कालोसूचिमा पर्नेको संख्या दैनिक ७४ ! दश महिनामा थपिए २२ हजार

०७९ असार मसान्तसम्म कालोसूचिमा पर्नेको कुल संख्या २७ हजार ४७६ रहेको थियो । चालु आवको १० महिनामा कालोसूचिमा पर्नेको संख्या ८१.४१ प्रतिशतले बढेर ४९ हजार ८५० पुगेको छ । 

367B408218B985F-icon.png
16193views
0F168E69B432CFF-blacklist-loan-credit-black-list.jpg

-०७९ असारसम्म कालोसूचिमा पर्नेको संख्या २७,४७६ रहेकोमा ०८० वैशाखसम्म आइपुग्दा ४९,८५० पुगे

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको ऋण नतिरेर कालोसूचिमा पर्ने व्यक्ति तथा कम्पनीको (ऋणी) संख्या कहालीलाग्‍ने गरी बढेको छ । 

चालु आर्थिक वर्षको १० महिनाको तथ्यांक हेर्दा दैनिक औषत ७४ व्यक्ति, कम्पनी वा संस्था कर्जा सूचना केन्द्रको कालोसूचिमा पर्दै आएका छन् ।

साउनदेखि वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्ने र चेक बाउन्स हुने २२ हजार ३७४ कालोसूचिमा परेका छन् । १० महिनाको संख्या हालसम्म कालोसूचिमा पर्ने कुल संख्याको ८१.४१ प्रतिशत हो । अर्थात्, चालु आवमा कालोसूचिमा पर्नेको संख्या झन्डै दोब्बर हुने सम्भवना देखिएको छ ।

०७९ असार मसान्तसम्म कालोसूचिमा पर्नेको कुल संख्या २७ हजार ४७६ रहेको थियो । चालु आवको १० महिनामा कालोसूचिमा पर्नेको संख्या ८१.४१ प्रतिशतले बढेर ४९ हजार ८५० पुगेको छ । 

कोभिड महामारीपछि बैंक तथा वित्तीय संस्थाको कर्जा तिर्न नसकेर धेरै ऋणी कालोसूचिमा पर्न थालेका छन् । अझ कोभिडपछि देखिएको चरम मन्दीका कारण धेरैको व्यापार व्यवसाय ठप्प  भएर कर्जा चुक्ता गर्न नसकेको कर्जा सूचना केन्द्रको तथ्यांकले देखाउँछ । 

राष्ट्र बैंकको ०७४ मा जारी गरेको एकीकृत निर्देशिकाले चेक बाउन्स हुने व्यक्ति वा कम्पनी सिधै कालोसूचिमा पर्ने व्यवस्था गरेको छ । खातामा पैसा नभए पनि चेक काट्ने व्यक्ति वा संस्था कालोसूचिमा पर्दै आइरहेका छन् । 

पछिल्लो समय कालोसूचिमा पर्नेहरुमध्ये करिव ७०/७५ प्रतिशत चेक बाउन्स हुनेहरु रहेको कर्जा सूचना केन्द्रको भनाई छ । पछिल्लो समय मन्दीका कारण उद्योगी व्यवसायीहरु बजारबाट उधारो उठाउन नसकेर हैरान छन् । उनीहरु खातामा पैसा नभएको चेकहरु राखेर बसिरहेको अवस्था छ ।

पछिल्लो १० महिनामा कालोसूचिमा पर्नेहरुको संख्याले बैंकमा खराब कर्जा बढिरहेको र  देशको आर्थिक अवस्था पनि नाजुक हुँदै गइरहेको डरलाग्दो यथार्थ चित्रण गर्छ । पछिल्लो समय चेक बाउन्स सबैभन्दा डरलाग्दो गरी बढिरहेको कर्जा सूचना केन्द्रको भनाई छ ।

