१० महिनामा ३ लाख घरजग्गा रोक्का, २ लाख फुकुवा

बैंकमा धितो बन्धक राखेर कर्जा लिनेहरुको संख्याभन्दा कर्जा चुक्ता गरेर धितो फुकुवा गर्नेको संख्या अत्यन्तै कम देखिन्छ ।

367B408218B985F-icon.png
1839views
F1ED932BAF5F1A4-rokkka.jpg

काठमाडौं । तरलता अभाव, उच्च ब्याजदर र चरम मन्दीका कारण बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिने ऋणीको संख्या घटेको छ ।

चर्को ब्याजदर र मन्दीका कारण लगानीकर्ताहरु ‘पर्ख र हेर’को अवस्थामा छन् । मन्दीले व्यापार व्यवसाय चौपट हुँदा बैंकको कर्जा चुक्ता गर्न नसक्ने ऋणी पनि बढेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ ।

चालु आर्थिक वर्षको पहिलो १० महिना (साउन–वैशाख)मा २ लाख ९६ हजार घरजग्गा बैंकमा दृष्टि बन्धक (रोक्का) राखेर कर्जा प्रवाह भएको छ । र, बैंकमा रोक्का राखिएका २ लाख ६ हजार घरजग्गा कर्जा चुक्ता गरेर फुकुवा गरिएका छन् ।

अर्थात्, बैंकमा धितो बन्धक राखेर कर्जा लिनेहरुको संख्याभन्दा कर्जा चुक्ता गरेर धितो फुकुवा गर्नेको संख्या अत्यन्तै कम देखिन्छ । बैंकको नियमित किस्ता बुझाएर कर्जा चुक्ता गरी आफ्नो धितो फुकुवा गर्नेको संख्या घटेको छ । 

पछिल्लो समय पत्रपत्रिकामा आइरहेका धितो लिलामका सूचनाहरुले पनि खराब ऋणी (ऋण तिर्न नसक्ने) बढेको देखाउँछ । अहिले पत्रपत्रिका बैंकको धितो लिलामका सूचनाले भरिने गरेका छन् । तर, बैंकले धितो लिलामको सार्वजनिक सुचना जारी गरे पनि मन्दीका कारण धितो बिक्री हुन नसकेको बैंककै गुनासो छ ।

चालु आवको साउनमा २८ हजार घरजग्गा रोक्का हुँदा २० हजार घरजग्गा फुकुवा भएका छन् । यस्तै, भदौमा ३६ हजार घरजग्गा रोक्का भएको देखिन्छ भने २० घरजग्गा फुकुवा भएका गरिएका छन् । अशोजमा २४ हजार घरजग्गा रोक्का र १३ हजार घरजग्गा फुकुवा गरिए ।

कार्तिकमा २० हजार ५ सय घरजग्गा रोक्का र १५ हजार ५ सय घरजग्गा फुकुवा भएका छन् भने मंसिरमा २५ हजार ६ सय घरजग्गा रोक्का हुँदा १८ हजार ४ सय घरजग्गा फुकुवा भएका छन् । पुसमा ३१ हजार ३ सय घरजग्गा रोक्का र २२ हजार ४ सय घरजग्गा फुकुवा गरिए ।

यस्तै, माघमा ३१ हजार घरजग्गा रोक्का र २३ हजार ७ सय घरजग्गा फुकुवा, फागुनमा ३० हजार ८ सय घरजग्गा रोक्का र २२ हजार घरजग्गा फुकुवा, चैतमा ३७ हजार ८ सय घरजग्गा रोक्का र २७ हजार ६ सय घरजग्गा फुकुवा तथा वैशाखमा ३० हजार ५ सय घरजग्गा रोक्का र २३ हजार ६ सय घरजग्गा फुकुवा भएको तथ्यांक छ ।

नेपालका बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कुल कर्जामध्ये दुई तिहाईभन्दा बढी कर्जाको धितो घरजग्गा नै राखिएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । ऋणीको नाममा रहेको घरजग्गा धितो राखेर कर्जा प्रवाह गर्दा बढी नै सुरक्षित महशुस गर्ने गरेका बैंकले कर्जा असुली गर्न नसकेमा सोही धितो लिलाम बिक्री गरी असुली गर्छन् । 

कर्जा प्रवाह गर्दा बैंकले सम्बन्धित व्यक्तिको नाममा रहेको घरजग्गा मालपोत कार्यालयमा गएर बैंकको नाममा बन्धक राख्ने गर्छन् । कर्जा चुक्ता भएपछि मालपोत कार्यालमै गएर ऋणीको घरजग्गा फुकुवा गरिदिन्छन् । धितो बन्धक (रोक्का) राखेको घरजग्गा फकुवा नहुञ्जेल बिक्री वितरण वा अन्य बैंकमा धितो राखेर ऋण लिन पाइँदैन ।

घरजग्गा खरिद गर्नमात्र होइन, शैक्षिक, व्यवसायिक वा जुनसुकनै शिर्षकमा कर्जा लिनसमेत बैंकमा स्थिर सम्पत्ती (घरजग्गा) धितो देखाउनुपर्छ । यसको अलवा शेयर, सुनचाँदी वा अन्य स्थिर सम्पत्ती राखेर पनि कर्जा लिन सकिन्छ । नेपालमा सम्बन्धित परियोजना वा शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा प्रवाह ज्यादै न्यून हुने गर्छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

B8F0833F7EC2A66-1682394595-W3WiY.jpg

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

4ADE35FBBB4BDB6-purano-bus-park-view-tower-(3).jpg

बालेनको ८ बुँदे खुलासा : यसरी हुन्छ महानगरलाई काठमाडौं टावरमा अर्बौं क्षति

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?