एनआरएनले नेपालमा कति जग्गा किन्‍न पाउँछन् ?

समान्य अर्थमा एनआरएन भन्नाले गैरआवसीय नेपाली नागरिकलाई बुझ्न सकिन्छ । तर, कानुनत: भने नेपाली मुलको विदेशी नागरिक सम्झन पर्छ

367B408218B985F-icon.png
3432views
BF4F6DDD67FB03E-BF54A001C3657E0-2C53261CDEEE605-9F83C43B4F139A7-Ghar-Jagga-final.jpg

काठमाडौं । जीविकोपार्जनको खोजीमा वा ज्ञान, सीप, प्रशिक्षण र व्यावसायिक अवसरहरुको खोजीमा विदेशमा नेपालीहरुको पलायन तिब्र गतिमा भइरहेको छ । पछिल्लो समय यसरी बाहिरिनेको संख्या झनै बढिरहेको सरकारी तथ्यांकले देखाउँछ ।  

यसरी विदेशीएका नागरिकहरु कोही वर्किङ भिषामा त कोहि पिआर प्राप्त गरेर बस्‍ने गरेका छन् । साथै, धेरैजसो नेपाली नागरिकहरु एनआरएनको स्ट्याटस समेत लिएर बस्‍ने गरेका छन् ।  

समान्य अर्थमा एनआरएन भन्‍नाले गैरआवसीय नेपाली नागरिकलाई बुझ्‍न सकिन्छ । तर, कानुनले भने ‘गैर आवसीय नेपाली नागरिक’ भन्‍नाले नेपाली मुलको विदेशी नागरिक सम्झन पर्छ । र, सो शब्दले विदेशमा बस्‍ने नेपाली नागरिक समेतलाई जान्छ भनि परिभाषित गरेको छ ।  

१) के एनआरएनले नेपालमा जग्गा खरिद गर्न पाउछन् ? 

गैर आवसीय नेपाली सम्बन्धि ऐन, २०६४ अन्तर्गत गैरआवसीय नेपाली नागरीकहरुले नेपालमा जग्गा खरिद गर्न पाउँछन् । र उनीहरुले नेपालमा जग्गा जमिन खरिद गरेर राखेका पनि छन् । 

२) एनआरएनले नेपाल जग्गा खरिद गर्दा कानुनले के कस्तो सुविधा तथा सहुलियत प्रदान गरेको छ ?  

गैर आवसीय नेपाली सम्बन्धि नियमावली २०६६ नियम ११ गैरआवसीय नेपालीहरुले नेपालभित्र बसोबास गर्नका लागि आफ्नो वा आफ्नो परिवारको निमित्त देहायको कुनै क्षेत्रमा देहाय बमोजिमको क्षेत्रफलमा नबढ्ने गरी जग्गा वा अन्य अचल सम्पत्ति खरिद गर्न सक्नेछ भनि व्यवस्था गरेको छ । 

  • काठमाडौं उपत्यकाभित्र बढीमा दुई रोपनी,
  • तराईका जिल्लाका नगरपालिका क्षेत्रभित्र बढीमा आठ कठ्ठा,
  • माथि उल्लेखित बाहेक अन्य जिल्लाका नागरपालिका क्षेत्रभित्र बढीमा चार रोपनी,
  • तराईका जिल्लाका नगरपालिका बाहेकका तराईका जिल्लाका गाउ विकास समिति क्षेत्रभित्र बढीमा एक विगाहा 
  • माथि उल्लेखित बाहेकको अन्य क्षेत्रमा बढीमा दश रोपनी 

३.    नेपालमा गैरआवासीय नेपालीद्वारा जग्गा किन्‍ने प्रक्रिया के हो ? 

नेपालमा गैरआवसीय नेपालीले जग्गा खरिद गर्दा एनआरएन कार्ड एक अनिवार्य आवश्यकता हो । गैरआवसीय नेपाली सम्बन्धी नियमावली, २०६६ को उपनियम ३ र ४ बमोजिम परिचयपत्र प्राप्त गरिसके पश्‍चात मात्र गैरआवासीय नेपाली नागरिकहरुले नेपालमा जग्गा जमिन खरिद गर्न पाउँछन् । 

नेपाली मूलको कुनै पनी विदेशी नागरिकले यदि आफ्नै वा आफ्ना परिवारको नाममा जग्गा वा अन्य अचल सम्पत्ति खरिद गर्न चाएको अवस्थामा निवेदन पेश गर्दा त्यस निवेदनमा त्यस्तो जग्गा भएको स्थान, क्षेत्र र जग्गा किन्‍नको लागी तय गरिएको मूल्य उल्लेख गरिएको निवेदन पेश गर्नुपर्ने हुन्छ । 

यस्तो निवेदन परेपछि परराष्ट्र मन्त्रालयका सचिवले जाँचबुझ गरि गैरआवसीय नेपाली सम्बन्धी ऐन र नियमावलीको प्रतिकुल नहुने गरि निवेदन वा निजको परिवारको नाममा नेपालभित्र जग्गा तथा अन्य अचल सम्पत्ति खरिद गर्नका लागि स्विकृति दिन सक्ने व्यवस्था छ ।  

४) यसरी अनुमाति प्राप्त भएपश्‍चातको प्रकृया के हो ?  

यसी अनुमति प्राप्त गरिसकेपछि जग्गा रजिष्ट्रेशन पास गर्ने सम्बन्धित कार्यलयले जग्गा तथा अन्य सम्पत्ति खरिद गर्न चाहने नेपाली मुलको बिदेशी नागरिक वा निजको परिवारको नाममा ऐन तथा यस नियमावलीको अधिनमा रहि जग्गा रिजिष्ट्रेशन पारित गरिदिनु पर्नेछ ।