरङको विराटनगरबाट ६ करोड २५ लाख, सुनसरीको इनरुवाबाट ५ करोड ५८ लाख, पर्साबाट ५ करोड १८ लाख, धनुषाको जनकपुरबाट ४ करोड ३९ लाख, कास्कीको लेखनाथबाट ४ करोड २९ लाख, झापाको भद्रपुरबाट ३ करोड ३९ लाख, काठमाडौंको टोखाबाट ३ करोड ८७ लाख रुपैयाँ  राजश्व संकलन भएको देखिन्छ ।

फागुन महिनमा सबैभन्दा धेरै राजश्व संकलन भएका १५ मालपोत कार्यालय

मालपोत कार्यालयको नाम

राजश्व संकलन (रू.)

लगनखेल, ललितपुर

३२ करोड १६ लाख

भक्तपुर

२२ करोड ९० लाख

कलंकी, काठमाण्डौं

१८ करोड ७७ लाख

चावहिल, काठमाण्डौं

१६ करोड ८८ लाख

डिल्लीबजार, काठमाण्डौ

१४ करोड ५३ लाख

पोखरा, कास्की

१२ करोड ७६ लाख

भरतपुर, चितवन

८ करोड ८५ लाख

काभ्रेपलान्चोक

८ करोड ५० लाख

साँखु, काठमाण्डौं

७ करोड ४३ लाख

बुटवल, रुपन्देही

७ करोड ४१ लाख

भैरहवा, रुपन्देही

६ करोड ८१ लाख

नेपालगञ्ज, बाँके

६ करोड ७७ लाख

मकवानपुर

६ करोड ६१ लाख

मनमैजु, काठमण्डौं

६ करोड ३७ लाख

धनगढी, कैलाल

६ करोड २६ लाख

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

निर्माणमा नभइ नहुने सिमेन्ट सम्बन्धी ३१ जिज्ञासा र जवाफ

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

B8F0833F7EC2A66-1682394595-W3WiY.jpg

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

4ADE35FBBB4BDB6-purano-bus-park-view-tower-(3).jpg

बालेनको ८ बुँदे खुलासा : यसरी हुन्छ महानगरलाई काठमाडौं टावरमा अर्बौं क्षति

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?