पहिलो आवासीय घर किन्‍नेले दुई करोडसम्म कर्जा पाउने, जोखिमभार पनि पुनरावलोकन हुने

राष्‍ट्र बैंकले आइतबार चालु आरणथिक वर्षका लागि मौद्रिक नीति जारी गर्दै रियल इस्टेट कर्जाको विद्यमान जोखिम भार सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने भएको छ

367B408218B985F-icon.png
2376views
20A965574634631-nrb.png

काठमाडौं । पहिलो पटक घर खरिद गर्ने उपभोक्ताले बैंक तथा वित्तीय संस्थाबाट अधिकतम दुई करोड रुपैयाँसम्म कर्जा पाउने भएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार ल्याएको चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत फस्र्ट होम बायरलाई घरकर्जाको सीमा एक करोड ५० लाखबाट बढाएर दुई करोड पुर्‍याएको हो ।

राष्ट्र बैंकले पहिलो पटक घर खरिद गर्न चाहनेहरुलाई कर्जामा सहजीकरण गरिदिएको हो । नेपाल जग्गा तथा आवास विकास महासंघले पनि पहिलो आवासीय घर खरिद गर्ने ग्राहकलाई बैंकको ऋणमा सहजीकरण गर्न माग गर्दै आइरहेका थियो ।

यसले घरजग्गा कारोबार बढाउन पनि मद्दत पुग्ने व्यवसायीको ठहर छ । मौद्रिक नीतिले फस्र्ट होम बायरलाई घरकर्जा दिँदा प्राथमिकतामा राख्नुपर्ने माग सम्बोधन गरेको छ ।

तर, अन्य व्यवस्था यथावत 

राष्ट्र बैंकले घरजग्गा व्यवसायका विद्यमान अन्य व्यवस्थालाई चालु आर्थिक वर्ष ०८०/८१ को मौद्रिक नीतिमार्फत निरन्तरता दिइएको छ । चालु मौद्रिक नीति घरजग्गा धितोमा लिने कर्जाको ‘लोन टु भ्यालु रेसियो’का बारेमा बोलेको छैन् ।

आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीतिले घरजग्गा धितोमा कर्जा लिँदा ‘लोन टु भ्यालु रेसियो’ काठमाडौं उपत्यकाभित्र ३० प्रतिशत र उपत्यकाबाहिर ४० प्रतिशत कायम गरेको थियो । अघिल्लो आर्थिक वर्ष ०७८/७९ मा ‘लोन टु भ्यालु रेसियो’ उपत्यकामा ४० प्रतिशत र उपत्यकाबाहिर ५० प्रतिशत कायम थियो ।

तर, चालु आर्थिक वर्षको मौद्रिक नीतिमा कुनै परिवर्तन गरिएको छैन् । यद्यपी राष्ट्र बैंकले केही दिनमा बैंकहरुलाई जारी गर्ने सर्कुलरबाट ‘लोन टु भ्यालु रेसियो’ पनि बढाउने घरजग्गा व्यवसायीको अपेक्षा छ ।

घरजग्गा महासंघले घरजग्गा धितोमा कर्जा लिँदा लोन टु भ्यालु रेसियो उपत्यकामा ५० प्रतिशत र उपत्यकाबाहिर ६० प्रतिशत पुर्‍याउन माग गरेका छन् । 

राष्ट्र बैंकले घरजग्गा क्षेत्रलाई अनुत्पादक सूचिमा राखेर घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जामा कडाई गर्दै आइरहेको छ । 

कर्जाको जोखिमभार पुनरावलोकन

राष्ट्र बैंकले घरजग्गामा कायम विद्यमान जोखिमभार पनि पुनरावलोकन गर्ने भएको छ । अहिले जोखिमभार एक सय ५० प्रतिशत छ । गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले ७५ प्रतिशत कायम रहेको घरजग्गा कर्जाको जोखिमभार दोब्बर बढाई १५० प्रतिशत पुर्‍याएको थियो ।

बैंकिङ प्रणालीमा तरलता (लगानीयोग्य रकम) कम हुँदै गएपछि उपलब्ध सिमित स्रोतलाई उत्पादनमुलक क्षेत्रमा केन्द्रित गराउन राष्ट्र बैंकले घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जामा कडाई गरेको थियो ।

पछिल्लो समय तरलता उपलब्धता बढ्दै गएपछि राष्ट्र बैंकले घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जामा खुकुलो नीति लिने शंकेत देखाएको हो । तर, घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जाको ‘लोन टु भ्यालु रेसियो’ का बारेमा भने मौद्रिक नीति बोलेको छैन ।

