भैंसेपाटीमा जग्गा किन्न खोज्नुभएको छ ? यी हुन् बिक्रीमा रहेका जग्गाहरु

शहरी कोलाहलबाट अलि पर रहेको शान्त ठाउँ भएकोले पनि धेरैको रोजाईमा भैंसेपाटी पर्दै आइरहेको छ । मुलुकका चर्चित नेता, व्यवसायीहरुदेखि उच्च पदस्थ कर्मचारी भैंसेपाटीमै बस्न खोज्छन् । 

27B7CF1255E97AC-Vaisepati-Nepal.jpg

के तपाईं काठमाडौं उपत्यकाभित्र भीआईपी अवासिय क्षेत्रमा बसोबास गर्नका लागि जग्गाको खोजिमा हुनुहुन्छ ? यदि भीआईपी क्षेत्र खोजीमा हुनुहुन्छ भने तपाईंका लागि सैुंबु/भैंसेपाटी क्षेत्र उपयुक्त हुन सक्छ । 

शहरी कोलाहलबाट अलि पर रहेको शान्त ठाउँ भएकोले पनि धेरैको रोजाईमा भैंसेपाटी पर्दै आइरहेको छ । मुलुकका चर्चित नेता, व्यवसायीहरुदेखि उच्च पदस्थ कर्मचारी भैंसेपाटीमै बस्न खोज्छन् । 

भैंसेपाटीमा जग्गा त किन्ने तर कसरी ? हामी तपाईंलाई भैंसेपाटी क्षेत्रमा बिक्रीमा रहेका जग्गाहरुका बारेमा जानकारी गराउँदै छौं । रियलस्टेटका अनलाइन प्लेटफर्महरु नेपालहोम्स डटकम लगायतमा भैंसेपाटी क्षेत्रका जग्गाहरु बिक्रीका लागि लिस्टिङ गरिका छन् ।

यस्ता छन् जग्गाहरु

रियलस्टेट अनलाइन प्लेटफर्म नेपालहोम्स डटकममा भैंसेपाटीमा १६ फिटको पिच बाटोमा भएको १४ आना जग्गा बिक्रीमा राखिएको छ । दक्षिण–पश्चिम मोहोडा भएको यो जग्गाको मूल्य प्रतिआना ३३ लाख रुपैयाँ तोकिएको छ । 

भैंसेपाटीमा प्रतिआना ३० लाख मूल्यको अर्को जग्गा पनि बिक्रीमा छ । १३ फिटको बाटोमा भएको जग्गाको क्षेत्रफल १६ आना छ । यो जग्गा आवासिय प्रयोजनका लागि उपयुक्त छ । 

४ आनाका टुक्रे जग्गाहरु खोज्नेलाई भैंसेपाटी खोइचामा २० फिटको बाटोमा घडेरीहरु उपलब्ध छन् । प्लटिङ गरिएको ५ रोपनी जग्गाका घडेरीहरु  बिक्रीका लागि नेपालहोम्स डटकममा लिस्टिङ गरिएको छ ।  पूर्वी मोहडा भएको यो जग्गाको मूल्य प्रतिआना १४ लाख ५० हजार रुपैयाँ तोकिएको छ । 

भैंसेपाटीमै २० फिटको बाटोमा ७ आना जग्गा पनि बिक्रीमा छ । पश्चिम मोहोडा भएको यस जग्गाको मूल्य प्रतिआना १७ लाख रुपैयाँ तोकिएको छ । 

कार्यविनायक होम्स, भैंसेपाटीमा २० फिट बाटो भएको ७ आना ३ पैसा जग्गा बिक्रीमा राखिएको छ । उत्तर–पूर्वी मोहडा भएको यस जग्गाको मूल्य २२ लाख रुपैयाँ प्रतिआना रहेको छ । कार्यबिनायक होम्स नजिकै २० फिटको बाटोमा अर्को १० आना जग्गा बिक्रीमा राखिएको छ । दक्षिण पश्चिम मोहोडा भएको यस आवासिय जग्गाको मूल्य प्रतिआना २३ लाख रुपैयाँ रहेको छ । 

भैंसेपाटीमा १८ फिट पिच बाटो भएको ६ आना जग्गा बिक्रीमा छ । यस जग्गाको मूल्य प्रतिआना ३५ लाख रुपैयाँ तोकिएको छ । यो जग्गा घर वा अर्को जमिनसँग पनि साटफेर गर्न सकिने सुविधा छ । शान्तिमय क्षेत्रमा अवस्थित यो जग्गाबाट पर्वतीय दृश्यावलोकन गर्न पनि सकिन्छ ।

अलि प्रिमियम जग्गा खोजिरहनुभएको छ भने प्रतिआना ३७ लाख मूल्यको ९ आना जग्गा पनि बिक्रीका लागि नेपालहोम्स डटकममा लिस्टिङ गरिएको छ । यो जग्गा १२ फिटको पिच बाटोमा छ । यस्तै, प्रतिआना ५८ लाख रुपैयाँ मूल्यको ४ आना १ पैसाको टुक्रा घडेरी पनि भैंसेपाटीमा बिक्रीमा छ । पूर्वी मोहोडा भएको यस जग्गामा पुग्नका लागि ३५ फिटको पिच बाटो छ ।

भैंसेपाटीमै १४ फिटको बाटोमा ५ आना ३ पैसा १ दाम जग्गा बिक्रीमा छ । पूर्वी मोहडा भएको यो जग्गाको मूल्य प्रतिआना २६ लाख रुपैयाँ तोकिएको छ । 

यदि तपाईं ४ आनाको टुक्रा जग्गा खोजिरहनु भएको छ भने १३ फिटको बाटोमा रहेको जग्गा बिक्रीमा राखिएको छ । दक्षिण मोहडा भएको यस जग्गाको मूल्य प्रतिआना २५ लाख रुपैयाँ रहेको छ । 

भैंसेपाटी हाइटमा १३ फिट बाटो भएको ७ रोपनी जग्गा बिक्रीमा छ । यो जग्गाको मूल्य मूल्य प्रतिआना ३५ लाख रुपैयाँ तोकिएको छ । यस्तै, १६ फिटको पिच बाटोमा ६ आना २ पैसाको अर्को टुक्रा जग्गा बिक्रीमा छ । उत्तर–पूर्वी मोहडा भएको यस जग्गाको मूल्य प्रतिआना २७ लाख रुपैयाँ तोकिएको छ । 

भैंसेपाटीमा १५ फिटको बाटोमा ८ आनाको अर्को टुक्रा जग्गा पनि बिक्रीका लागि लिस्टिङ गरिएको छ । पश्चिम मोहडा भएको यस जग्गाको मूल्य प्रतिआना ४५ लाख रुपैयाँ रहेको छ । 

भैंसेपाटीको अर्को ठाउँमा १३ फिट बाटो भएको ५ आना जग्गा पनि बिक्रीका लागि लिस्टिङ गरिएको छ । उत्तरी मोहडा भएको यस जग्गाको मूल्य प्रतिआना २६ लाख रुपैयाँ तोकिएको छ । 
 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

B05173A8C3D2580-666134673.jpg

वर्षान्त २०८१ : होटलमा लगानीको ओइरो, ३५ लाख पर्यटक अटाउने कोठा तयार

54A48C347EAAC81-home-insurance.jpg

शहरमा घरको नक्सा स्वीकृति गर्दा अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था गर्न खनाल आयोगको सुझाव

019ED0F5CF2C032-488054221_1066312985525237_3893123713646160684_n.jpg

अंशबण्डा गर्दा जग्गा नटुक्रिने गरी तल्लाहरु बाँड्न सुझाव, कित्ताकाटमा कडाई गर्नु