निर्माण क्षेत्रमा सुधारको शंकेत, चार महिनामै भित्रियो साढे ४८ अर्बको फलाम तथा स्टिल

कोभिड महामारी र त्यसपछि सिर्जना भएको मन्दीले सबैभन्दा धेरै निर्माण क्षेत्र प्रभावित भएको छ । निजी आवास, भवनदेखि सार्वजनिक निर्माणसम्म मन्दीले असर गरेको छ ।

367B408218B985F-icon.png
422views
9D026CE9F4A5E63-8DC74FD9C74951F-dandi-final.jpg

काठमाडौं । कोभिड महामारीपछि सुस्ताएको निर्माण क्षेत्रमा सुधारको शंकेत देखिएको छ । चालू आर्थिक वर्षको पहिलो चार महिनामा ४८ अर्ब ४३ करोडको निर्माणजन्य सामाग्री उत्पादन गर्ने फलाम तथा स्टिल र तिनबाट बनेका सामान आयात भएको छ । 

चार महिनाको अवधिमा फलाम तथा स्टिल ४२ अर्ब दुई करोड रुपैयाँको आयात भएको छ । गत वर्षको यसै अवधिमा फलाम तथा स्टिल ४२ अर्ब २५ करोडको आयात भएको भन्सार विभागको तथ्यांक छ । 

तर, गत वर्षको पहिलो चार महिनामा करिव १० अर्बको फलाम तथा स्टिलका सामाग्रीको आयात हुँदा समग्र आयात (फलाम तथा स्टिल र तिनका सामाग्री) भने ५२ अर्बको रहेको छ ।  यस ६ अर्ब ४१ करोडको मात्रै फलाम तथा स्टिलजन्य सामाग्री आयात भएका छन् ।

फलाम तथा स्टिलको आयात पुरानै अवस्थामा फर्किनुले सुस्ताएको निर्माण उद्योगले गति समात्न थालेको शंकेत दिन्छ । आधुनिक निर्माणमा फलाम तथा स्टिल महत्वपूर्ण निर्माण सामाग्री मानिन्छ । टिएमटी डन्डी, बार, च्यानल गेट, पाइप, स्टिल स्ट्रक्चर लगायत नभई कुनै संरचना निर्माण नै हुँदैन । पछिल्लो समय घर तथा भवन नै फलाम तथा स्टिलबाट निर्माण हुन थालेको देखिन्छ ।

यी निर्माण सामाग्रीहरु उत्पादन गर्ने फलाम तथा स्टिल भारत लगायतका देशबाट आयात गरिँदै आएको छ । 

कोभिड महामारी र त्यसपछि सिर्जना भएको मन्दीले सबैभन्दा धेरै निर्माण क्षेत्र प्रभावित भएको छ । निजी आवास, भवनदेखि सार्वजनिक निर्माणसम्म मन्दीले असर गरेको छ । पछिल्लो समय सरकारले निर्माण व्यवसायीलाई समयमै भुक्तानी समेत दिन नसक्दा निर्माण क्षेत्र झन प्रभावित बन्‍न पुगेको छ ।

विभिन्‍न नगरपालिकाले सार्वजनिक गरेको घर तथा भवनको नक्सा पास र निर्माण सम्पन्‍न प्रमाणपत्रको तथ्यांकले देशैभर घर तथा भवन निर्माण सुस्ताएको प्रस्टाउँछ ।
निर्माण सामाग्रीको मूल्य घट्दा समेत घर तथा भवन निर्माण बढ्न सकेको देखिदैन । तरलता अभाव, चर्को ब्याजदर, महंगी, अनिश्‍तितता लगायत कारणले उपभोक्ता पर्ख र हेरको अवस्थामा पुगेको देखिन्छ ।

तर, पछिल्लो समय बैंकमा तरलता बढ्दै जाँदा कर्जाको ब्याजदर पनि घट्न थालेको छ । बैंक तथा वित्तीय संस्थाहरुले सस्तो ब्याजदरको घरकर्जाका स्किम ल्याउन प्रतिस्पर्धा गर्न थालेका छन् । यसले विस्तारै निर्माण क्षेत्र जुर्मुराउँने अपेक्षा व्यवसायीको छ ।

घट्यो फलाम र स्टिल निर्यात 

नेपालबाट फलाम तथा स्टिलको निर्यात भने खस्किएको छ । गत वर्षको पहिलो चार महिनामा २९ अर्ब ४३ करोड बराबरको फलाम तथा स्टिल र तिनका सामाग्री निर्यात भएकोमा यस वर्षको सोही अवधिमा निर्यात खस्किएर पाँच अर्ब ७० करोडमा झरेको छ ।

गत वर्षको साउनदेखि कात्तिकसम्म २७ अर्ब ३३ करोडको फलाम तथा स्टिल र दुई अर्ब १० करोडको फलाम तथा स्टिलका सामाग्री निर्यात भएको भन्सार विभागको तथ्यांक छ । तर, यस वर्ष पाँच अर्ब ४० करोडको फलाम तथा स्टिल निर्यात भएको छ भने तीन अर्बको मात्रै फलाम तथा स्टिलका सामाग्री निर्यात भएका छन् ।

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

दुई वर्षदेखि ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर यस वर्ष २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान

एक वर्षमा तीन लाख ८२ हजार घरजग्गा रोक्का, तीन लाख फुकुवा

38ED992FA6F8CA7-gharjagga-770x515.jpg

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

0477CD3AB305BA2-construction.jpg

दुई वर्षदेखि ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर यस वर्ष २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान

30A061DD36AB2FC-HvvJI0lH-Mining_36-3.jpg

निर्माण क्षेत्र जुर्मुराउँदा खानी तथा उत्खनन् उद्योगसम्म तरङ्गित