घर बनाउँदा काठको झ्याल राख्ने चलन अब पुरानो भइसक्यो । अहिले घरका झ्यालढोका आल्मुनियम र प्लास्टिकका राख्न थालिएको छ । निर्माण समय, सुन्दर र मूल्यका हिसाबले पनि काठको विकल्पमा आएका यी दुई प्रविधिमा ग्राहकको आर्कषण बढिरहेको छ ।
घर बनाउँदा काठको झ्याल राख्ने चलन अब पुरानो भइसक्यो । अहिले घरका झ्यालढोका आल्मुनियम र प्लास्टिकका राख्न थालिएको छ । निर्माण समय, सुन्दर र मूल्यका हिसाबले पनि काठको विकल्पमा आएका यी दुई प्रविधिमा ग्राहकको आर्कषण बढिरहेको छ ।
पछिल्ला दिनमा निर्माण भएका झण्डै ७० प्रतिशत घरमा आल्मुनियम वा यूपीभीसीका झ्याल–ढोका प्रयोग भइरहेको निर्माण कार्यमा आबद्ध इन्जिनियर बताउँछन् ।
आल्मुनियम र यूपीभीसी दुई बेग्लाबेग्लै प्रविधि हुन् । आल्मुनियम धातु हो भने यूपीभीसी प्लास्टिक हो । यी दुवैका झ्याल–ढोकाका आ–आफ्नै फाइदा र बेफाइदा छन् । सबै घरमालिकलाई आफ्नो घरमा गुणस्तरीय झ्याल–ढोका राख्ने चाहना हुन्छ । तर, यी दुईमा कुन चाहिँ उत्कृष्ट भन्ने कुराको ठोस जवाफ छैन । मूल्य, आवश्यकता र प्रयोगका हिसाबले दुवै प्रविधिका आफ्नै विशेषता छन् ।
यस लेखमा आल्मुनिमय र यूपीभीसी प्रविधिबारे जानकारी गराइएको छ ।
मूल्यको तुलना
मूल्यका हिसाबले आल्मुनियमभन्दा यूपीभीसी महँगो छ । यूपीभीसीका झ्याल–ढोकाको काम गर्दै आइरहेको अल्टरनेटिभ प्रोफाइल कम्पनीका अनुसार यूपीभीसीको झ्याल बनाउन प्रतिस्क्वायर फिट ६ सय ५० देखि २५ सय रुपैयाँसम्म खर्चिनुपर्छ । अझ राम्रो डिजाइन चाहेमा पाँच हजार रुपैयाँसम्म प्रतिवर्ग फिट मूल्य पर्ने कम्पनीको भनाइ छ ।
यूपीभीसीको डिजाइन, रङ र साइजले यसको मूल्य तय गर्ने अल्टरेटिभ प्रोफाइलको भनाइ छ । यूपीभीसी वानसाइड ब्राउन र फुल ह्वाइटमा पाइन्छ । वानसाइड ब्राउन यूपीभीसीमा भित्र सेतो र बाहिर ब्राउन कलर हुन्छ । फुल ह्वाइट आल्मुनियम दुवैतर्फ सेतो कलरको हुन्छ । फुल ह्वाइट यूपीभीसीको तुलनामा वानसाइड ब्राउन यूपीभीसीको मूल्य प्रतिवर्ग फिटमा डेढ सय रुपैयाँसम्म महँगो पर्ने कम्पनीले जनाएको छ ।
