आर्थिक सर्वेक्षण भन्छ– देशभर ४४ नयाँ सहरको पूर्वाधार निर्माण सुरु भइसक्यो

सहरको एकीकृत विकास गर्न एक सय ८५ नगरपालिकाको एकीकृत सहरी विकास योजना तयार गरिएको छ

367B408218B985F-icon.png
1762views
3A0CD965197AC01-8ACEDA690E11346-0C9F1EBA886C020-7AB8AB07AB3083A-new city.jpeg

काठमाडौं । सरकारले देशभर २७ नयाँ सहर र १७ स्मार्ट सहरको पूर्वाधार निर्माण सुरु भइसकेको बताएको छ । अहिलेसम्म देशका विभिन्‍न ५८ ठाउँमा नयाँ सहर घोषणा भइसकेका छन् । 

सहरको एकीकृत विकास गर्न एक सय ८५ नगरपालिकाको एकीकृत सहरी विकास योजना तयार गरिएको अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतबार सार्वजनिक गरेको ‘आर्थिक सर्वेक्षण ०७९/८०’ मा उल्लेख छ ।

०७९ फागुनसम्म नयाँ सहरसम्बन्धी कार्यक्रममा कालोपत्रे ८ हजार ६७ किमी, ढलान सडक ४ हजार ४२ किमी, ढल तथा नाला निर्माण २८ हजार ६३६ किमी र ट्रयाक खोल्ने तथा स्तरोन्‍नती कार्य ४८ हजार ६०७ किमी सम्पन्‍न भएको बताइएको छ ।

सघन सहरी विकास कार्यक्रम अन्तर्गत तराई–मधेशका जिल्ला सदरमुकामका पूर्वाधार कार्यक्रमबाट आर्थिक वर्ष ०७८/७९ मा १५० किलोमिटर सडक स्तरोन्नती र २ सय किलोमिटर ड्रेन निर्माण सम्पन्‍न भइ ०७९ फागुनसम्म एक हजार ३३५ किलोमिटर सडक स्तरोन्‍नती र ड्रेन निर्माण कार्य सम्पन्‍न भएको छ ।

बागमती नदीमा सुख्खायाममा समेत न्यूनतम बहाव कायम राख्‍ने उद्देश्यले धाप ड्याम निर्माण सम्पन्‍न गरी प्रयोगमा ल्याइसकिएको छ ।

आव ०७९/८० को फागुनसम्म पुष्पलाल राजमार्ग र हुलाकी राजमार्गका २७ स्थानमा नयाँ सहर विकास कार्यक्रम अन्तर्गत २.२ किलोमिटर सडक कालोपत्रे, ७.१ किलोमिटर सडक ढलान र ५.७ किलोमिटर सतह नाला निर्माण कार्य सम्पन्‍न भएको बताइएको छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

B8F0833F7EC2A66-1682394595-W3WiY.jpg

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

4ADE35FBBB4BDB6-purano-bus-park-view-tower-(3).jpg

बालेनको ८ बुँदे खुलासा : यसरी हुन्छ महानगरलाई काठमाडौं टावरमा अर्बौं क्षति

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?