कुन वर्ष कति कालोसूचिमा परे हेर्नुहोस् तथ्यांक

आर्थिक वर्ष ०७५/७६ को पहिलो १० महिनामा (साउन–वैशाख) कर्जा सूचना केन्द्रको कालोसूचिमा पर्ने व्यक्ति तथा कम्पनी १ हजार ३९० रहेका थिए । यो संख्या बढेर आव ०७६/७७ मा २ हजार ७७९ पुगेको देखिन्छ ।

०७६ चैतदेखि कोभिड महामारीका कारण नेपालमा लकडाउन सुरु भयो । उक्त आर्थिक वर्ष ०७७/७८ को पहिलो १० महिनामा ३ हजार ९५७ व्यक्ति तथा कम्पनी कालोसूचिमा परेको तथ्यांक छ ।

कोभिड महामारीको प्रभाव आव ०७८/७९ मा देखियो । सो वर्ष ८ हजार ७७९ कालोसूचिमा परे, जुन अघिल्लो आवको तुलनामा दोब्बरभन्दा बढी हो ।

कोभिडपछि चरम महामन्दी छाउँदा ०७९/८० को पहिलो १० महिनामा कालोसूचिमा पर्नेको संख्या बढेर २२ हजार ३७४ पुगेको छ ।

पछिल्लो समय धितो लिलाममा राखिएका सूचना पत्रपत्रिका बढ्न थालेका छन् । तरलता अभाव र बढ्दो ब्याजका कारण बैंकले राखको धितो लिलाम हुने अवस्था पनि छैन ।

कोभिडपछि बजारमा देखिएको चरम तरलता संकट, मूल्यवृद्धि, चर्को ब्याजदर, बढ्दो उत्पादन लागत, बजार मागमा आएको कमी, बजारबाट नगद प्राप्तीमा भएको समस्यालगायत कारणले सिंगो अर्थतन्त्रमै मन्दी छाएको छ । पछिल्लो समय व्यापार व्यवसाय पनि चौपट बन्‍ने अवस्थामा छन् । यो संकटबाट निर्माण सामाग्री उत्पादक उद्योग र घरजग्गा व्यवसाय सबैभन्दा बढी मारमा परेको अध्ययनले देखाएको छ ।

तरलता अभाव, बढ्दो ब्याजदर, ऋण प्रवाहमा संकुचन, मूल्य वृद्धि, निराशाजनक सरकारको पुँजीगत खर्चलगायत कारणले समग्र आर्थिक प्रणालीलाई नै संकुचित गर्ने दिशातर्फ उन्मुख भइरहेको विज्ञले बताउँदै आएका छन् ।

कर्जा सूचना केन्द्रले कसरी विवरण तयार गर्छ ?

कुनै पनि बैंक तथा वित्तीय संस्थाले आफुले स्वीकृत गरेको सम्पूर्ण कर्जाको विवरण, ९० दिनभन्दा बढी अवधिले भाखा नाघेका सम्पुर्ण कर्जाको विवरण र १० लाख रुपैयाँ वा सो भन्दा बढीको कर्जा रकम कालोसूचीमा राख्‍न तोकिएको अवधिभित्र कर्जा सूचना केन्द्रलाई जानकारी गराउनुपर्ने व्यवस्था छ । 

सो बमोजिम बैंक तथा वित्तीय संस्थाहरुले कर्जा सूचना केन्द्रलाई उपलब्ध गराएको विवरणकै आधारमा केन्द्रले अन्य कुनै पनि बैंकले माग गरेको कर्जा सूचना तयार गरी उपलब्ध गराउँछ । 

लघुवित वित्तीय संस्थाहरुको हकमा भने ५ लाख वा सो भन्दा बढीको कर्जा रकम भएका ऋणीहरुलाई कालोसूचीमा राख्‍न पठाउने व्यवस्था छ । नियतवश कर्जा नतिर्ने ऋणीलाई भने जतिसुकै परिमाणको ऋण भए पनि कालोसूचीमा राख्‍न सकिने व्यवस्था छ ।

कालोसूचिमा परे के हुन्छ ?

