मंसिरमा देशभर ६१ हजार घरजग्गा, ८७ अपार्टमेन्ट किनबेच

मंसिर महिनामा हाईराइज आवासिय बिल्डिङका  ८७ अपार्टमेन्ट खरिद बिक्री भएका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार काठमाडौं उपत्यका र पोखरामा निर्माण गरिएका अपार्टमेन्ट बिक्री भएका हुन् । 

367B408218B985F-icon.png
749views
C3C597A1DF5B9ED-DownTown-Apartment.jpg

काठमाडौं । मंसिर महिनामा हाईराइज आवासिय बिल्डिङका  ८७ अपार्टमेन्ट खरिद बिक्रीभएका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार काठमाडौं उपत्यका र पोखरामा निर्माण गरिएका अपार्टमेन्ट बिक्री भएका हुन् । 

अपार्टमेन्ट युनिटको स्टक सकिँदै जाँदा बिक्री संख्या पनि घट्दै गइरहेको छ । ०७२ सालको भूकम्पपछि अपार्टमेन्ट निर्माण नहुँदा स्टक अपार्टमेन्ट सकिदै गइरहेको आवास विकासकर्ता बताउँछन् ।

विभागका अनुसार मंसिरमा पोखरामा ३५ अपार्टमेन्ट किनबेच भएका छन् । ललितपुरको लगनखेलस्थित मालपोत कार्यालयबाट ३० अपार्टमेन्ट किनबेच हुँदा डिल्लीबजार मालपोतबाट १०, चावहिल मालपोतबाट ४, कलंकी मालपोतबाट ३ र टोखा मालपोत कार्यालयबाट ५ अपार्टमेन्ट किनेबच भएका छन् ।

पछिल्लो समय उपभोक्ताले हाईराइज भवनका अपार्टमेन्ट खरिद गर्न चाहे पनि अपार्टमेन्ट युनिट स्टक छैनन् । भूकम्पपछि अपार्टमेन्ट निर्माण नहुँदा स्टक सकिँदै गइरहेको सीई कन्स्ट्रक्सनका अध्यक्ष बिजय राजभण्डारी बताउँछन् ।

मान्छेले भूकम्पको घाउ बिर्सिदै गएर अपार्टमेन्ट खोजी गर्न थालेपछि अवास विकास कम्पनीहरुले काठमाडौं उपत्यका, भैरहवा र पोखरालगायत ठाउँमा एक दर्जन अपार्टमेन्ट निर्माण सुरु गरेका छन् । 

६१ हजार ४ सय ५१ घरजग्गाकिनबेच

कोभीड महामारीबीच मंसिर महिनामा देशघर घरजग्गाको कारोबारमा उछाल आएको छ । विभागका अनुसार अनलाइन प्रणाली लागू भएका देशभरका १०८ मालपोत कार्यालयबाट मंसिरमा ६१ हजार ४ सय ५१ घरजग्गा किनबेच भएका छन् ।

काठमाडौं उपत्यकामा ललितपुर लगनखेल मालपोत कार्यालयबाट १८ सय ४६, ललितपुर गोटीखेल मालपोतबाट ४०, भक्तपुरबाट १७ सय ५, डिल्लिी बजारबाट १६७, चावहिलबाट ६९९, कलंकीबाट १२ सय ७६, साँखुबाट ६३८, मनमैजुबाट ५०९ र टोखामालपोत कार्यालयबाट २७१ घरजग्गा किनबेच भएका छन् ।

यस्तै मोरङको विराटनगर मालपोतबाट १७ सय ९०, मोरङको बेलबारी मालपोतबाट १९ सय ८६, सप्तरीको राजविराज मालपोतबाट १५ सय ९४ घरजग्गा किनबेच भएको विभागको तथ्यांकमा उल्लेख छ ।

विभागका अनुसार मंसिरमा ५३ हजार २८१ घरजग्गा रोक्का हुँदा ३२ हजार २६० घरजग्गा फुकुवा भएका छन् ।

५ अर्ब राजश्व संकलन

मंसिर महिनामा घरजग्गा किनबेच, रोक्का फुकुवा, रजिष्ट्रेसन, पुँजीगत लाभकर लगायत शिर्षकबाट ५ अर्ब १४  करोड ४८ लाख रुपैयाँ संकलन भएको छ । 

विभागका अनुसार सेवाकर ३३ करोड १४ लाख, रजिष्ट्रेसन दस्तुर २ अर्ब ९४ करोड १८ लाख, पुँजीगत लाभकर १ अर्ब २१ करोड रुपैयाँ संकलन भएको छ । यो राजश्व रकम अनलाइन प्रणाली लागू भएका १०८ मालपोत कार्यालयबाट संकलित हो ।

नेपालमा १२६ मालपोत कार्यालय सञ्चालनमा छन् जसमध्ये १८ मालपोत कार्यालयमा अझै अनलाइन प्रणाली लागू भएको छैन । विभागले छिट्टै बाँकी मालपोत कार्यालयलाई पनि अनलाइन प्रणालीमा लैजाने बताएको छ । अनलाइन प्रणाली लागू नभएका मालपोत कार्यालयहरुबाट ठूलो कारोबार हुँदैन ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

F853A36D612DD46-EPS Sheets .jpg

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

D1A87D30557B21E-planing.jpg

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

0BE5EFE210B8793-845F41975B5239A-457805888_1058533425842663_1549223094168763092_n.jpg

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने