नाफा कमाउने कि घर बसाउने ? यसरी छान्नुहोस् उपयुक्त घरजग्गा !

घरजग्गा खरिद गर्दा सबैभन्दा पहिलो प्रश्न हो– तपाईं कुन उद्देश्यले किन्दै हुनुहुन्छ ? मुख्यतः दुई उद्देश्यले घरजग्गा खरिद गरिन्छ । पहिलो, लगानी गर्ने र दोस्रोमा उपभोग गर्ने । सम्पत्ती खरिदका लागि ठीक छ कि छैन भन्ने थाहा पाउन यी दुई उद्देश्यका फरक–फरक मापदण्ड छन् । एउटै सम्पत्ती उपभोगका लागि अनुपयुक्त भएपनि लगानीको प्रतिफलका हिसाबले उपयुक्त हुन सक्छ । कतिपय प्रोपर्टी भने लगानीको प्रतिफलका हिसाबले अनुपयुक्त भए पनि भोगचलनका हिसाबले उपयुक्त हुन सक्छ । 

367B408218B985F-icon.png
638views
0806C2FDBF12C2C-Lalitpur.jpg

घरजग्गा खरिद गर्दा सबैभन्दा पहिलो प्रश्न हो– तपाईं कुन उद्देश्यले किन्दै हुनुहुन्छ ?

मुख्यतः दुई उद्देश्यले घरजग्गा खरिद गरिन्छ । पहिलो, लगानी गर्ने र दोस्रोमा उपभोग गर्ने । सम्पत्ती खरिदका लागि ठीक छ कि छैन भन्ने थाहा पाउन यी दुई उद्देश्यका फरक–फरक मापदण्ड छन् । एउटै सम्पत्ती उपभोगका लागि अनुपयुक्त भएपनि लगानीको प्रतिफलका हिसाबले उपयुक्त हुन सक्छ । कतिपय प्रोपर्टी भने लगानीको प्रतिफलका हिसाबले अनुपयुक्त भए पनि भोगचलनका हिसाबले उपयुक्त हुन सक्छ । 

घरजग्गामा लगानी गर्नुपूर्व कुनै पनि किसिमको भ्रम र दोधारमा हुनु ठीक होइन । सबैभन्दा पहिले लगानी र उपभोगको अन्तरलाई राम्रोसँग बुझ्नु जरुरी छ । उदाहरणको लागि बसोबास गर्ने प्रयोजनले सम्पत्ती किन्दा स्थान र परिवेशले ठूलो महत्व राख्छ भने लगानीको सन्दर्भमा प्रोपर्टीको बजारभाउ वृद्धिदर पहिलो शर्त हुन्छ । 

यी महत्वपूर्ण दुई पक्षलाई नजिकबाट नियाल्न जरुरी छ ।

कस्तो स्थान रोज्ने ?

उपभोगका लागिः यदि चाँडै बसाइँ सर्ने योजनाका साथ घर किन्दै हुनुहुन्छ भने सम्पत्तीको लोकेसन सहज हुनु जरुरी हुन्छ । निश्चित गर्नुहोस् कि त्यो स्थान सहज क्षेत्रमा अवस्थित छ र तपाईंका सम्पूर्ण आवश्यकता त्यहाँ पूरा हुनेछन् ।

त्यस स्थानमा विद्यालय, अस्पताल र सपिङ मलको पहुँच सहज हुनुपर्छ र शहरका अन्य भागसँग सजिलै जोडिने सडक सञ्जाल हुनुपर्छ । त्यस्तै, त्यहाँका छरछिमेकबारे पनि बुझ्नु जरुरी रहन्छ । तपाईंको जीवनशैली त्यहाँको परिवेशसँग मिल्छ या मिल्दैन, त्यो पनि महत्वपूर्ण पक्ष हो ।

यदि तपाईंले कम विकसित वा केही वर्षपछि विकसित हुने क्षेत्र हेर्नुभएको छ र तत्काल त्यहाँ बसाइँ सर्ने योजना छैन भने पनि त्यस क्षेत्रको विकासका लागि नगरपालिका वा सरकारी निकायले तयार पारेका पूर्वाधार योजना कस्ता छन् ? त्यस क्षेत्र वरपर व्यवस्थित आवास योजना सुरु हुँदैछन् कि छैनन् भन्ने कुराको ख्याल गर्नुपर्छ । 

