लाजिम्पाटमा खुल्यो भियतनामी स्वाद पस्किने फो ९९ रेष्टुरेन्ट

भियतनामी खाना न्यून तेल, सीमित मसला र ताजा सामग्रीसँग पकाइने भएकाले यो संसारको सबैभन्दा स्वस्थ व्यञ्जनमध्ये मानिन्छ ।

367B408218B985F-icon.png
1438views
43FE0B3E7599612-Pho-99.jpg

काठमाडौं । भियतनामी परिकारका पारखीहरुलाई लक्षित गर्दै काठमाडौंको लाजिम्पाटमा ‘फो ९९ रेष्टुरेन्ट’ खुलेको छ । लाजिम्पाटस्थित होटल सांग्रिलाअगाडि खुलेको रेष्टुरेन्ट बिहीबार नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठले उद्घाटन गरे ।

रेष्टुरेन्ट सञ्‍चालक नवीन सारुका अनुसार भियतनामी खानेकुराहरू सामान्यतया ताजा जडीबुटीहरू सिलिन्ट्रो, अदुवा, लेमनग्रास, पुदिना र तुलसीले तयार पारिन्छन् । प्रायः माछाको चटनी, झिंगेमाछा (प्राउन)को पेस्ट वा सोयाबिन ससको साथमा ग्राहकसमक्ष सर्भ गरिन्छ । 

भियतनामी खाना न्यून तेल, सीमित मसला र ताजा सामग्रीसँग पकाइने भएकाले यो संसारको सबैभन्दा स्वस्थ व्यञ्‍जनमध्ये मानिन्छ ।

सन् २०११ मा युवा व्यवसायी सारुले स्थापना गरेको फो ९९ ले यसअघि काठमाडौंको बौद्धनाथ र ललितपुरको झम्सिखेलमा पनि भियतनामी स्वाद पस्किँदै आएको छ । कम मसला हुने भएकाले भियतनामी खाना संसारभर लोकप्रिय छन् ।

रेष्टुरेन्ट सञ्‍चालक सारुले नेपाल घुम्‍ने भियतनामीहरुको संख्या बढ्दै गइरहेको र नेपाली उपभोक्ताले पनि भियतनामी खाना रुचाउने भएकाले शाखा विस्तार गरिएको बताउँछन् । 

‘जब हामीले २०११ मा सुरु गर्यौं, हामी नेपालमा पहिलो पूर्ण भियतनामी रेस्टुरेन्ट थियौं,’ उनी भन्छन्, ‘त्यसबेला धेरैलाई भियतनामी खानाको बारेमा धेरै थाहा थिएन भने नेपाल घुम्‍न आउने भियतनामीहरूको संख्या पनि न्यून थियो ।’

पछिल्ला दश वर्षमा, धेरै भियतनामीहरू नेपाल घुम्‍न थालेका छन् भने धेरै नेपालीहरूले पनि भियतनामी खानाबारे जान्न र प्रशंसा गर्न थालेको उनको भनाइ छ ।

फो ९९ मा ‘भियतनामी ग्रिल फिस विथ लेमन ग्रास’ पारखीले निकै मन पराउने गरेका छन् भने भियतनामी नुडल्स पनि प्रख्यात छ । भियतनामी आइस टी र हट कफीसँगै नरिवल जुसको स्वाद पनि यहाँ पाइन्छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

488D29D2CBE36C1-1715130988-q1sgw.jpg

वैशाख कृष्ण औंसी: आज आमाको मुख हेर्ने पर्व मनाइँदै

273181CC185A6B4-1_pokhara-2-day-mustang-tour-with-muktinath-temple-2.jpg

ग्लोबल वार्मिङले मुस्ताङमा सुक्न थाल्यो खानेपानीका मुहान

5A9AA47CF47005C-Dorje-final.jpg

३० फोटोमा हेर्नुहोस् ‘दोर्जे रिसोर्ट’, जहाँ बस्‍न दिनकै ५० हजारभन्दा धेरै खर्चिनु पर्छ