कालोसूचिमा परेपछि बैंक तथा वित्तीय संस्थाबाट ऋण पाइँदैन । कुनै एउटा बैंकको ऋण चुक्ता नगरी कालोसूचीमा परेको व्यक्तिले अर्को बैंकबाट पुनः कर्जा पाउन सक्दैन । कालोसूचीमा परेको व्यक्तिले राज्यबाट पाउने विभिन्न किसिमका सुविधा समेत नपाउन सक्छ । उ अन्य सरकारी सुविधाबाट समेत बञ्‍चित हुन्छ । 

कालोसूचिमा परेका व्यक्ति व्यक्ति तथा कम्पनीले अन्य बैंकमा समेत खाता खोल्न पाउँदैन । कालोसूचिमा परेका व्यक्ति, फर्म, कम्पनी वा संस्थाको कायम रहेको खातामा रकम जम्मा गर्न बाहेक अन्य कुनै पनि बैंकिङ कारोबार गर्न पाइँदैन ।

कस्तो ऋणी कालोसूचिमा पर्छन् ? 

बैंकहरुले कर्जा लिएका ऋणीसँग गरेको सम्झौताअनुसार साँवा ब्याजको एउटा किस्ता पनि डिफल्ट हुने वित्तिकै ताकेता गर्न थाल्छ । ईएमआई तिर्दा तिर्दै १/२ महिना तलमाथि हुन सक्छ ।

यदि ऋणी कर्जा भुक्तानी गर्न बैंकमा जाँदै गएन, बैंकको सम्पर्कमै रहेन भने बैंकहरुसँग धितो लिलामी गरेर ऋण असुली गर्नुको विकल्प रहँदैन । बैंकले लिलामीको निर्णमा पुग्नुअघि ऋणीसँग धेरै फलोअप गरिरहेको हुन्छ । ऋण डिफल्ट भएपछि अन्तिममा बैंक जाने भनेको धितो लिलामीमै हो ।

बैंकबबाट कर्जा लिएको ऋणीले सम्झौता अनुसार किस्ता भुक्तानी नगरेको ३ महिना २५ प्रतिशत ६ महिनासम्म भुक्तानी नभएमा ५० प्रतिशत र १ वर्षसम्म भुक्तानी नभएमा शतप्रतिशत प्रोभिजन गर्नुपर्छ ।

यसबीचमा बैंकले ऋणीलाई ब्याज किस्ता भुक्तानीका लागि पत्राचार भने गरिरहनु पर्ने हुन्छ । शतप्रतिशत प्रोभिजन गरिएका कर्जालाई बैंकले कालोसूचीमा राख्‍ने अधिकार बैंकलाई हुन्छ । तर बैंकले कालो सूचीको लागि सीआइबीमा पत्र पठाउनुभन्दा अगाडि ऋणीलाई ३५ दिने सूचना निकाल्छ । स्वयम ऋणीलाई विभिन्‍न ताकेता पत्र पठाइरहन्छ । निकै धेरै फलोअप गर्दा पनि समयमा कर्जाको भुक्तानी नगरेमा बैंकले कारण खुलाइ सीआइबीमा कालो सूचीमा राख्‍न चिठी पठाउँछ । बैंकले चिठी पठाएपछि २-३ दिनमा सीआइबीले कालोसूचीमा ऋणीलाई राख्छ ।

नेपालमा बैंकहरूको बढ्दो निष्क्रिय कर्जा नियन्त्रण गर्ने उद्देश्य राखी सन् १९८९ मा कर्जा सूचना केन्द्रको स्थापना गरिएको थियो । बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने कर्जा सम्बन्धी सूचनाको अभिलेख राख्‍न यसले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । 

जिज्ञासा र जवाफ : सिमेन्ट के हो र कसरी प्रयोग हुन्छ ?

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

दुई वर्षदेखि ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर यस वर्ष २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान

B8F0833F7EC2A66-1682394595-W3WiY.jpg

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

4ADE35FBBB4BDB6-purano-bus-park-view-tower-(3).jpg

बालेनको ८ बुँदे खुलासा : यसरी हुन्छ महानगरलाई काठमाडौं टावरमा अर्बौं क्षति

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?