घरमा फिक्स्ड झ्यालका लागि ६० एमएमको यूपीभीसी प्रयोग गरिन्छ । जसको मूल्य प्रतिवर्ग फिट ६ सय ७५ रुपैयाँ पर्छ । स्लाइड झ्यालका लागि ८० एमएमको यूपीभीसी प्रयोग गरिन्छ । जसको मूल्य प्रतिवर्ग फिट ७ सय ५० रुपैयाँ पर्छ । काठको झ्याल जस्तै उघार्न मिल्ने झ्यालका लागि ६० एमएमको यूपीभीसी भए पुग्छ । जसको मूल्य प्रतिवर्ग फिट ६ सय ७५ रुपैयाँ पर्छ । अल्टरनेटिभ कम्पनीका अनुसार ढोकाका लागि १०० एमएमको यूपीभीसी प्रयोग गरिन्छ । जसको मूल्य प्रतिवर्ग फिट नौ सय रुपैयाँ पर्न आउँछ । यो फुल ह्वाइट यूपीभीसीको मूल्य हो । यदि वानसाइड ब्राउन यूपीभीसी प्रयोग गर्न चाहेमा डेढ सय रुपैयाँ बढी पर्न आउँछ ।
अब डिजाइन र कलरको कुरा आउँछ । जति राम्रो डिजाइन र उत्कृष्ट कलर खोजिन्छ, त्यति नै मूल्य बढ्दै जाने यूपीभीसी विक्रेता कम्पनी बताउँछन् ।
सामान्यतया घरका झ्याल–ढोकामा प्रयोग हुने यूपीभीसी ७ सय ५० रुपैयाँ प्रतिवर्ग फिट हाराहारी मूल्यको हो । सिसा मोटो भएको खण्डमा यूपीभीसी पनि मोटो प्रयोग गर्नुपर्ने हुन्छ । यसले मूल्यमा पनि फरक पार्छ ।
आल्मुनियम (वर्ग फिट) |
यूपीभीसी (प्रतिवर्ग फिट) |
न्यूनतम ३५० देखि ८०० रुपैयाँ |
न्यूनतम ६५० देखि २५०० रुपैयाँ |
०.७८ एमएमः ३५० देखि ४२० |
६० एमएमः ६५० देखि ८०० रुपैयाँ |
०.९० एमएमः ४५० देखि ४८० रुपैयाँ १ एमएमः ५०० देखि ५२० रुपैयाँ |
८० एमएमः ८५० देखि १ हजार रुपैयाँ |
१.१ एमएमः ४८० देखि ५२० रुपैयाँ १.२ एमएमः ५५० देखि ५८० रुपैयाँ १.५ एमएमः ७५० देखि ८०० रुपैयाँ |
१०० एमएमः ९०० देखि १०५० रुपैयाँ |
मेटल प्रविधि |
प्लास्टिक प्रविधि |
यो साधारण आल्मुनियमको मूल्य हो । डिजाइन र रङले मूल्यमा फरक पार्न सक्छ । |
यो साधारण यूपीभीसीको मूल्य हो । डिजाइन र रङअनुसार पाँच हजार वर्गफिटसम्म मूल्य पर्न सक्छ । |
बजारमा आल्मुनियम ०.७८ एमएमदेखि १.५ एमएमसम्मको मोटाइमा पाइन्छ । ०.७८ एमएमको ३ सय ५० देखि ४ सय २० रुपैयाँ, ०.९० एमएमको ४ सय ५० देखि ४ सय ८० रुपैयाँ, १ एमएमको पाँच सयदेखि ५ सय २० रुपैयाँ, १.१ एमएमको ४ सय ८० देखि ५ स २० रुपैयाँ, १.२ एमएमको ५ सय ५० देखि ५ सय ८० र १.५ एमएमएको ७ सय ५० देखि आठ सय रुपैयाँसम्म रहेको ललितपुर, ग्वार्कोमा रहेको विनक्राफ्ट प्रिमियम यूपीभीसी एन्ड आल्मुनियम कम्पनीले जनाएको छ ।
विनक्राफ्टका अनुसार घरमा प्रयोग गर्नका लागि सबैभन्दा बढी चलेको ०.९ देखि १.२ एमएमसम्मको आल्मुनियमका झ्याल–ढोका हुन् । महँगो झ्याल–ढोकाप्रयोग गर्न चाहनेले १.५ एमएमको आल्मुनियम प्रयोग गर्छन् ।
