‘लेमन ट्री प्रिमियर’ बन्यो बुढानिलकण्ठ क्षेत्रकै पहिलो पाँचतारे होटेल

हाई प्रोफाइलहरुको आकर्षक बसोबास क्षेत्र मानिने बुढानिलकण्ठमा पहिलो पटक पाँचतारे होटेल सञ्चालनमा आएको हो । जसले बुढानिलकण्ठको आवासीय क्षेत्रको पहिचान बदलेर लक्जरी होटेलको गन्तव्य भनेर चिनाउने छ ।

367B408218B985F-icon.png
1014views
D0A8FAF9C5FECD6-Screenshot-2023-10-16-124719.png

काठमाडौं । उपत्यकाको उत्तरी भेगमा अवस्थित बुढानिलकण्ठमा पाँचतारे होटेल ‘लेमन ट्री प्रिमियर’ सञ्‍चालनमा आएको छ । साढे दुई अर्ब लगानीमा खुलेको होटेल बुढानिलकण्ठ क्षेत्रकै पहिलो पाँचतारे बन्‍न सफल भएको छ ।

१ माघमा होटेलको सफ्ट लञ्‍च गरिएको छ । बुढानिलकण्ठ हेरिटेज होटेलको व्यवस्थापनमा भारतको प्रख्यात हस्पिटालिटी ब्रान्ड ‘लेमन ट्री प्रिमियर’ आएको छ । होटेल पनि ‘लेमन ट्री प्रिमियर’ ब्रान्डबाटै सञ्‍चालनमा ल्याइएको छ । 

निर्माण सुरु भएको चार वर्षमा सञ्‍चालनमा आएको होटेलमा बाबुकाजी कार्की, अम्बिका प्रसाद पौडेल, डा. राजेन्द्र केसी, हरिप्रसाद पाठक, दीपक पाण्डे, नवराज बुर्लाकोटी, जनक भट्ट, दिपेन्द्र श्रेष्ठ र जलेश्‍वर पाण्डेको लगानी रहेको छ । 

शिवपुरी राष्ट्रिय निकुञ्‍जको काखमा अवस्थित साढे १२ रोपनी क्षेत्रफलमा फैलिएको होटेलमा पाँच प्रकारका १०२ कोठा छन् । होटेलमा तीनवटा मिटिङ रुम, रुफ टप रेष्टुरेन्ट एन्ड बार, हेल्थ क्लब, स्पा, योगा तथा ध्यान केन्द्र, ब्यांक्वेट हल, रेष्टुराँ, क्यासिनो लगायत सुविधाहरु रहने छन् । क्यासिनो भने केही समयपश्‍चात सञ्‍चालनमा आउने बताइएको छ ।

हाई प्रोफाइलहरुको आकर्षक बसोबास क्षेत्र मानिने बुढानिलकण्ठमा पहिलो पटक पाँचतारे होटेल सञ्‍चालनमा आएको हो । जसले बुढानिलकण्ठको आवासीय क्षेत्रको पहिचान बदलेर लक्जरी होटेलको गन्तव्य भनेर चिनाउने छ । 

केही महिनामै अर्को पाँचतारे ‘होली डे इन’ पनि सञ्‍चालनमा आउँदै छ । करिव तीन अर्ब रुपैयाँ लगानीमा होटेल तयार भइरहेको छ । इन्टरकन्टिनेन्टल होटेल ग्रुप (आइएचजी)को चर्चित ब्रान्ड होली डे इन बुढानिलकण्ठको होेटेल व्यवस्थापनमा आउने पक्कापक्की भइसकेको छ ।

यस्तै, सूर्य नेपालले पनि बुढानिलकण्ठमै पाँच अर्बभन्दा बढी लगानी गरेर लक्जरी पाँचतारे होटेल सञ्‍चालनको तयारी थालेको छ । होटेलको प्रस्तावित लगानी अनुमोदन भई उद्योग विभागमा दर्ता समेत भइसकेको छ ।

बुढानिलकण्ठ क्षेत्रमा अरु आधा दर्जन हाराहारी राम्रा होटेल तथा रिसोर्ट सञ्‍चालनमा छन् ।  

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

550607C8764280B-IMG-20250511-WA0003 (1).jpg

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

B05173A8C3D2580-666134673.jpg

वर्षान्त २०८१ : होटलमा लगानीको ओइरो, ३५ लाख पर्यटक अटाउने कोठा तयार

4FB8C94F1A0CEFE-1744171717-p4fhf.jpg

सवा अर्ब लगानीमा पोखरामा खुल्यो टेम्पल बेल बुटिक होटल