हाम्रो पात्रोअनुसार ०८० सालमा गृहारम्भका लागि १२ महिनामा १० दिनमात्रै शुभसाइत रहेको छ ।
काठमाडौं । के तपाईं ०८० सालमा आफ्नो सपनाको घर निर्माण सुरु वा नयाँ घरमा सर्दै हुनुहुन्छ ? हिन्दू धर्म परम्पराअनुसार गृहारम्भ (घरको जग राख्ने) र गृहप्रवेश (नयाँ घरमा सर्न)का लागि राम्रो साइत जुराउने चलन छ नि !
हिन्दू धर्ममा शुभसाइत जुराएर घरको जग राख्ने वा नयाँ घरमा बसाई सर्नु लाभदायक मानिन्छ । आज हामी तपाईंहरुलाई ०८० सालमा कुन कुन दिन गृहारम्भ र गृहप्रवेशका लागि उपयुक्त छन् भनेर जानकारी गराउँदै छौं ।
हाम्रो पात्रोअनुसार ०८० सालमा गृहारम्भका लागि १२ महिनामा १० दिनमात्रै शुभसाइत रहेको छ ।
वैशाख ५ र ३० गते, साउन २५ र २८ गते, मंसिरको १४, १७ र २३ गते तथा फागुनको २०, २४ र २५ गते घरको जग हाल्नका लागि शुभ दिन रहेका छन् ।
यस्तै, नयाँ घरमा सर्नका लागि पाँच दिन मात्र शुभदिन रहेको देखिन्छ । वैशाखको १५ गते, जेठको १२ र २७ गते, माघको ४ र १३ गतेलाई शुभसाइत बनाएर नयाँ घरमा सर्दा शुभलाभ मिल्ने छ ।