प्रथम त्रैमासमा रियल इस्टेट क्षेत्रको वृद्धिदर ३.१%, निर्माण क्षेत्र अझै संकुचनमै

सरकारकै तथ्यांकले भन्छ– चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म रियल इस्टेट र निर्माण क्षेत्रमा मन्दी कायमै छ

367B408218B985F-icon.png
238views
3067BDB23AE6ECB-Construction-.jpg

काठमाडौं । सरकारकै तथ्यांकले नेपालको रियल इस्टेट र निर्माण क्षेत्रमा अझै मन्दी कायमै रहेको देखाएको छ । 

केन्द्रीय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमासिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) प्रारम्भिक तथ्यांकमा रियल इस्टेट र निर्माण क्षेत्र मन्दीबाट बाहिर निस्कन नसकेको देखिएकोे ।

चालु आवको प्रथम त्रैमासमा रियल इस्टेट क्षेत्रको कुल मूल्य अभिवृद्धि वृद्धिदर ३.१ प्रतिशत रहेको छ, जुन अघिल्लो आवको सोही त्रैमासको तुलनामा ०.१ प्रतिशत मात्र वृद्धि हो ।

निर्माण क्षेत्र अझै संकुचनकै अवस्थामा देखिन्छ । प्रथम त्रैमासमा निर्माण क्षेत्रको वृद्धिदर –०.३ प्रतिशत (ऋणात्मक) रहेको छ । जीडीपी गणनामा समेटिएका १८ क्षेत्रमध्ये एउटा मात्रै निर्माण क्षेत्रको वृद्धिदर अझै ऋणात्मक रहेको केन्द्रीय तथ्यांक कार्यालयले जनाएको छ । अन्य १७ क्षेत्रको वृद्धिदर धनात्मक देखिन्छ ।

मौसमी प्रभाव समायोजित त्रैमासिक कुल मुल्य अभिवृद्धि वृद्धिदर

केन्द्रीय तथ्यांक कार्यालयका अनुसार गत आवको प्रथम त्रैमासमा निर्माण क्षेत्रको वृद्धिदर ६.९ प्रतिशत रहेको थियो । दोस्रो त्रैमासमा १.९ प्रतिशतमा झरेको वृद्धिदर तेस्रो त्रैमासमा ऋणात्मक हुँदै –६.३ प्रतिशत र चौथो त्रैमासमा –८.७ प्रतिशतमा खुम्चिन (संकुचन) पुगेको थियो । 

यो त्रैमासमा निर्माण क्षेत्रको वृद्धिदर ऋणात्मक रहेपनि अघिल्ला दुई त्रैमास (गत आवका तेस्रो र चौथो त्रैमास)को तुलनामा भने सुधारिएको देखिन्छ । 

केन्द्रीय तथ्यांक कार्यालयको प्रस्तुत तथ्यांकअनुसार चालु आवको प्रथम त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मुल्यमा अघिल्लो आवको प्रथम त्रैमासिकको तुलनामा ३.४ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ । 

यो त्रैमासिकमा अर्थतन्त्रको धनात्मक वृद्धि हुनुमा कृषि उत्पादनमा भएको वृद्धि, विद्युत उत्पादन तथा वितरणमा भएको वृद्धि, पर्यटन आगमनमा भएको वृद्धिसँगै होटल क्षेत्रको कुल मुल्य अभिवृद्धिमा भएको वृद्धि प्रमुख कारक रहेको कार्यालयको भनाई छ । 

गत आवको पहिलो त्रैमासमा आर्थिक वृद्धि ३.६ प्रतिशत, दोस्रो त्रैमासमा ४.५ प्रतिशत, तेस्रो त्रैमासमा २.९ प्रतिशत र चौथो त्रैमासमा ३.२ प्रतिशत कायम रहेको थियो ।

दुई आवको प्रथम त्रैमासिक अवधिबीच क्षेत्रगत तुलना गर्दा कुल १८ औद्योगिक वर्गीकरणमध्ये १७ ओटा औद्योगिक क्षेत्रहरूको कुल मुल्य अभिवृद्धि वृद्धिदर धनात्मक रहेको छ । 

मौसमी प्रभाव असमायोजित आर्थिक वृद्धिदर 

जसमध्ये विद्युत तथा ग्याँससँग सम्बन्धित क्रियाकलापको सबैभन्दा धेरै वृद्धिदर (२१.४%) रहेको छ भने यातायात तथा गोदाम क्षेत्र ६.७ प्रतिशत वृद्धिदर सहित दोस्रो धेरै वृद्धि हुने औद्योगिक क्षेत्र बनेको छ । 

आवास तथा भोजन सेवा क्षेत्रले ६.३ प्रतिशत वृद्धिदर कायम गरेको छ भने निक्षेप तथा कर्जामा भएको वृद्धिसँगै वित्तीय तथा विमा क्षेत्रको मुल्य अभिवृद्धि वृद्धिदर ५.७ प्रतिशत हुने अनुमान छ । प्रशासनिक सहयोगी सेवा क्षेत्रको वृद्धिदर ५.४ प्रतिशत र पेशागत वैज्ञानिक तथा प्राविधिक सेवाको वृद्धिदर ५.१ प्रतिशत रहने प्रारम्भिक अनुमान । 

यस त्रैमासिकमा निर्माणजन्य वस्तुको आयातमा आएको गिरावटका कारण निर्माण क्षेत्र झिनो अंकले संकुचनमा रहेको प्रारम्भिक अनुमान तथ्यांक कार्यालयको छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

F853A36D612DD46-EPS Sheets .jpg

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

D1A87D30557B21E-planing.jpg

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

35CC17359145C47-1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह