यसरी लिन सकिन्छ ‘पान नम्बर’

स्थायी लेखा नम्बर (पान) प्रत्येक करदातालाई पहिचान दिने अद्धितिय र स्थायी संकेत अंक हो । यो नौ अंकको हुन्छ । यो संकेत नम्बर एकपटक लिइसकेपछि उही व्यक्तिले व्यवसाय गर्ने स्थल वा व्यवसायको प्रकृति वा अन्य विवरण फेसबदल भएपनि सो करदाताका लागि सधैभरि सोही संकेत अंक कायम रहिरहने भएकोले स्थायी लेखा नम्बर भनिएको हो ।

367B408218B985F-icon.png
6319views
3BE163ACA7F4261-PAN-Number.jpg

स्थायी लेखा नम्बर (पान) प्रत्येक करदातालाई पहिचान दिने अद्धितिय र स्थायी संकेत अंक हो । यो नौ अंकको हुन्छ । यो संकेत नम्बर एकपटक लिइसकेपछि उही व्यक्तिले व्यवसाय गर्ने स्थल वा व्यवसायको प्रकृति वा अन्य विवरण फेसबदल भएपनि सो करदाताका लागि सधैभरि सोही संकेत अंक कायम रहिरहने भएकोले स्थायी लेखा नम्बर भनिएको हो ।

व्यक्तिको लागि यो कर तिर्ने प्रयोजनको लागि प्रयोग गरिन्छ । यो व्यवसाय, रोजगारी एवं लागानीको पहिचान जनाउने नम्बर पनि हो ।

पान लिन आन्तरिक राजस्व कार्यालयहरु, करदाता सेवा कार्यालयहरु र आन्तरिक राजस्व विभागबाट स्थाई लेखा नम्बर प्रदान गर्न स्विकृति पाएका उद्योग बाणिज्य संघहरु लगायतका निकायहरुमा तथा अनलाइनमार्फत आवेदन गर्न www.ird.gov.np वेबसाइटमा सम्पर्क राख्न सकिन्छ । पान लिनका लागि कुनै पनि किसिमको दस्तुर बुझाउन पर्दैन ।

पानको बारेमा डिटेल जानकारीका लागि लिंक क्लिक गर्नुहोस् ।

पान कसरी लिन सकिन्छ ?

व्यक्तिगत तथा व्यवसायिक पान लिनका लागि आन्तरिक राजस्व विभागको वेबसाइट www.ird.gov.np मा गई त्यहाँ उपलब्ध फाराम अनलाईनबाटै भरेर त्यस्को Submission Number लिएर आन्तरिक राजश्व कार्यालय जानुपर्छ ।

वा, आन्तरिक राजस्व विभाग मातहतका कार्यालयहरुमा प्राप्त हुने दरखास्त फाराम भरेर आवश्यक पर्ने कागजातहरु समेत संलग्न गरी आफुलाई पायक पर्ने कार्यालयमा गएर दरखास्त दिन पनि सकिन्छ ।

दरखास्त प्राप्त भएपछि विभाग मातहतका कार्यालयहरुले जाँचबुझ गरी कम्प्यूटर प्रणालीबाट पान जारी गर्छन् । सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयबाट आवेदकलाई उक्त पानको प्रमाणपत्र प्रदान गरिन्छ ।

स्थायी लेखा नम्बर (पान) लिने तरिका

  • Mozilla Firefox, Google Chrome वेब ब्राउजर प्रयोग गरी www.ird.gov.np पेज लोड गर्नुहोस ।

  • होमपेजमा भएको taxpayer portal मा क्लिक गर्नुहोस ।

  • त्यसपछि प्राप्त हुने screen मा Registration Folder लाई छनौट गर्नुहोस ।

  • त्यसपछि Application for Registration मेनु क्लिक गर्नुहोस ।

  • Submission No प्राप्त गर्न आवश्यकता अनुसारको बक्समा टाइप गरी आफ्नो कारोवार स्थलसंग सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयबाट (पान) लिने हो सोही कार्यालय छनौट गरी Ok बटनमा क्लिक गर्नुहोस ।

  • Submission No प्राप्त गरी आवश्यकता अनुसारको ब्यक्तिगत वा ब्यावसायिक (Personal/ Business) छनौट गर्नुहोस ।

  • अब Screen मा माग भए बमोजिमको विवरणहरु प्रविष्टि गरी Save वटनमा क्लिक गर्नुहोस् ।

  • आवश्यक सबै विवरण रुजु गरी विवरण ठीक भएमा Submit Button Click गरी विवरण Submit भएको जानकारी प्राप्त गर्नुहोस ।

  • यसरी विवरण Submit भै सकेपछि त्यस पेजमा भएको Save/ Submit ButtonDisablee} Print Button मात्र Enable हुन्छ ।

  • अब Print Button मा क्लिक गरी विवरणहरु प्रिन्ट गरी आवश्यक अन्य कागजातहरु (जस्तै ब्यवसाय दर्ता प्रमाण, दुइ प्रति पासपोर्ट साइजको फोटो, नागरिकताको फोटोकपि, घरभाडा सम्झौता लगायतका, कारोबार स्थल पहिचान हुने गरी तयार गरेको हस्त लिखित नक्सा) सहित सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा गएर स्थायी लेखा नम्बर (PAN_ प्राप्त गर्न सकिन्छ । तपाईंलाई कुनै कुरा स्पष्ट नभएमा Help मा गई सहयोग लिन सक्नु ।

आवश्यक कागजपत्र
व्यक्तिका लागि

 

  • नागरिकताको प्रमाणपत्रको प्रतिलिपी

  • विदेशीको हकमा राहदानी वा कुटनैतिक नियोगद्वारा जारी गरिएको परिचयपत्रको प्रतिलिपी

  • व्यवसाय वा पेशागत प्रमाणपत्रको प्रतिलिपी

  • २ प्रति फोटो

  • कारोबारस्थल आफ्नै घरमा भए लालपूर्जाको फोटोकपी । नत्र घरधनी संगको घरबहाल सम्झौताको फोटोकपी ।

  • संस्थाका लागिः

  • साझेदारी फर्म÷कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपी

  • कम्पनीको प्रवन्धपत्र, नियमावली, विधान

  • आवेदन पत्रमा दस्तखत गर्नेको पासपोर्ट साइजका २ प्रति फोटोहरु

  • साझेदारी फर्म वा कम्पनी भए सबै साझेदार वा संचालकहरुको नागरिकताको प्रतिलिपीे

  • मुख्य कारोवारस्थल वा प्रधान कार्यालय देखिने गरी बनाइएको नक्सा

  • संचालक समितिको निर्णय

  • कम्पनीको हकमा अख्तियारवालाको फोटो समावेश गर्ने

  • अख्तियारीनामा साथै आफ्नो भवन भए लालपूर्जाको फोटोकपी अन्यथा घरधनी संगको घरबहाल सम्झौताको फोटोकपी

 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

13242FCCE7126E4-Tax-Clearence.jpg

यसरी लिनुहोस् करचुक्ता प्रमाणपत्र