फूलपातीलाई घरमा भित्राउनु भनेको नौ देवीलाई गृह प्रवेश गराउनु हो । सम्पूर्ण नौ पातीले देवीहरुको प्रतिनिधित्व गर्छ जसले स्वास्थ्य, धन र समृद्धिको प्रतिनिधित्व गर्छन् ।फूलपाती स्थापना गर्नु भनेको घरमा सुख समृद्धि, स्वास्थ्य र धनको प्रवेश गराउनु हो ।
घटस्थापनाबाट प्रारम्भ हुने दशै माता दुर्गा भवानीको विशेष पूजा आजा गर्दै मनाइन्छ । घटस्थापनाको दिनबाट घरमा जमरा राखि सुरु हुने नवरथा वा नवरात्री दुर्गा भवानीको पुजा आराधना गर्दै प्रत्येक दिन विशेष रुपमा शक्तिपिठहरुको पुजा र दर्शन गरि मनाउने चलन रहिआएको छ । हुन त नवरथाको सुरुको दिन देखि नै दशैमय हुने गर्छ । तर पनि फूलपातीको दिनबाट सम्पूर्ण जनमानसमा साच्चै दशैको आभास हुन्छ।
फूलले फूलको गुच्छा र पातीले फूलका पात भन्ने जनाउँछ । समग्रमा भन्नुपर्दा फूल, पात र त्यसको बोटको समिश्रण हो फूलपाती। नवरात्री पूजाको सातौ दिनमा उत्सवका साथ पूजा कोठामा नौ प्रकारका फूलपाती भित्राउने परम्परा छ । यसर्थ विजयादशमीको सातौ दिनलाई फूलपातीको रुपमा मनाइन्छ ।
फूलपातीका नौ सामाग्रीहरु (नवपत्रिभा)
फूलपातीका नौ सामाग्रीको समिश्रणलाई नवपत्रिका भनिन्छ । नवपत्रिभाका केराको बोट, दारिम, धानको बाला, हलेदो, मनवृक्ष, काचुकि, वेलपत्र, अशोक र जयन्ती समावेश हुन्छन् ।
फूलपातीलाई घरको बाहिर सजाएर त्यसलाई दशै घर अर्थात पूजा कोठामा लगेर स्थापना गरिन्छ । नवरथाको सातौ दिनमा आफ्नो पारिवारिक चलन अनुसार फूलपातीलाई पूजा कोठामा राख्ने परम्परा छ । फूलपातीलाई पूजा कोठामा राखि घटस्थापनाको दिनमा राखिएको जमरासँगै पूजा गरिन्छ ।
फूलपातीलाई घरमा भित्राउनु भनेको नौ देवीलाई गृह प्रवेश गराउनु हो । सम्पूर्ण नौ पातीले देवीहरुको प्रतिनिधित्व गर्छ जसले स्वास्थ्य, धन र समृद्धिको प्रतिनिधित्व गर्छन् ।फूलपाती स्थापना गर्नु भनेको घरमा सुख समृद्धि, स्वास्थ्य र धनको प्रवेश गराउनु हो ।
यसै दिनमा ज्ञानकि देवी सरस्वतीको पनि पूजा अर्चना गरिन्छ । यस्तै विभिन्न पेशा व्यवसाय अँगालेका व्यक्तिहरुले उनीहरुको विविध सामाग्री र उपकरणलाई दशै घर अर्थात पूजा कोठामा राखि त्यसको पूजा आजा गर्ने चलन छ र त्यसलाई दशमीको दिनमा मात्र बाहिर निकाल्ने परम्परा छ ।
राजा शासन हट्नुअघि नेपाली परम्परा
गोर्खाको दशै घरबाट सहयोगीहरुले फूलपातीको लागि नवपत्रिका बोकेर पुरानो बाटो हुदै धादिङ जिल्लाको जिवनपुरसम्म ल्याउने गर्छन ।फूलपाती बोक्ने मान्छेले बुढिगण्डकि नदि पुल वा डुङ्गाको प्रयोग नगरि पौडि खेलेर तर्ने चलन छ । शाहि दशै घरका पुजारीहरु धादिङबाट काठमाडौँसम्म फूलपाती बोकेर लिएर आउने मानिसको पर्खाइमा रहने गर्छन ।
उनीहरुले फूलपाती जमलमा ल्याउने गर्छन र त्यहाँबाट शाहि परम्परा अनुसार प्राप्त गर्ने चलन छ । सुनले सुशोभित छाता मुनि पाल्किमा राखिन्छ । शाहि नेपाली सेना, नेपाल प्रहरी र सरकारका गण्यमान्य विशिष्ट व्यक्तित्वद्वारा स्वागत गर्ने चलन छ । शाहि सेनाको प्लाटुनले परेड गर्दै फूलपातीलाई हनुमान ढोका दरबारमा लैजाने परम्परा छ । नेपाली सेनाले बन्दुक पड्काएर प्रदर्शन गरि फूलपाती भित्राउने गर्छन । यसो गर्नुको मतलव सम्पूर्ण जनतालाई फूलपाती सफलतापूर्वक भित्राइएको संकेत प्रदान गर्नु हो । पृथ्वी नारायण शाह जसले नेपालको एकिकरण गरे, नेपालको शाह राजवंशको पुरानो दरबार, एकिकृत नेपालको राजधानी गोर्खा दरबारबाट फूलपाती ल्याउने प्रचलन रहिआएको छ ।
गोर्खा दरबारबाट फूलपाती काठमाडौँ ल्याउनाले देवी दुर्गाको आशिर्वाद गोर्खामा जत्तिकै काठमाडौँले पनि प्राप्त गर्ने विश्वास गरिन्छ । शाहीकालमा राजाहरुले यो परेड र प्रदर्शनको अवलोकन गर्ने गर्थे ।
नेपाल सरकार अझै पनि उहि संस्कार र संस्कृतिको अनुशरण गर्छ । अहिले राजाको सट्टामा नेपालको राष्ट्रपतिले यी सबै प्रस्तुति र प्रदर्शनको अवलोकन गर्ने चलन रहेको छ ।