थाहा पाउनुहोस्, सुरक्षित पिलर सिस्टम र असुरक्षित पिलर सिस्टम

घर अधिकांश मानिसको एक पटकको लगानी भएको कारण मजबुत बनाउन अनिवार्य छ। मजबुत घर निर्माणमा पिलर सिस्टमको ठुलो महत्व हुन्छ।

367B408218B985F-icon.png
586views
3D6D560A44B938E-Column-and-Sidewalk-Concrete-Work.jpg

मानिसलाई आफ्नो जीवन निर्वाह गर्न चाहिने आधारभुत आवश्यकताहरु हुन्- गाँस, बास अनि कपास। यी तीन तत्व मध्येको बास, जसलाई हामी ‘घर’ भन्छौँ, दीर्घकालिन हुन निकै आवश्यक हुन्छ। 

घर अधिकांश मानिसको एक पटकको लगानी भएको कारण मजबुत बनाउन अनिवार्य छ। मजबुत घर निर्माणमा पिलर सिस्टमको ठुलो महत्व हुन्छ। सुरक्षित पिलर सिस्टमले घरलाई मजबुत बनाउन निकै ठुलो भूमिका निर्वाह गरेको हुन्छ। यसलाई नजर अन्दाज गर्दा पिलर सिस्टम असुरक्षित हुन्छ जसले गर्दा घर जोखिमपूर्ण हुन जान्छ।

घरको डिजाइन मुख्य गरेर दुई किसिमको हुन्छ;  आर्किटेक्चरल र स्ट्रकचरल डिजाइन। आर्किटेक्चरल डिजाइन भन्नाले घरको बनोट, कोठा, भान्साकोठा, चर्पीको ढाँचा, झ्याल, ढोका कस्तो प्रकारका राख्ने र कहाँ राख्ने लगायतका कुरा पर्छन्। त्यस्तै जग कति फिटको हाल्ने, पिलर कत्ति मोटाइको हाल्ने, गारो कसरी लगाउने, रिङ कस्तो प्रयोग गर्ने, रडको मोटाइको प्रयोग गर्ने, बालुवा र सिमेन्ट कस्तो प्रयोग गर्नेलगायतका कुरालाई स्ट्रक्चरल डिजाइन भनिन्छ। 

आवासीय घरमा १२⁄१२ इन्चको पिलर राख्ने र जम्मा तीन तलासम्मको घर मात्रै बनाउने गर्नुपर्छ। तर १२⁄१२ को पिलर राख्ने अनि ५⁄६ तल्लासम्मको घर बनाउने गर्नाले घर जोखिममा पर्छ।

घर निर्माणकै अर्को महत्त्वपूर्ण बिममा डण्डीको प्रयोग हो। डण्डीलाई पिलरको डण्डीभन्दा बाहिर पठाएर घर निर्माण गर्दा दिगो हुँदैन। पिलर सिस्टम र आधुनिक प्रकारका निर्माणसम्बन्धी जानकारी नभएका डकर्मीबाट घर निर्माण गराउँदा वा इन्जिनियर को प्रत्यक्ष निगरानी नगराउँदा यस्ता समस्या निम्तिन सक्छन्।

आखिर कसरी बन्छ त सुरक्षित पिलर सिस्टम? 

  • सुरक्षित पिलर सिस्टमको लागि डण्डी जोड्दा बिम र पिलरको जोर्नीमा जोड्नु हुँदैन। यस्तै, डण्डीको मात्रा अलिक धेरै राख्नुपर्छ। डण्डी जोड्दा जोडाइको लम्बाइ पुग्ने गरी जोड्नुपर्छ।
  • जगको उपयुक्त लेभलमा जमीन माथि टाइ बिम अनिवार्य राखेको हुनुपर्छ।
  • जमीन मुनि जगको लागि कम्तिमा सबै पिलरलाई जग बिमले बाँधेको हुनुपर्छ।
  • ५ फिटको डण्डीको जाली बाँधेको नबनाइ पिलर त्यसको बिचमा पर्नेगरी १.५ फिटको स्लोपमा हात्तीपाइला ढलान गर्नुपर्छ। सो हात्तीपाइलाको ठीक माथि सबै पिलरहरुलाई जग बिमले बाँध्नुपर्छ।
  • पिल्लरहरु बिचको दूरी १४’९” (४.५ मिटर) भन्दा बढी गर्नुपरेमा सोही बमोजिम पिलरको साइज पनि बढाउनु पर्ने हुन्छ।
  • जमीन मुनि जगमा तथा जमीन माथि टाइ बिम राखेमा सबै पिलर बाँधिएर भुकम्पमा पनि एक ढिक्का भएर हल्लिन्छ र भासिने सम्भावना कम हुन्छ।

