घरजग्गा कारोबार व्यवस्थित गर्न एजेन्सीहरु आफै अग्रसर, सञ्‍चालनमा ल्याए- स्टक एक्चेन्जजस्तै 'मल्टी लिस्टङ प्रणाली'

बृहत ग्रुपका कार्यकारी अध्यक्ष एवं संस्थाका बरिष्ठ सल्लाहाकार डा. ओम राजभण्डारीले डेभलपरहरु आवास निर्माण तथा घडेरी विकासमा केन्द्रित हुनुपर्ने र त्यस्ता प्रोपर्टीहरु बेच्ने कार्य एजेन्ट तथा एजेन्सीले मात्र गर्ने परिपाटी बसाउनुपर्ने धारण राखे ।

367B408218B985F-icon.png
610views
DE0C35ED5F9B109-F1762DF5321E77C-F4AF1FAEB133DEC-7A6CE68FAA516AA-054B042863FC9D0-2908F17F4D17E96-902B178FAB52BBB-Kathmandu-valley.jpg

काठमाडौं । घरजग्गा कारोबार व्यवस्थित गर्न नेपाल रियल इस्टेट अर्गनाइजेसनले स्टक एक्सचेञ्‍ज जस्तै मल्टी लिस्टिङ प्रणाली सञ्‍चालनमा ल्याएको छ । घरजग्गा कारोबारमा संलग्न एजेन्ट तथा एजेन्सीहरुलाई व्यवस्थित गर्न, पारदर्शि बनाउन र अझ बढि व्यवसायीक बनाउने उद्देश्य राखिएको छ । 

संस्थाकी अध्यक्ष पूर्णिमा राजभण्डारीले बुधबार एक कार्यक्रमबीच मल्टी लिस्टिङ प्रणालीको थालनी गरेकी हुन् । ‘यस प्रणलीमार्फत काम गर्दा कारोबार छिटो हुने, कानुनी झन्झट नहुने, किन्‍ने/बेच्‍ने र एजेन्टले गलत काम गर्ने सम्भावना न्यून हुने, सरकारी करमा बृद्धि हुने, उपयुक्त मूल्यमा पोपर्टी बाजारमा बिक्रीमा आउने लगायत फाइदाहरु हुनेछन्,’ उनले भनिन्, ‘यो प्रणाली आगामी दिनमा सरकारले नै लागू गर्नुपर्ने र त्यसका लागि यस संस्थाले निरन्तर पैरवी गर्नेछ, सरकारले चाहेमा उक्त प्रणाली सरकारलाई नै हस्तान्तरण गर्न सकिन्छ ।’

घरजग्गा एजेन्ट तथा एजेन्सीले इजाजतपत्र लिनुपर्ने व्यवस्था हुन लागेको र त्यसको कार्यन्वयका लागि हाल कार्यबिधि बन्‍ने क्रममा रहेको छ । उक्त कर्यबिधि एजेन्ट तथा एजेन्सीमैत्री बनाउन आफु लागिपरेको पनि अध्यक्ष राजभण्डारीले बताइन् । उनले भनिन्, ‘यस संस्थामा आवद्ध भएपश्चात सदस्यहरुले घरजग्गा सम्बन्धि आवश्यक ज्ञान र एजेन्ट तथा एजेन्सीमाझ प्रभावकारी समन्वय गर्ने वातावरण बन्ने छ ।’ 

संस्थाका माहासचिव विनोद सुवेदीले समग्र अर्थतन्त्र सुस्ताइरहेको बेलामा घरजग्गा व्यसायमा पनि असर परेको तर यस्तो अवस्थामा समेत एजेन्ट तथा एजेन्सीहरुले धैर्यताका साथ काम गरिरहेकोमा प्रशंसा गरे । 

महासचिव सुवेदीले आफ्ना सदस्यहरुलाई मर्यादित बनाउन संस्थाको अचार संहिता लागू गरिएको, घरजग्गा एजेन्ट तथा एजेन्सीहरुको लागि सर्वमान्य कमिसन दर निर्धारण गरिएको, नेपाल स्टोक एक्सचन्जजस्तै घरजग्गा कारोबार गर्न मल्टिलिस्टङ प्रणाली विकास गरिएको, घरजग्गा कारोबारमा संलग्‍न एजेन्ट तथा एजेन्सीहरुलाई करको दायरामा समेट्ने सम्बन्धी अध्ययन प्रतिवेदन बनाउन सहयोग गरेको, पटक पटक सरकारलाई घरजग्गा एजेन्ट तथा एजेन्सीको हक हितका लागि पैरवी गरिरहेको बताए ।

संस्थाले निरन्तर घचघचाइरहँदा मालपोत ऐन २०३४ संसोधन गरी घरजग्गा कारोबारमा संलग्‍न एजेन्ट तथा एजेन्सीहरुलाई इजाजतपत्र प्रदान गर्न प्रक्रिया अगाडी बढाउन सहयोग पुगेको उनको भनाई थियो । यो एजेन्ट तथा एजेन्सीहरुको ऐतिहासिक उपलब्धि भएको उनले बताए ।

