र्मनीमा ५०.९ प्रतिशत मान्छे भाडाको घरमा बस्छन भने रोमानियामा ४.७ प्रतिशत मात्र भाडाको घरमा बस्छन्

काठमाडौं । के तपाइँलाई थाहा छ, युरोपका कुन देशमा कति मान्छेहरु भाडाको घरमा बस्छन् ? कति मान्छेको आफ्नै आवास छ ? यदि थाहा छैन भने हामी तपाइँहरुलाई युरोपेली देशहरुमा भाडामा बस्नेहरुको तथ्यांकबारे जानकारी गराउँदै छौं ।
युरोपभरि घर भाडामा लिएर बस्ने मान्छेको प्रतिशत फरक फरक देखिन्छ । वल्र्ड अफ स्टाटिस्टिक्सका अनुसार युरोपियन युनियन (ईयू)का विभिन्न देशमा गरिएको सर्वेक्षणअनुसार जर्मनीमा सबैभन्दा धेरै किराय (भाडा)को घरमा बस्ने गरेको देखिएको छ भने रोमानियामा सबैभन्दा कम रहेका छन् ।
जर्मनीमा ५०.९ प्रतिशत मान्छे भाडाको घरमा बस्छन भने रोमानियामा ४.७ प्रतिशत मात्र भाडाको घरमा बस्छन् । अरु नागरिकको आफ्नै घर वा फ्ल्याट रहेको छ ।
सबैभन्दा धेरै भाडाको घरमा बस्ने देशहरु
सर्वेक्षण अनुसार सबैभन्दा धेरै जर्मनीमा ५०.९ प्रतिशत मान्छे भाडाको घरमा बस्छन् । यस्तै, अष्ट्रियामा ४५.८ प्रतिशत, डेनमार्कमा ४०.८ प्रतिशत, फ्रान्समा ३५.३ प्रतिशत, स्वीडेनमा ३५.१ प्रतिशत मान्छे भाडाको घरमा बस्ने गरेका छन् ।
ईयूमा औसत रुपमा ३०.१ प्रतिशत मानिस भाडाको घरमा बस्ने गरेको सर्वेक्षणको निष्कर्ष छ । आयरल्यान्डमा (३० प्रतिशत), नेदरल्यान्ड्स (२९.९ प्रतिशत), फिनल्यान्ड (२९.७ प्रतिशत) लगायतका देशहरुमा पनि भाडामा बस्नेको संख्या उच्च नै देखिन्छ ।
यस्तै, लक्जेम्बर्गमा २८.९ प्रतिशत, बेल्जियममा २८.७ प्रतिशत, ग्रिसमा २६.७ प्रतिशत, इटालीमा २६.३ प्रतिशत, स्पेनमा २४.२ प्रतिशत, स्लोभेनियामा २३.९ प्रतिशत, पोर्चुगलमा २१.७ प्रतिशत, चेकियामा २१.७ प्रतिशत, इस्टोनियामा १८.४ प्रतिशत, लाटभियामा १६.८ प्रतिशत, बुल्गेरियामा १५.१ प्रतिशत, पोल्यान्डमा १३.२ प्रतिशत मान्छे भाडाको घरमा बस्ने गरेको सर्वेक्षणमा उल्लेख छ ।
भाडाको घरमा बस्ने कम प्रतिशत भएका देशहरु
इयूका देशहरुमध्ये सबैभन्दा कम मान्छे भाडामा बस्ने देश रोमानिया रहेको देखिएको छ । रोमानियाका ४.७ प्रतिशत मान्छे भाडाको घरमा बस्छन् ।
इस्तै, स्लोभाकियामा ७.१ प्रतिशत, हङ्गेरीमा ८.३ प्रतिशत, क्रोयसियामा ९.५ प्रतिशत र लिथुएनियामा ११ प्रतिशत मान्छे भाडाको घरमा बस्ने गरेको देखिएको छ ।
सर्वेक्षणले पश्चिम युरोपका देशहरुमा घर भाडामा बस्ने चल बढी रहेको देखाउँछ । जबकी, पूर्वी युरोपका देशहरुमा आफ्नै घरमा बस्ने प्रवृत्ति वा चलन उच्च छ ।
आर्थिक स्थिती, घरजग्गाको मूल्य, सरकारी नीति तथा बैंकिङ प्रणालीले पनि मानिसको बसोबासको ढाँचामा प्रभाव पार्ने गर्छ ।