असार मसान्तमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत दिने राष्ट्र बैंकको घोषणा, कर्जा भुक्तानी अवधि पनि बढाउने

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको चौथो त्रैमास (असार मसान्त)मा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न नीतिगत व्यवस्था गर्ने भएको छ । 

367B408218B985F-icon.png
190views
DBD0FDDF7118350-NRB.jpg

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको चौथो त्रैमास (असार मसान्त)मा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न नीतिगत व्यवस्था गर्ने भएको छ । 

राष्ट्र बैंकले लकडाउनको अवधिमा ऋणीले बैंक तथा वित्तीय संस्थाहरुलाई भुक्तानी गर्नुपर्ने कर्जाको भुक्तानी अवधि थप गर्न सकिने व्यवस्था मिलाउने भएको छ । 

राष्ट्र बैंकको ६५औं वार्षिकोत्सवमा वेवसाइटमार्फत वक्तव्य सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले कोरोना प्रभावित ऋणीलाई राहत दिने घोषणा गरेका हुन् । 

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण राष्ट्र बैंकले विगतका वर्षहरूमा झैँ औपचारिक रूपमा वार्षिकोत्सव समारोह आयोजना गर्न सकेन । 

कोभिड–१९ को प्रकोपका कारण अर्थतन्त्रमा सिर्जना भएको प्रतिकूलतालाई सम्बोधन गर्दै अर्थतन्त्रलाई विस्तार र स्थायित्वको मार्गमा अगाडि बढाउन नेपाल राष्ट्र बैंकले समसामयिक रूपमा नीतिगत पहलकदमी लिँदै आएको वक्तव्यमा उल्लेख छ । 

कोभिड–१९ ले अर्थतन्त्रमा परेको असरलाई सम्बोधन गर्न गभर्नर अधिकारीले दिएको मन्तव्यमा उल्लेख गरिएका नीतिगत व्यवस्था यसप्रकार छन् । 

(क) चालू आर्थिक वर्षको चौथो त्रयमासमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न आवश्यक व्यवस्था मिलाइनेछ । 

(ख) कोभिड–१९ बाट बढी प्रभावित क्षेत्रलाई चालू पुँजी कर्जा प्रदान गर्ने व्यवस्थालाई थप सहज बनाउन आवश्यक व्यवस्था मिलाइनेछ । 

(ग) साना तथा मझौला उद्योग, पर्यटन र कोभिड–१९ को प्रभाव अत्यधिक परेका क्षेत्रमा प्रादेशिक सन्तुलनसमेत कायम हुनेगरी यस बैंकबाट प्रदान गरिने पुनरकर्जा सहज ढङ्गले प्रवाह गर्न पुनरकर्जा कार्यविधिमा संशाधन गरिने छ । साथै, रु. ६० अर्बको विद्यमान पुनरकर्जा कोषलाई आवश्यकता अनुसार क्रमशः वृद्धि गर्दै लैजाने व्यवस्था समेत मिलाइनेछ । 

(घ) बैंकिङ क्षेत्रबाट हुने कर्जा प्रवाहलाई थप सहजीकरण गर्न आवश्यक उपायहरु अवलम्वन गरिनेछ । 

(ङ) कोभिड–१९ बाट वढी प्रभावित भएका क्षेत्रमा प्रवाह भएको कर्जालाई पुनरतालिकीकरण वा पुनर्संरचना गर्न सकिने सुविधा प्रदान गर्न आवश्यक व्यवस्था मिलाइनेछ । 

(च) लकडाउनको अवधिमा भुक्तानी गर्नुपर्ने कर्जाको भुक्तानी अवधि थप गर्न सकिने व्यवस्था मिलाइनेछ ।
 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

21EA4B8BCD53020-WhatsApp Image 2024-07-26 at 15.56.12_bd50bed3.jpg

कस्तो आयो मौद्रिक नीति ? (पूर्णपाठ)

9BC42F11B258352-4652C87FD1F1684-39BAABFB64C5BE1-2A926A06DA9346E-C872D4EAE692774-55450BF936192D3-ghar-jaga.jpg

कर्जाको ब्याजदर २८ महिनायताकै कम, ऋण लिएर घरजग्गा किन्‍ने उपयूक्त समय

FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

बैंकबाट ऋण लिएर घरघडेरी जोड्ने बढे, १० महिनामा सवा ४१ अर्ब आवासीय कर्जा प्रवाह