आल्मुनियम पनि तीन रङमा उपलब्ध हुन्छ । रङअनुसार मूल्य पनि फरक–फरक रहेको हुन्छ । पन्थीका अनुसार काठ कलरको आल्मुनियमभन्दा कालो रङको आल्मुनियम १० रुपैयाँ सस्तो हुन्छ भने कालोभन्दा नेचुरल (ह्वाइट) रङको आल्मुनियम १० रुपैयाँ सस्तो पर्न जान्छ ।
लागतसँग तुलना गर्दा आल्मुनियम र यूपीभीसी झ्यालको मूल्यमा ठूलो अन्तर आउँछ ।
तापक्रम व्यवस्थापन
यूपीभीसी एउटा ठूलो इन्सुलेटर हो । यूपीभीसी झ्यालले कोठामा चिसो र तातो ताफक्रम व्यवस्थापन गर्ने क्षमता राख्छ ।
आल्मुनियम व्यवसायी पन्थीका अनुसार आल्मुनियम झ्यालको सन्दर्भमा आममान्छेको गलत बुझाइ रहेको छ । यूपीभीसीमा जस्तो आल्मुनियममा इन्सुलेटर प्रविधि हुँदैन । तर, यो गलत बुझाइ हो ।
आल्मुनियमका फ्रेम छुँदा चिसो लाग्न सक्छ तर यसका फ्रेमले सिसाले जस्तै ऊर्जा दिन सक्छ । अर्थात्, घर बाहिर र भित्रको तापक्रम मेन्टेन गर्न सक्छ । यसमा थर्मल ब्रेकको प्रयोग गरिन्छ, जुन एउटा अवरोध हो । जसले झ्यालको बाहिरी र भित्री भागको आल्मुनियमको बीचमा सम्पर्क रोक्छ र घरको भित्री कोठालाई लामो समयसम्म न्यानो राख्न मद्दत गर्छ ।
यूपीभीसी र आल्मुनियम दुवैको आफ्नै उत्कृष्ट इन्सुलेट क्षमता हुन्छ ।
सुरक्षा प्रणाली
यूपीभीसी र आल्मुनियम दुवै झ्यालमा बलियो फ्रेम र धेरै लकका प्वाइन्ट राखिने हुनाले झ्याललाई अत्यन्त सुरक्षित बनाउँछ । बजारमा दुवै थरीका झ्याल विभिन्न डिजाइनमा पाइन्छन् । सुरक्षाको दृष्टिकोणले दुवै बराबरी रहेका छन् ।
मर्मत/स्याहार
व्यवसायीका अनुसार मर्मत र स्याहारको कुरा गर्दा यी दुईमा कुन सजिलो भनेर छानिरहनु आवश्यक छैन । यी दुवै झ्याल–ढोका च्यातिने वा सड्ने गल्ने सम्भावना रहँदैन । सफा गर्न पनि सजिलो हुन्छ । भिजेको कपडाले अथवा सफा गर्ने केमिकल प्रयोग गरी सजिलै सफा गर्न सकिन्छ ।
आल्मुनियम झ्याल तुलनात्मक रूपमा सस्तो हुन्छ । यो लामो समयसम्म टिकाउ हुने भएकोले दीर्घकालसम्म झ्याल फेरिरहनु पर्दैन । डिजाइनको दृष्टिकोणले पनि यसका झ्याल आधुनिक र उच्च ढाँचाको हुन्छ ।
यूपीभीसी झ्याल तुलनात्मक रूपमा अलि महँगो हुन्छ । यसका झ्याल पनि घरलाई आधुनिक देखाउन मद्दत गर्छन् ।
दुवै प्रविधिका झ्यालका आ–आफ्नै विशेषता भए पनि धेरै गुण मिल्दाजुल्दा छन् । आफ्नोे बजेटअनुसार छनोट गर्न सकिन्छ ।