यी हुन् भैंसेपाटीमा बिक्रीमा राखिएका आलिसान बंग्लोहरु

काठमाडौं उपत्यकाकै भिआइपी आवासी क्षेत्रमध्येमा पर्ने भैंसेपाटीमा घरको मूल्य पनि चर्कै छ । 

367B408218B985F-icon.png
1872views
B8C4FBF597156C7-Premium House from Bhaisepati.jpg

काठमाडौं । शहरका एलिट क्लासको बसोबास रहेको ललितपुरको भैंसेपाटीमा जग्गाको मूल्य आनाको डेढ करोडसम्म छ । भैंसेपाटी आवास क्षेत्रभित्र अहिले आनाको डेढ करोडमा जग्गा किनबेच भइरहेको स्थानीय बताउँछन् ।

संघीय मन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्रीका आवासीय क्वाटरहरु रहेको भैंसेपाटीमा ठूला नेता, उच्च पदस्थ कर्मचारीदेखि व्यवसायी तथा कुटनीतिक नियोगका परिवारको पनि रोजाईमा पर्छ । उपत्यकाकै भिआइपी आवासी क्षेत्रमा पर्ने भैंसेपाटीमा घरको मूल्य पनि चर्कै छ । 

हामी तपाइँलाई नेपालहोम्स डटकममा बिक्रीका लागि लिस्टिङ गरिएका भैंसेपाटीका प्रिमियम बंग्लोहरुका बारेमा जानकारी गराउँदै छौं ।

१) भैसेपाटीमा १२ फिट बाटोको पहुच र १७ आना क्षेत्रफल भएको साढे दुई तल्ले आकर्षक बंग्ला बिक्रीमा रहेको छ । उत्तर–पश्चिम मोहडा फर्किएको यस सु–सज्जित आवासीय बंग्लाको बिक्री मूल्य १४ करोड तोकिएको छ । थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।

२) भैसेपाटीमा १२ आना क्षेत्रफल भएको उत्तरी मोहडाको साढे दुई तल्ले सुविधा सम्पन्‍न आवासीय घर बिक्रीको लागि सूचीकृत गरिएको छ । १६ फिट बाटोको पहुच भएको यस छ बेडरुम हलको सुन्दर घरको बिक्री मूल्य ६ करोड ९० लाख भनिएको छ । थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।

३) भैसेपाटीमा दक्षिण–पूर्वी मोहडा फर्किएको चार बेडरुम हलको साढे दुई तल्ले आवासीय घर बिक्रीमा रहेको छ । १२ फिट बाटोको पहुच भएको यस घरको क्षेत्रफल ६ आना २ पैसा रहेको छ र यस घरको बिक्री मूल्य ६ करोड ५० लाख तोकिएको छ । थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।

४) भैसेपाटीमा ७ आना क्षेत्रफल भएको साढे दुई तल्ले आकर्षक आवासीय घर बिक्रीको लागि राखिएको छ । १३ फिट बाटोसँगै जोडिएको यस पश्‍चिम मोहडा फर्किएको पाँच बेडरुम हलको सुविधा सम्पन्न घरको मूल्य ८ करोड ५० लाख रहेको छ । थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।

५) भैसेपाटीमा २६ फिट बाटोको पहुच र १९ आना जग्गा भएको पूर्वी मोहडाको आवासीय घर बिक्रीमा रहेको छ । तीन वटा गाडि पार्किङ्ग गर्न मिल्ने यस चार बेडरुम हलको सुविधा सम्पन्‍न घरको बिक्री मूल्य १४ करोड रहेको छ । थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।

६) भैसेपाटीमै २० आना क्षेत्रफलमा रहेको पूर्वी मोहडाको सुविधा सम्पन्‍न आवासीय बंग्लाे बिक्रीको लागि विज्ञापनमा राखिएको छ । १३ फिट बाटोको पहुच भएको पाँच बेडरुम हलको यस आवासीय बंग्लाेको बिक्री मूल्य १५ करोड तोकिएको छ । थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।

७) भैसेपाटीमा १६ फिट बाटोको पहुच र १३ आना जग्गा भएको आकर्षक बंग्लाे बिक्रीमा रहेको छ । सात बेडरुम हलको यस दक्षिण मोहडाको सुविधा सम्पन्‍न आवासीय बंग्लाको बिक्री मूल्य १३ करोड ५० लाख रहेको छ र यस बंग्लामा तीनवटा गाडि सजिलै पार्क गर्न सकिन्छ । थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।

८) भैसेपाटीमा १७ आना क्षेत्रफलमा रहेको दुई तल्लाको आकर्षक भिल्ला बिक्रीको लागि उपलब्ध रहेको छ । चार बेडरुम हलको यस सुविधा सम्पन्न आवासीय भिल्लाको बिक्री मूल्य १० करोड रहेको छ । थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।

९) भैसेपाटीमा १३ फिट बाटोसँगै जोडिएको ६ आना जग्गा भएको पश्चिम मोहडाको आकर्षक घर बिक्रीमा रहेको छ । चार बेडरुम हलको यस सुविधा सम्पन्न घरको बिक्री मूल्य केही मिलाउन सकिने गरी ७ करोड राखिएको छ । थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।

१०) भैसेपाटीमा ७ आना २ दाम क्षेत्रफल भएको सम्पूर्ण भौतिक सुविधाले युक्त साढे दुई तल्ले आवासीय बंग्लो बिक्रीको लागि सूचीकृत गरिएको छ । १३ फिट बाटोको पहुच भएको पाँच बेडरुम हलको यस सु–सज्जित बंग्लोको बिक्री मूल्य ७ करोड ८० लाख रहेको छ । थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

दुई वर्षदेखि ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर यस वर्ष २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान

एक वर्षमा तीन लाख ८२ हजार घरजग्गा रोक्का, तीन लाख फुकुवा

F45DC765FCADAB3-gharjagga-770x515.jpg

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

023209817EFD01A-488241378_1066312845525251_7751164630724238884_n.jpg

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान

C6D4A91FA5B5C50-gharjagga-770x515.jpg

०८१ लाई फर्केर हेर्दाः घरजग्गा किनबेच, राजश्व असुलीदेखि कित्ताकाटसम्म वृद्धि