कार्यक्रममा बृहत ग्रुपका कार्यकारी अध्यक्ष एवं संस्थाका बरिष्ठ सल्लाहाकार डा. ओम राजभण्डारीले डेभलपरले आवास निर्माण र घडेरी विकासमात्र गर्नुपर्ने र त्यस्ता प्रोपर्टीहरु बेच्‍ने कार्य एजेन्ट तथा एजेन्सीले मात्र गर्ने परिपाटी बसाउनुपर्ने धारण राखे । 

घरजग्गा एजेन्टहरुले घरजग्गा किनबेचमा महत्वपूर्ण भुमिका खेल्दै आएको तर त्यसको महत्व सरकारलाई बुझाउन अझै बाँकी रहेको राजभण्डारीले बताए । यस संस्थाले एक सक्षम महिला नेतृत्व पाएको र आउने दिनमा संस्था थप ससक्त ढंगले अगाडी बढ्ने विश्‍वास समेत व्यक्त गरे । 

‘रियल इस्टेट एजेन्ट पेशा एक जिम्मेवार पेशा रहेको र उक्त पेशाप्रति एजेन्टहरुले लाज नमानी गर्व गर्नुपर्छ’ राजभण्डारीले भने, ‘घरजग्गा व्यवसाय गर्ने तर बाहिर खुलेर भन्‍न धक मान्‍ने प्रवृतिले यो व्यवसाय व्यवसायीक ढंगबाट अगाडी बढ्न कठिन भइरहेको छ ।’

अन्तराष्ट्रिय स्तरमा घरजग्गा व्यवसाय तिब्र व्यवसायीकतातर्फ अगाडि बढीरहेको र नेपालमा पनि घरजग्गा व्यवसायलार्ई त्यस्तै व्यवसायीकतातर्फ उन्मुख गराउन बैशाख २३ र २४ गते ‘नेपाल रियल इस्टेट कन्फ्रेन्स’ आयोजना हुने भएको छ ।

राजभण्डारीले सो कन्फ्रेन्समा उपस्थित जनाई आफ्नो व्यवसाय र ज्ञान बढाउन समेत घरजग्गा व्यवसायी, घरजग्गा एजेन्ट तथा एजेन्सीलगायत घरजग्गामा रुचि राख्‍ने सबैलाई आह्वान गरे । उनले भने, ‘अहिले चारैतिर नैरास्यता छाएको भन्‍ने गुनासो छ, तर वास्तवमा त्यस्तो अवस्था नरहेको, बैंक तथा वित्तीय संस्थाहरु सहयोग गर्न तत्पर रहेको र कारोबार पनि बढ्दै गइरहेको छ ।’

संस्थाका अर्का सल्लाहकार प्रकाश तिवारीले यो संस्थाले स्थानीय तहलाई जग्गा वर्गीकरण गर्न परिरहेको असहजतालाई सहज बनाउन भूमिका खेल्न सक्नेतर्फ ध्यान दिन आग्रह गरे । 

घरजग्गामा प्रवाह हुने ऋणमा राष्ट्र बैंकको ‘खुकुलो नीति’

काठमाडौं महानगरमा बढ्यो घरबहाल कर, घट्यो नक्सापास दस्तुर

निजी क्षेत्रले पनि जग्गा विकास कार्यक्रम सञ्चालन गर्न पाउने नीतिगत व्यवस्था गरिँदै

नीति तथा कार्यक्रम ०८१/८२: घरजग्गा कारोबार व्यवस्थित र मूल्यांकन वैज्ञानिक बनाइने

गुणस्तरीय सिमेन्ट कसरी छान्‍ने ? सिमेन्ट किन्‍नुअघि जान्‍नैपर्ने ८ टिप्सहरु

जेठमा पनि घट्यो बैंकको ब्याजदर

बढ्न थाल्यो घरजग्गा कर्जा, नौ महिनामा साढे ४१ अर्ब प्रवाह

मालपोत ऐन यथाशीघ्र संशोधन गर्नुपर्ने भन्दै घरजग्गा व्यवसायी महासंघको ९ बुँदे सुझाव

208BB200B496595-village_prakriti_tori_hariyali_plot-3.jpg

निजी क्षेत्रले पनि जग्गा विकास कार्यक्रम सञ्चालन गर्न पाउने नीतिगत व्यवस्था गरिँदै

C2F1A3E33FA90FF-nirman-samangri_large.jpg

अहिले बजारमा कुन निर्माण सामाग्रीको मूल्य कति छ ?

A29E35B49218F97-photosssssssssssss.jpg

यी हुन् घरमा विद्युतीकरण गर्दा ध्यान दिनुपर्ने कुराहरू