स्टक सकिँदा निरन्तर घट्दै अपार्टमेन्ट किनबेच

कात्तिकमा १८ युनिट अपार्टमेन्ट काठमाडौं र चार युनिट अपार्टमेन्ट ललितपुरमा किनबेच भएको भूमि व्यवस्थापन विभागले जनाएको छ ।

367B408218B985F-icon.png
792views
0DAAADDB84B9B49-8F97D2706B023DD-FDFF9644199A226-4992F6F10FD0E18-60CA937AB9CD274-CC4CD68AB65C002-E22ED9EC050024D-Grande-Towers.jpg

काठमाडौं । बहुतले आवास परियोजना (अपार्टमेन्ट) को स्टक सकिदै जाँदा किनबेच पनि निरन्तर ओरालो लागिरहेको छ । कात्तिकमा २२ युनिट अपार्टमेन्ट मात्रै किनबेच भएका छन् ।

भूकम्पयता नयाँ अपार्टमेन्ट निर्माण सम्पन्‍न भइनसकेका र पुराना अपार्टमेन्ट स्टक सकिँदै गइरहेका छन् । पछिल्लो समय देशैभर नयाँ अपार्टमेन्ट निर्माण सुरु गरिएता पनि अझै सम्पन्‍न भइसकेका छैनन्, जसले गर्दा पुरानै अपार्टमेन्ट किनबेच भइरहेका छन् ।

कात्तिकमा १८ युनिट अपार्टमेन्ट काठमाडौं र चार युनिट अपार्टमेन्ट ललितपुरमा किनबेच भएको भूमि व्यवस्थापन विभागले जनाएको छ । कात्तिकमा पोखरा, वीरगञ्‍ज, झापा लगायत शहरमा एउटै अपार्टमेन्ट किनबेच भएनन् ।

पछिल्ला महिनामा अपार्टमेन्ट किनबेच निकै न्युन संख्यामा हुने गरेको विभागको तथ्यांकले देखाउँछ । वैशाखदेखि कात्तिकसम्म ७ महिनामा २२७ अपार्टमेन्ट किनबेच भएका छन् ।

वैशाखमा ३० युनिट अपार्टमेन्ट किनबेच हुँदा जेठमा २९ युनिट, असारमा ३३ युनिट, साउनमा ३० युनिट, भदौमा ४५ युनिट अशोजमा ३८ युनिट र कात्तिकमा २२ युनिट अपार्टमेन्ट किनबेच भएका छन् ।

देशभर मासिक हजारौंको संख्यामा सिंगल युनिट घरजग्गाहरु किनबेच हुँदा हाइराइज आवासको बिक्री ५० पनि नाघ्‍न सकेको देखिदैन ।

अहिले काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, रुपन्देही, वीरगञ्‍ज, विराटनगर, झापा लगायत ठाउँमा ठूलो संख्यामा अपार्टमेन्ट निर्माण सुरु गरिएका छन् । तर, कोभिड महामारी र त्यसपछि निम्तिएको मन्दीले सबै परियोजना निर्माण प्रभावित भएका छन् ।

त्यसो त कोभिड महामारी र मन्दीका कारण सिंगल युनिट घरका हाउजिङ परियोजना निर्माणमा समेत ढिलाइ भइरहेको छ । देशका प्रमुख शहरहरुमा निर्माण सुरु गरिएका र निर्माणको तयारी थालिएका दर्जनौं हाउजिङ परियोजना अहिले अलपत्र अवस्थामा छन् ।  

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

दुई वर्षदेखि ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर यस वर्ष २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान

एक वर्षमा तीन लाख ८२ हजार घरजग्गा रोक्का, तीन लाख फुकुवा

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?

0FA69C57371CD41-C0C6928AEEF8BA7-72341AC35F689FE-562A455C1E8EB58-Tax-final.jpg

फागुनमा घरजग्गा कारोबारबाट चार अर्ब राजश्‍व संकलन

605E5DEFD398608-_123891123_land.jpg

माघ र फागुनमा घरजग्गा कारोबार उस्तै, राजश्‍व संकलनमा भने बढोत्तरी