रियल इस्टेटबाट बनेका संसारकै धनाढ्यहरु

अमेरिकी पत्रिका फोब्र्सको नयाँ अर्बपति सूचिमा अटाएका कुल दुई हजार ७८१ मध्ये एक सय ८९ अर्बपति रियल इस्टेट क्षेत्रका रहेका छन्

367B408218B985F-icon.png
2386views
33E78B7E7770192-news cover billionare.jpg

काठमाडौं । विश्‍वका धनाढ्यहरुको बारेमा लेख्दै आइरहेको अमेरिकी पत्रिका फोब्र्सले अर्बपतीहरुको नयाँ सूचि सार्वजनिक गरेको छ ।

सन् २०२४ मा विश्‍वभर डलर अर्बपतिहरुको संख्या दुई हजार ७८१ पुगेको छ, जसमध्ये १८९ अर्बपति रियल इस्टेट क्षेत्रका हुन् ।

प्रमुख १० अर्बपतिमा सूचना प्रविधि क्षेत्रका व्यवसायीको बाहुल्यता छ । तर, २११ अर्ब अमेरिकी डलरसहित विश्‍वकै धनाढ्य बनेका फ्रान्सेली बर्नार्ड अर्नल्ट भने फेसन व्यवसायी हुन् । 

रियल इस्टेटबाट अर्बपति बन्नेहरु
हङकङका रियल इस्टेट व्यवसायी ली साउ की २७.२ अर्ब अमेरिकी डलर सम्पत्तीसहित विश्‍वकै ६३औं धनाढ्य बनेका छन् । 

इन्डियाका रियल इस्टेट व्यवसायी कुशल पल सिंह २०.९ अर्ब डलर सम्बत्ति सहित धनाढ्यको सूचिमा ९२ स्थानमा छन् । घरजग्गा व्यवसायी कुशलले १९६१ म आर्मी पोस्टिङ छोडेर आफ्नो ससुराले १९४६ मा सुरु गरेको कम्पनी डीएलएफसमा जोडिएका थिए । डीएलएफले भारतमा लक्जरी प्रोपर्टी निर्माण, सञ्चालन तथा बिक्री गर्दै आएको छ । 

अमेरिकी रियल इस्टेट व्यवसायी डोनाल्ड ब्रेनसँग १८ अर्ब डलर सम्पत्ति छ, जो धनाढ्यको सूचिमा १०४औं स्थानमा छन् ।

अष्ट्रेलियाका ९१ वर्षीय घरजग्गा व्यवसायी ह्यारी ट्रिगुबोफ १६.५ अर्ब डलर सम्पत्तिसहित १११औं धनाढ्य बन्‍न सफल भएका छन् । ह्यारी अष्ट्रेलियाकै धनी व्यक्तिमध्ये हुन् । चीनको डालियानमा रुसी आमाबाबुबाट जन्मेका उनी किशोरावस्थामै अष्ट्रेलिया पुगेका थिए ।

हङकङका पिटर वु, जोसेफ लाउ, क्वाङ सिउ हिङ क्रमशः १२६, १५० र १६५ स्थानमा छन् । 

फिलिपिन्सका म्यानुअल भिल्लासँग ११ अर्ब डलर सम्पत्तीसहित १९०औं स्थानमा छन् । भारतका मंगल प्रभाव लोढा १०.४ अर्ब डलर सम्पत्तीसहित २१३औं स्थानमा छन् । राजनीतिज्ञ र सम्पत्ति म्याग्‍ने मंगल प्रभातले १९८० मा मुम्बईमा विकासकर्ता लोढा समूह स्थापना गरे, जुन अहिले म्याक्रोटेक विकासकर्ताहरु भनेर चिनिन्छ ।  

रियल इस्टेटबाट अर्बपति बन्‍ने अमेरिकी धेरै

रियल इस्टेट व्यवसायबाट अर्बपतिको सूचिमा लिस्टेड हुने व्यवसायीहरुमा अमेरिकनहरुको बाहुल्यता रहेको छ । १८९ रियल इस्टेट अर्बपतिहरुमध्ये ५२ जना अमेरिकनमात्र रहेका छन् ।

दोस्रो नम्बरमा हङकङका रियल इस्टेट व्यवसायीहरु रहेका छन् । हङकङबाट २५ जना रियल इस्टेट व्यवसायी अर्बपति सूचिमा परेका छन् । तेस्रो नम्बरमा २१ जना सहित चिनियाँ रियल इस्टेट व्यवसायी छन् ।

सिंगापुरबाट १५ जना, इन्डियाबाट १४ जना, युकेबाट ८ जना, अष्ट्रेलियाबाट ६ जना, जर्मनीबाट ३ जना, क्यानडाबाट ७ जना, रसियन ६ जना रियल इस्टेट व्यवसायबाटै फोब्र्सको डलर अर्बपति सूचिमा अटाएका छन् । 

विश्वमै रियल इस्टेट व्यवसाय निकै फस्टाउँदै गइरहेको छ । हङकङ, अमेरिका, अष्ट्रेलिया, दुबई, सिंगापुर, चिन, भारत लगायत देशमा रियल इस्टेट कारोबारबाटै अर्बपति हुनेहरु वर्षेनी बढिरहेका छन् ।