काठमाडौं महानगरले कति सम्पत्तीमा कति कर लगायो ? (विवरणसहित)

काठमाडौं महानगरपालिकाले बुधवार सार्वजनिक गरेको आर्थिक वर्ष ०७७/७८ को आर्थिक विधेयकअनुसार महानगरभित्र सम्पत्ती हुनेले ०.०१० प्रतिशतदेखि ०.६० प्रतिशतसम्म सम्पत्ती कर तिर्नुपर्ने भएको छ ।

367B408218B985F-icon.png
334views
6A34614058A3624-B70402D522DDBB9-Kathmandu-1.gif

काठमाडौं महानगरपालिकाले बुधवार सार्वजनिक गरेको आर्थिक वर्ष ०७७/७८ को आर्थिक विधेयकअनुसार महानगरभित्र सम्पत्ती हुनेले ०.०१० प्रतिशतदेखि ०.६० प्रतिशतसम्म सम्पत्ती कर तिर्नुपर्ने भएको छ ।

आर्थिक विधेयकअनुसार आगामी आर्थिक वर्षमा १ करोड रुपैयाँ मूल्य बराबरको घरजग्गामा महानगरपालिकालाई ०.०१० प्रतिशत (१ हजार रुपैयाँ) सम्पत्ती कर तिर्नुपर्ने छ । 

२ करोडको घरजग्गामा २५ सय, ३ करोडको छ भने ४५ सय ४ करोडको छ भने ८५ सय, ५ करोडको छ भने १४ हजार ५ सय, ६ करोडको छ भने २४ हजार ५ सय, ८ करोडको छ भने ८४ हजार ५ सय, १० करोडको छ भने १ लाख ७४ हजार रुपैयाँ सम्पत्ति कर तिर्नुपर्छ ।

१० करोड रुपैयाँभन्दा माथि मूल्यपर्ने समपत्ति छ भने जतिसुकै भएपनि मूल्यको ०.६० प्रतिशत कर तिर्नुपर्छ ।

महानगरले कोरोना भाइरसका कारण सम्पत्ति करमा १० प्रतिशत छुट दिने स्किम पनि ल्याएको छ । जसअनुसार ०७७ पुस मसान्तभित्रमा दाखिला गर्नेले तिर्नुपर्ने रकमको १० प्रतिशत छुट पाउनेछन् ।

तर बक्यौतामा भने यो छुट लागू नहुने महानगरले जनाएको छ ।

त्यसैगरी, सर्वसाधारणको पार्किङ प्रयोजनका लागि व्यावसायिकरुपमा निर्माण गरिने भवनको हकमा निर्माण सम्पन्न भएको मितिले ५ वर्षसम्म सम्पत्ति कर नलिने महानगरले जनाएको छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

30C151D0ADCDE63-EACAA4C5D5B8FBB-1B0734DB214655E-D8CAB548150DB82-FE406F736A21166-84285D2102DF516-KTM Mahanagar final.jpg

काठमाडौं महानगरले उठायो चार महिनामा ८२ करोड घरबहाल कर

6F3F14629B29E43-KTM.gif

थाहा पाईराख्नुस्, काठमाडौं महानगरभित्र भवन निर्माण गर्ने मापदण्ड

515E72EE1433345-KTM-Mahanagarpalika.jpg

काठमाडौं महानगरको कर घरमै बसेर तिर्न सकिने, सुरु भयो अनलाइन भुक्तानी प्रणाली