राष्ट्र बैंकले अब जारी गर्ने सर्कुलरले जोखिमभार कति प्रतिशत पुनरावलोकन हुन्छ भनेर स्पष्ट पार्नेछ । 

घरजग्गा व्यवसायीहरुले घरजग्गामा प्रवाह हुने कर्जाको जोखिमभार १०० प्रतिशतमा झार्न सुझाव दिँदै आएका छन् । साथै, 

चालूपुँजी कर्जा मार्गगदर्शन संशोधन गरिने

निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आइरहेको चालू पुँजी कर्जासम्बन्धी मार्गदशन संशोधन गर्न राष्ट्र बैंक तयार भएको छ ।

आइतबार जारी मौद्रिक नीतिमा भनिएको छ– ‘बैंक तथा वित्तीय संस्थाको सुझावसमेतका आधारमा चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गरिने छ ।’ अब चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन दोस्रो पटक संशोधन हुने भएको छ ।

विद्यमान व्यवस्थालाई समय सान्दर्भिक बनाउपर्ने सुझावका आधारमा मार्गदर्शन संशोधन गरी समयसापेक्ष बनाउन तयार भएको राष्ट्र बैंकले जनाएको छ । निजी क्षेत्रलगायत सरोकारवाल पक्षसँग सुझाव मागेर मार्गदर्शन संशोधन गर्ने राष्ट्र बैंकको भनाई छ ।

नीतिगत दर ०.५ प्रतिशतले घटाउने घोषणा

नेपाल राष्ट्र बैंकले नीतिगत दर ०.५ प्रतिशतले घटाउने घोषणा गरेको छ । अब ७ प्रतिशत रहेको नीतिगत दर ६.५ प्रतिशत कायम हुनेछ । 

राष्ट्र बैंकले १८ फागुन २०७८ मा पाँच प्रतिशत रहेको नीतिगत दर एकैपटक दुई प्रतिशतले बढाएर सात प्रतिशत पुर्‍याएको थियो ।

यसले दीर्घकालमा ब्याजदर घटाउने शंकेत दिएको छ । नीतिगत दरहरु बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकबाट पैसा लिँदा लागू हुने गर्छ । तर, अहिले बैंक तथा वित्तीय संस्थाले कर्जा लगाउन नसकेर अधिक तरलता हुँदा राष्ट्र बैंकले उल्टै रिभर्स रिपोमार्फत पैसा खिचिरहेको छ ।

अब बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकबाट पैसा लिएर कर्जा लगानी गर्ने अवस्थामा ब्याजदर पनि घट्ने अवस्था सिर्जना हुने भएको छ । 
 

यी हुन् लगानी सम्मेलनमा सोकेश गरिने शहरी विकासका ६ परियोजना

किन घट्यो अर्पार्टमेन्ट किनबेच ?

वर्ष ०८०ः कित्ताकाट दोब्बर वृद्धि, तर घरजग्गा किनबेच अपेक्षित बढेन

चोभारको जलविनायक कोलोनीमा १५ घर र १३ घडेरी बिक्रीमा, मूल्य कति पर्छ ?

नौ महिनामा तीन अर्बको सिमेन्ट निर्यात

काठमाडौं उपत्यकामा ४०% सम्म मूल्य घट्दा पनि किन बढेन घरजग्गा कारोबार ?

रुकुमको ‘चौरजहारी नयाँ शहर’ निर्माणका लागि जग्गा प्राप्ती सुरु, अब काम अगाडि बढ्ला ?

१० करोड लगानीमा 'त्रिशुली भिल्ला' सञ्चालन

39BAABFB64C5BE1-2A926A06DA9346E-C872D4EAE692774-55450BF936192D3-ghar-jaga.jpg

पाँच महिनामा कमर्सियल जग्गा खरिद र प्लटिङमा करिव चार अर्ब कर्जा थपियो

203921B642BFC33-leadAchyutPostFilePhoto1617013429-1650386188.jpg

राष्ट्र बैंकले घरजग्गा कर्जाको जोखिमभार १२५ प्रतिशतमा झार्यो, अब बढ्ला त कर्जा ?

574BEF6BF91B1A6-The Nepal Rastra Bank.jpg

बैंकलाई जग्गाको हदबन्दी लागू नगर्न राष्ट्र बैंकलाई सिबिफिनको आग्रह