यसले तपाईंलाई त्यो क्षेत्र कति चाँडो विकसित हुन्छ भन्ने अनुमान गर्न सजिलो हुन्छ । 

लगानीका लागिः यदि प्रोपर्टीमा लगानी गरेर नाफा कमाउन चाहनुहुन्छ भने विकसित ठाउँ नभई विकासोन्मुख र दुईचार वर्षमा पूर्वाधार बन्ने शहरउन्मुख क्षेत्र छनोट गर्नुहोस् । 

उदीयमान क्षेत्र जो ठूला शहर र नगरपालिकाको किनारा वा छेउछाउमा अवस्थित छन्, तिनले लगानीको उच्चप्रतिफल दिने गर्छन् । त्यस्ता विकासोन्मुख स्थानमा तत्कालका लागि सबै सामाजिक र भौतिक सुविधान हुन सक्छन् । कम लगानी गरिएको त्यस सम्पत्तीले निकट भविष्यमा उच्चप्रतिफल दिन सक्छ ।

कुन ठाउँमा कुन किसिमको सम्पत्तिको माग ज्यादा छ, त्यही अनुसार लगानी गर्नुपर्छ । घरजग्गामा लगानी गर्नुपूर्व कुनै पनि किसिमको भ्रम र दोधार हुनु ठीक होइन । 

तपाईंले कति समयभित्र सम्पत्ती बेच्ने योजना बनाउनु भएको छ, त्यहीअनुसार स्थान छनोट गर्नुपर्छ । यदि लामो समयसम्म लगानी थेग्ने योजना र सामथ्र्य छ भने अलिक कम विकसित वा शहरभन्दा बाहिरी क्षेत्रमा लगानी गर्नु उपयुक्त हुन्छ । यदि एक÷दुई वर्षमै लगानी उठाउने सोँचले सम्पत्ती किन्दै हुनुहुन्छ भने अर्ध विकसित वा दुई÷तीन वर्षपछि बसोबासका लागि योग्य स्थान हेर्नुपर्छ ।

तीनदेखि पाँच वर्षसम्मको समयावधि छ भने त्यस्तो ठाउँमा लगानी गर्नुहोस्, जहाँ विकासका कार्य क्रमशः बढ्दै गइरहेका छन् । साथै, सम्पत्तीको मूल्य पनि बढिरहेको छ तर चरम बिन्दुमा भने पुगिसकेको छैन । 

निर्माण अवस्थाका आधारमा

उपभोगका लागिः खरिद गर्न लागिएको सम्पत्तिको निर्माण चरण वा अवस्था एकदमै महत्वपूर्ण कुरा हो । जसले तपाईंको मासिक खर्चको भारलाई निर्धारण गर्छ । यदि तपाईं भाडाको घरमा बस्दै हुनुहुन्छ भने निर्माण सम्पन्न भइसकेको वा अन्तिम चरणमा पुगेको घरमा लगानी गर्नुहोस्, जहाँ सोभैm सर्न सकियोस् ।

हाउजिङका घर वा अपार्टमेन्ट किन्दा तुरुन्तै सर्न मिल्ने (रेडी टू मुभ) वा भर्खरै बुकिङ खुला भएकामध्ये कुन प्रोपर्टीमा लगानी गर्ने भन्ने कुरामा तुलनात्मक विश्लेषण गर्नुहोस् । यदि घरकर्जा लिँदै हुनुहुन्छ भने तत्कालै सर्न मिल्ने घर वा फ्ल्याट खरिद गर्नु राम्रो हुन्छ । अन्यथा ऋण र बस्दै आएको घरको भाडा गरी दुईथरी आर्थिक बोझ उठाउनुपर्ने हुन्छ ।

यद्यपि, निर्माण सम्पन्न भइसकेको घरको मूल्य निर्माणाधीन घरको तुलनामा ज्यादै उच्च राखिएको हुन्छ । प्रयोगकर्ताका हिसाबले त्यसका फाइदा र बेफाइदालाई केलाएर निर्णय लिनु उचित हुन्छ । 

लगानीका लागिः यदि लगानी गरी प्रतिफल लिने योजनामा हुनुहुन्छ भने निर्माण कार्य सुरु नभएको वा सुरुवाती चरणमा रहेको घर वा फ्ल्याटमा लगानी गर्नु उपयुक्त हुन्छ । 

