०८१ मा गृहारम्भ र गृहप्रवेशको शुभसाइत तीन/तीन दिनमात्रै ! कुन दिन शुभ ?

०८१ मा गृहारम्भ मंसिर तीन गते, पुस २७ गते र फागुन २६ गते तथा गृहप्रवेशको शुभसाइत माघको २५ र २६ गते तथा फागुनको २३ गते रहेको छ ।

367B408218B985F-icon.png
1149views
56475718210842A-BE4FA9CEC267ACC-vastu-shastra-final.jpg

काठमाडौं । के तपाईं आफ्नो सपनाको घर निर्माण सुरु वा नयाँ घरमा सर्दै हुनुहुन्छ ? हिन्दू धर्म परम्पराअनुसार गृहारम्भ (घरको जग राख्‍ने) र गृहप्रवेश (नयाँ घरमा सर्न)का लागि राम्रो साइत जुराउने चलन छ नि !

हिन्दू धर्ममा शुभसाइत जुराएर घरको जग राख्‍ने वा नयाँ घरमा बसाई सर्नु लाभदायक मानिन्छ । आज हामी तपाईंहरुलाई ०८१ सालमा कुन-कुन दिन गृहारम्भ र गृहप्रवेशका लागि उपयुक्त छन् भनेर जानकारी गराउँदै छौं । 

चालू वर्ष ०८१ मा आवास वा भवन निर्माण शुभारम्भ र गृहप्रवेशका लागि राम्रो शुभसाइत अत्यन्तै कम परेका छन् । गृहारम्भ र गृहप्रवेशका लागि वर्षभरीमा तीन/तीन दिनमात्र परेको हाम्रोपात्रोमा उल्लेख छ ।

०८१ मा गृहारम्भ मंसिर तीन गते, पुस २७ गते र फागुन २६ गते गरी तीन दिनमात्र रहेको देखिन्छ । यस्तै, गृहप्रवेशको शुभसाइत माघको २५ र २६ गते तथा फागुनको २३ गते गरी तीन दिन रहेको छ । 

तर, अरु दिन पनि ज्योतिष वा पण्डितसँग देखाएर शुभसाइत निकाली गृहारम्भ र गृहप्रवेश गर्न सकिने जानकारहरु बताउँछन् । 
 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

F853A36D612DD46-EPS Sheets .jpg

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?

E3A9775C7C9314F-605E5DEFD398608-_123891123_land.jpg

चैतमा घरजग्गा कारोबार र राजश्व संकलन बढ्यो, देखियो सुधारको शंकेत