नेवानिले सिनामंगलमा केन्द्रिय कार्यालय बनाउँदै, न्यूरोडमा कमर्सियल कम्पलेक्स बनाउने

बहुवर्षिय योजनाअन्तर्गत निर्माण गरिने केन्द्रिय कार्यालय भवन निर्माण स्थलको मन्त्री किराँतीले गरे भूमिपूजन

367B408218B985F-icon.png
345views
AEA31464CA26991-HGP_5762.JPG

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सिनामंगलमा रहेको जग्गामा केन्द्रिय कार्यालय भवन बनाउने भएको छ । 

निकट भविष्यमा बहुवर्षीय योजनाअन्तर्गत निर्माण गरिने भवनको शनिबार पर्यटनमन्त्री सुदन किराँतीले भूमिपूजन गरेका छन् । निगमको ३५ रोपनी जग्गामा केन्द्रिय कार्यालय भवन, इन फ्लाइट किचन भवन, पार्किङ स्थल र अन्य आवश्यक संरचना निर्माण गरिने भएको छ ।

कार्यक्रममा बोल्दै मन्त्री किराँतीले नयाँ भवन निर्माण भएपछि निगम उन्नती र प्रगतिको थप उचाईमा पुग्‍ने विश्‍वास गरे । 

निगमका सञ्‍चालक समिति सदस्य किशोर प्रधानले निगमको व्यवसायिक हित र सम्पत्तिहरुको उचित उपयोग तथा व्यवस्थापनमा सञ्‍चालक समितिबाट सधै साथ सहयोग रहने बताए ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले करीव पैतिस रोपनी क्षेत्रफलमा रहेको जग्गामा तालुक मन्त्रालय तथा सरोकारवाला निकायहरुसँग समन्वय गरेर सुविधा सम्पन्न, अत्याधुनिक र नेपालको मौलिकता झल्कने गरी ऐतिहासिक केन्द्रिय कार्यालय भवन तथा संरचना निमार्ण गर्ने बताए । 

निगमका अन्य २३ ठाउँमा रहेका घरजग्गा तथा संरचनाहरुको विस्तृत अध्ययन गरेर संरक्षण गर्ने र निगमको आम्दानी बृद्घि हुने गरी उचित ब्यवस्थापन गर्ने पनि अध्यक्ष अधिकारीले बताए ।

उनले भने, ‘हाल केन्द्रिय कार्यालय रहेको न्यूरोडको भवन तथा जग्गामा ब्यवसायिक भवन बनाउने निगमका पूर्वज र हाल कार्यरत सम्पूर्ण कर्मचारीहरुको सपना रहेकोले यथाशिघ्र यो सपना पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्छु ।’

निगमसँग काठमाडौं, मोरङ, बाँके, मुस्ताङ, कास्की, दाङ, रुपन्देही, सुर्खेत, गोरखा, संखुवासभा, कञ्‍चनपुर, कैलाली, पर्सा, जुम्ला, खोटाङ, हुम्ला र बैतडीमा बहुमूल्यको जग्गाजमिन र भवन रहेको छ ।

निगमको सबैभन्दा धेरै जग्गा बाँकेमा रहेको देखिन्छ । बाँकेका तीन ठाउँमा नौ विघाभन्दा बढी जग्गा जमिन रहेको छ ।

निगमको स्वामित्वमा रहेको जग्गा र भवन