बुकिङकै चरणमा रहेको वा निर्माणाधीन सम्पत्तिमा लगानी गर्दा तुलनात्मक रूपमा बढी प्रतिफल पाउन सकिन्छ । तर, त्यसका लागि तपाईंले निर्माण अवधिभर कुर्नुपर्ने हुन्छ । नेपालमा हाउजिङ परियोजना निर्माण सम्पन्न हुन औसतमा १८ महिनासम्म लाग्ने गर्छ ।

पूर्वाधार

उपभोगका लागिः तत्कालै उपभोग गर्ने प्रोपर्टी खरिद गर्दा त्यो ठाउँमा भएका विकास पूर्वाधारमा ध्यान दिनुपर्छ । राम्रो सडक सञ्जाल, विद्यालय र क्याम्पस, अस्पताल, व्यापारिक क्षेत्र, मनोरञ्जनका क्षेत्र, बसपार्क र विमानस्थलसम्मको पहुँच सहज हुँदा बसाई सजिलो हुन्छ । 

लगानीका लागिः लगानीको प्रतिफलका हिसाबले कम विकसित र पूर्वाधार विकास प्रारम्भिक चरणमा भएका ठाउँ उपयुक्त हुन्छन् । किनकी, ती ठाउँमा केही वर्षमै पूर्वाधार विकास हुने र तपाईंको सम्पत्तिको भाउ ह्वात्तै बढ्ने सम्भावना रहन्छ । 

यसो भनिरहँदा एउटा कुराको भने ख्याल गर्नुपर्छ, ती स्थानका नगरपालिका वा स्थानीय सरकारले त्यो क्षेत्रको बाटो, ढल, भौतिक पूर्वाधार आदिमा लगानी गर्ने योजना बनाएका छन् कि छैनन् । त्यो क्षेत्रमा ठूला विद्यालय, अस्पताल वा आममानिसको चाप हुने पूर्वाधार बन्ने सम्भावना छ कि छैन भन्ने यकिन गर्नु जरुरी हुन्छ । 

सम्पत्तिको किसिम

उपभोगका लागिः जग्गा किन्ने कि घर ? आवास विकासकर्ताले निर्माण गरेका हाउजिङका बंग्लो किन्ने कि अपार्टपेन्ट ? तपाईंसँग अनेक छनोट छन् । कस्तो सम्पत्तिले परिवारको आवश्यकतालाई सम्बोधन गर्छ भन्ने पनि हेर्नुपर्छ । त्यसै आधारमा सम्पत्ती खरिद गर्ने निर्णय लिनुपर्छ । परिवारको सदस्य संख्या, उनीहरूको आवश्यकता, आम्दानीलगायत हेरेर कस्तो प्रोपर्टी किन्ने भनेर योजना बनाउनुपर्छ । 

लगानीका लागिः आफुले लगानी गरेको सम्पत्तीको उचित प्रतिफल चाहनुहुन्छ भने बजारमा माग भएको स्वरूप र प्रकारको सम्पत्ति किन्नुहोस् । त्यसका लागि तपाईंले घरजग्गा परामर्शदातासँग छलफल गर्न सक्नुहुन्छ । रियल स्टेट व्यवसायी र उनीहरूका फोरमलाई पछ्याउने र बजारको माग बुझ्नुपर्छ ।

शहरपिच्छे फरक–फरक किसिमका सम्पत्तिको माग हुन्छ । ठूला शहरमा दुई वा तीन बेडरुम हलको अपार्टमेन्ट खोज्नेहरू बढी भेटिन्छन् । त्यस्तै, साना शहरमा धेरैले व्यक्तिगत घर बढी मन पराउँछन् । विकासोन्मुख क्षेत्रमा टुक्रा जग्गाको माग ज्यादा हुन सक्छ, जहाँ प्रयोगकर्ता आफैँले घर बनाउन खोज्छन् । 

कुन ठाउँमा कुन किसिमको सम्पत्तिको माग ज्यादा छ, त्यही अनुसार प्रोपर्टीमा लगानी गर्नु उपयुक्त हुन्छ । 
 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

F853A36D612DD46-EPS Sheets .jpg

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

D1A87D30557B21E-planing.jpg

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

0BE5EFE210B8793-845F41975B5239A-457805888_1058533425842663_1549223094168763092_n.jpg

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने