अंशबण्डा गर्दा जग्गा नटुक्रिने गरी तल्लाहरु बाँड्न सुझाव, कित्ताकाटमा कडाई गर्नु

न्यूनतम प्लट साइज तोकेर त्यसभन्दा सानो हुने गरी कुनै पनि जग्गा खण्डिकरण गर्न पूर्णतया रोक लगाउन जरूरी

367B408218B985F-icon.png
339views
019ED0F5CF2C032-488054221_1066312985525237_3893123713646160684_n.jpg

काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले पैतृक सम्पत्तिकै अंशबण्डा गर्दा पनि जग्गा खण्डिकरण नहुने गरी तल्लाहरुमा अंशभाग (बाँड्न) वितरण गनुपर्ने कानूनी व्यवस्था गर्न सुझाव दिएको छ ।

आयोगका अध्यक्ष रामेश्वर खनालले शुक्रबार बिहान आर्थिक सुधार सुझाव प्रतिवेदन अर्थमन्त्री विष्णु पौडेललाई बुझाएका हुन् । 

आयोगले सघन वस्ति, न्यूनतम आधारभुत पूर्वाधार तथा सेवाको उपलब्धताबाट बसाइँसराइमा नियन्त्रण गर्न न्यूनतम प्लट साइज तोकेर त्यसभन्दा सानो हुने गरी कुनै पनि जग्गा खण्डिकरण गर्न पूर्णतया रोक लगाउन सुझाव दिएको छ ।

घरजग्गाको अनियन्त्रित मूल्य र कारोबारलाई नियन्त्रण गर्न दर्तावाला एजेन्सी मार्फत् मात्र घरजग्गाको व्यवसायिक कारोबार गर्ने व्यवस्था लागू गर्न पनि सुझाव दिइएको छ ।

जग्गा विकास, अझ जग्गा एकीकरण कार्यक्रमहरुलाई ठूला शहरी क्षेत्रमा शहरी विकास वा आवास विकास गर्ने आयोजनाका रुपमा लिए पनि जनसंख्या वृद्धिदर न्यून भएका वा जनसंख्या घटेका र मूलतः ग्रामिण परिवेशका शहरी क्षेत्रहरुमा कृषि चक्लाबन्दी गर्ने आयोजनाका रुपमा प्रवद्र्धन गर्ने नीति लिन प्रतिवेदनमा सुझाव दिइएको छ ।

मध्यम आयवर्गका लागि आवास सुविधा उपलब्धतामा सहजीकरण गर्न सहकारी आवास सम्बन्धी राष्ट्रिय नीति तथा निर्देशिका लागू गर्न सुझाव दिइएको छ । 

वैदेशिक लगानीकर्तालाई सहज वातावरण तयार गर्न दुई लाख अमेरिकी डलरभन्दा बढी लगानी गर्ने वा नेपालको बैंकमा निक्षेप राख्ने लगानीकर्तालाई निश्चित शर्तको अधिनमा आवास प्रयोजनका लागि घर वा फ्लाइट खरिद गर्न पाउने व्यवस्था गर्न पनि सुझाव छ ।

प्रतिवेदनमा सहज र सरल मूल्यमा भाडाको आवास उपलब्ध गराउन राष्ट्रिय आवास कम्पनीको पहलमा शहरी क्षेत्रमा भाडाको आवास कार्यक्रम सञ्चालन गर्ने, घरबार विहीन र सुकुम्बासीको पहिचान, व्यवस्थापन र आवासको सुनिश्चिततामा सरकारको सहजकारी भूमिका निश्चित गर्न आवासको अधिकार सम्बन्धी नियमावली जारी गर्ने, विपद् प्रभावित परिवारहरुलाई पुनर्निर्माणको क्रममा राहत स्वरुप तत्काल उपलब्ध गराउने आवास सुविधाको न्यूनतम राष्ट्रिय मापदण्ड तोक्न पनि सुझाव दिइएको छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

F853A36D612DD46-EPS Sheets .jpg

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

D1A87D30557B21E-planing.jpg

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

0BE5EFE210B8793-845F41975B5239A-457805888_1058533425842663_1549223094168763092_n.jpg

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने