बन्दीपुरमा १७ तलाको होटेल जेठदेखि सञ्चालन हुने, सवा ६ अर्ब लगानी

होटलबाट माछापुच्छ्रेदेखि लाङटाङसम्मको हिमशृङ्खला र अन्य मनोरम दृश्यावलोकन गरी मज्जा लिन सकिने छ

367B408218B985F-icon.png
921views
5A8415852DC6C71-480556308_1202819154737528_5276985776561634442_n.jpg

तनहुँ । बन्दीपुरमा निर्माणाधीन पाँचतारे होटल बन्दीपुर हिल अन्तिम चरणमा पुगेको छ ।  सत्र तले कुइन टावर नामकरण गरिएको सो होटल आगामी जेठ महिनाबाट सञ्चालनमा ल्याउने तयारी गरिएको छ । 

बन्दीपुर–४ बरालथोकमा निर्माणाधीन सो होटलबाट माछापुच्छ्रेदेखि लाङटाङसम्मको हिमशृङ्खला र अन्य मनोरम दृश्यावलोकन गरी मज्जा लिन सकिने छ । त्यसैगरी, बजार क्षेत्रलाई हेर्न सकिन्छ, जुन पर्यटकका लागि पृथक र रोचक अनुभव हुनसक्ने बताइएको छ । 
 
बन्दीपुर हिलले प्याकेजका रूपमा र्याफ्टिङ, रकक्लाइमिङ, जीपलाइन स्काइसाइक्लिङलगायत साहसी खेलको गन्तव्यका रूपमा विकास गर्न लागेको बन्दीपुर हिलका महाप्रबन्धक रोमनमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार  होटलमा ८० कोठा रहने छन् । परियोजनाले तल्लो स्टेशनमा तीन अर्ब ८३ करोड लगानी गरिसकेको छ । परियोजनाको कुल लागत ६ अर्ब २९ करोडमध्ये करिब ४ अर्ब ३३ करोड बराबरको काम सम्पन्न गरिसकेको बताइएको छ ।

बन्दीपुर–४ ठुलढुंगास्थित केबलकारको तल्लो स्टेशन ८० रोपनी क्षेत्रफलमा होटलसहितका मनमोहक उद्यान निर्माण गरिएको छ, जुन पृथ्वीराजमार्ग सडक छेउमा रहेको छ । रासस

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

550607C8764280B-IMG-20250511-WA0003 (1).jpg

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

B05173A8C3D2580-666134673.jpg

वर्षान्त २०८१ : होटलमा लगानीको ओइरो, ३५ लाख पर्यटक अटाउने कोठा तयार

4FB8C94F1A0CEFE-1744171717-p4fhf.jpg

सवा अर्ब लगानीमा पोखरामा खुल्यो टेम्पल बेल बुटिक होटल