पिलरहरू बीचको दूरी १४ फिट ९ इन्च अर्थात ४.५ मिटरभन्दा कम तथा तीन तलाभन्दा कम उचाइका भवनमा पिलरको साइज कम्तीमा १२ बाई १२ इन्चको हुनुपर्छ। कम्तीमा १६ एमएमका ४ वटा र १२ एमएमको ४ वटा गरी जम्मा ८ वटा डन्डी हाल्नुपर्छ। पिलरका डन्डीलाई कम्तीमा ७ एमएमको रिङले ४.४ इन्चको दूरीमा बाँध्नुपर्छ। दूरीमा रिङले बाँधेको पिलर मोडिने रिङको टुप्पो डन्डीको साइज टाइको १० गुणा (३ इन्च) हुनुपर्छ र ४५ डिग्रीमा मोडेको हुनुपर्छ।

बिमको भन्दा पिलरको साइज ३ इन्च बढी हुनुपर्छ। डन्डी गाँस्ने भाग डन्डीको साइज (मोटाइ) को ६० गुणा हुनुपर्छ। साथै गाँस्ने ठाउँका रिङ पनि ४/४ इन्चको दूरीमा बाँध्नुपर्छ। बिमका सबै डन्डीहरू पिलरको डन्डीभित्रबाट जानुपर्छ। ल्याब (छत) मा मुख्य डन्डी र सहायक डन्डी राख्नुपर्छ। झ्यालढोका जस्ता खाली भाग कोठाको कुनाबाट कम्तीमा २ फिटको दूरीमा हुनुपर्छ।

सुरक्षित पिलर सिस्टमको लागि गुणस्तरीय छडको पनि निकै महत्वपूर्ण भूमिका हुन्छ। नेपाली निर्माणका लागि चाहिने उपयुक्त ग्रेड, लचकता र शक्ति भएको छडमा राइनाे ५००डी लगायत अग्रस्थानमा छन् । घर बनाउँदा राम्ररी बुझेर उत्कृष्ट छडको मात्र प्रयोग गर्नुपर्छ।

घर निर्माण गर्दा पिलर सिस्टममा ध्यान पुर्याउँदा पिलर सिस्टम सुरक्षित हुन जान्छ र घर दिगो निर्माण हुन्छ। यसलाई नजर अन्दाज गर्न हुँदैन।

स्रोतः जगदम्बा स्टिल

०८१ मा अपार्टमेन्ट किनबेच ३५ प्रतिशतले वृद्धि

चैतमा घरजग्गासँगै कित्ताकाट पनि बढ्यो, के अब नयाँ वर्षदेखि लय समाउला ?

चैतमा घरजग्गा कारोबार र राजश्व संकलन बढ्यो, देखियो सुधारको शंकेत

भक्तपुरमा खुल्ने भयो हाइ एन्ड रिसोर्ट 'स्वनिगः', पौने पाँच अर्बमा लक्जरी प्रोपर्टी निर्माण सुरु

नारायणघाटमा सिद्धार्थ हस्पिटालिटीले सुरु गर्‍यो 'सिद्धार्थ होटेल चितवन'

खनाल आयोगको सुझावः नेपालमा विदेशी नागरिकलाई अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था गरौं

पहिलो घरकर्जा लिनेलाई निश्चित अवधिसम्म स्थिर ब्याजदर दिन खनाल आयोगको सुझाव

वर्षान्त २०८१ : होटलमा लगानीको ओइरो, ३५ लाख पर्यटक अटाउने कोठा तयार

E3A9775C7C9314F-605E5DEFD398608-_123891123_land.jpg

चैतमा घरजग्गा कारोबार र राजश्व संकलन बढ्यो, देखियो सुधारको शंकेत

16E2CBDE836B3FF-192FB0C74DE5229-46FC5FB8F490228-Grande Towers.jpg

खनाल आयोगको सुझावः नेपालमा विदेशी नागरिकलाई अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था गरौं

9920323002F9E25-1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

पहिलो घरकर्जा लिनेलाई निश्चित अवधिसम्म स्थिर ब्याजदर दिन खनाल आयोगको सुझाव