३० फोटोमा हेर्नुहोस् ‘दोर्जे रिसोर्ट’, जहाँ बस्‍न दिनकै ५० हजारभन्दा धेरै खर्चिनु पर्छ

तर, अहिले रिसोर्ट सञ्‍चालनको अवसर पारेर ‘इन्ट्रोडक्टरी प्राइस’ प्रतिदिन २० हजार रुपैयाँ तोकेको सञ्‍चालक दोर्जे तामाङले बताए । 

367B408218B985F-icon.png
10106views
5A9AA47CF47005C-Dorje-final.jpg

काठमाडौं । कोभिड महामारीपछि निर्माण सुरु गरिएको पोखराको ‘दोर्जे रिसोर्ट एन्ड स्पा’ चरम मन्दीको समयमा सञ्‍चालनमा आएको छ । दुई हप्ताअघि सञ्‍चालनमा ल्याइएको रिसोर्ट पोखराको सेदीमा रहेको छ ।

२५ वर्षदेखि लेकसाइडमा ‘मुन डान्स रेष्टुरेन्ट’ सञ्‍चालन गरिरहेका दोर्जे लामाले रिसोर्ट सञ्‍चालनमा ल्याएका हुन्, जसमा जग्गासहित करिव एक अर्ब लगानी भएको छ ।

रिसोर्ट हाई एन्ड पर्यटकलाई लक्षित गरेर सञ्‍चालनमा ल्याइएको हो । रिसोर्टमा एक दिन बस्‍नका लागि कम्तिमा ५० हजार रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । 

रिसोर्ट सञ्‍चालनको अवसर पारेर ‘इन्ट्रोडक्टरी प्राइस’ भनेर प्रतिदिन २० हजार रुपैयाँ तोकेको सञ्चालक दोर्जेले बताए । 

पर्यटक आकर्षित गर्ने उद्देश्यसहित मौलिक र आधुनिक शैलीको फ्युजन गरी रिसोर्ट निर्माण गरिएको छ । रिसोर्टमा रहेका १३ वटा भिल्लामध्ये सातावटा कोठा छन् भने बाँकी ६ भवनमा स्पा, कन्फ्रेन्स हल, किचन–डाइनिङ, जीम क्लव लगायत सुविधा छन् । 

अहिले रिर्सोटमा १९ डिलक्स र ४ वटा सुइट गरी २३ वटा कोठा तयार भइसकेका छन् । निकट भविष्यमै आठवटा कोठा थप्‍ने सञ्‍चालक दोर्जेको तयारी छ । मौलिक नेपाली ढुंगा कुँदेर रिर्सोट निमार्ण गरिएको छ ।

रिसोर्टमा शरदकालिन सिजनका लागि प्रतिकोठा प्रतिदिन मूल्इ ५०० देखि ८०० अमेरिकी डलरसम्म तोकिएको छ । रिसोर्टमा स्वीमिङ पुल, ज्याकुजी, स्पा, जिमलगायत सुविधा छन् । रिसोर्टका प्रत्येक कोठाबाट फेवातालको सुन्दर दृश्य देख्‍न पाइन्छ । 

फोटो स्रोतः दोर्जे रिसोर्ट एन्ड स्पा

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

488D29D2CBE36C1-1715130988-q1sgw.jpg

वैशाख कृष्ण औंसी: आज आमाको मुख हेर्ने पर्व मनाइँदै

273181CC185A6B4-1_pokhara-2-day-mustang-tour-with-muktinath-temple-2.jpg

ग्लोबल वार्मिङले मुस्ताङमा सुक्न थाल्यो खानेपानीका मुहान

43FE0B3E7599612-Pho-99.jpg

लाजिम्पाटमा खुल्यो भियतनामी स्वाद पस्किने फो ९९ रेष्टुरेन्ट