बढ्दै छ मूलथलो छाडी बसाइँ सर्नेको दर, बागमती प्रदेश पहिलो रोजाइमा

एक दशकमा पहाडबाट ३२ प्रतिशत मानिस मूलथलो छाडी अन्यत्र बसाइँ सरेका छन् भने तराईबाट २८.९ प्रतिशत र हिमाली क्षेत्रबाट १३.८ प्रतिशत बसाइँ सरेका छन्

367B408218B985F-icon.png
570views
485FFC3CA47B01F-migration.jpg

काठमाडौं । देशभित्रै मूलथलो छाडेर स्थायी रुपमा अन्यत्र बसाइँसराइ गर्नेहरु उच्च दरमा बढिरहेका छन् । राष्ट्रिय जनगणना २०७८ ले स्थायी आन्तरिक बसाइँसराइ अर्थात् आफ्नो मूलथलो छाडी बसाइँ सर्ने जनसंख्याको अनुपात २९.२ प्रतिशत रहेको देखाएको छ । 

एक दशक (०६८–०७८) मा पहाडबाट ३२ प्रतिशत मानिस मूलथलो छाडी अन्यत्र बसाइँ सरेका छन् भने तराईबाट २८.९ प्रतिशत र हिमाली क्षेत्रबाट १३.८ प्रतिशत मानिस बसाइँ सरेका छन् । 

केन्द्रिय तथ्यांक कार्यालयले मंगलबार राष्ट्रिय जनगणना २०७८ मा आधारित भएर सार्वजनिक गरेको ‘नेपालमा आन्तरिक बसाइँसराइ प्रतिवेदन’ले पहाडबाट सबैभन्दा धेरै मानिस स्थायी रुपमा बसाइँसराइ गरेको देखाएको छ ।

पहाडी र हिमाली भेगबाट सेवा सुविधाहरु खोज्दै तराइतिर झर्ने प्रवित्ति धेरै भएपनि प्रतिवेदनले तराइबाट पनि मूलथलो छाडेर बसाइँ सर्नेहरुको संख्या उच्च नै देखिएको छ । 

आन्तरिक बसाइँसराइ गर्ने सबैभन्दा धेरै महिला ३७.६ प्रतिशत रहेका छन् भने पुरुषको दर २०.६ प्रतिशत रहेको छ । खासगरि, महिलाहरु बिहे गरेर मूलथलो छाड्ने गरेको केन्द्रीय तथ्यांक कार्यालयको जनगणनाले देखाएको छ ।

तराईमा बसाइँ सर्नेको संख्या २०२८ सालको जनगणनामा चार लाख १० हजार ६४ रहेकोमा २०७८ मा २० लाख ८४ हजार ५०५ रहेको देखिएको छ । यद्यपि, कुल जनसंख्याको तुलनामा बसाइ सर्ने २०७८ मा प्रतिशतमा भने कमी आएको देखिन्छ ।

हिमाली क्षेत्रबाट बसाइँ सर्ने २०२८ मा ९ हजार ६९८ रहेकोमा २०७८ मा ७५ हजार ५४२ रहेको पाइएको छ । बसाइँ सरेर हिमाली क्षेत्रमा आउनेभन्दा हिमाली क्षेत्र छाडी अन्यत्र सर्नेहरुको संख्या अत्यधिक देखिएकोले हिमाली क्षेत्रको खुद बसाइँसराइ ५ लाख ४३ हजार ९६६ जनाले ऋणात्मक देखिएको तथ्यांक कार्यालयले जनाएको छ ।
हिमाली क्षेत्रमा बसाइँ सरी आउनेभन्दा त्यस क्षेत्रबाट अन्यत्र सरेर जानेको संख्या अधिक देखिएको छ ।

पहाडी क्षेत्रमा २०२८ मा ६ प्रतिशतले बसाइँसराइ गरेको देखिएकोमा २०७८ मा ३० प्रतिशतले बसाइँसराइ गरेको देखिएको छ । पहाडी क्षेत्रमा पर्ने काठमाडौं, पोखरा र चितवनमा बसाइ सरी जानेहरु बढेकोले पहाडी क्षेत्रको खुद बसाइँसराइ दर उच्च देखिएको तथ्यांक कार्यालयले जनाएको छ ।

प्रदेश अनुसारको आन्तरिक बसाइँसराइको आयतनलाई हेर्दा २०७८ मा कुल २१ लाख ४२ हजार ३६३ जनाले एक प्रदेशबाट अर्को प्रदेशमा बसाइँसराइ गरेको देखिएको छ । यसमा महिला ११ लाख ५४ हजार ९०९ र पुरुष ९ लाख ८७ हजार ४५४ रहेका छन् ।

बागमती प्रदेशमा बसाइँसराइ गरी आउनेको संख्या ११ लाख ५० हजार ६२६ रहेको छ भने गण्डकीमा बसाइँसराइ खुद ३ लाख ४३ हजार ५० जना बराबर ऋणात्मक र कोशी प्रदेशमा ३ लाख १८ हजार ७९६ जनाले बसाइ सराइँ गर्दा खुद बसाइँसराइ ऋणात्मक छ ।

बागमती प्रदेशमा बसाइँसराइ गर्नेको संख्या थपिएको तर गण्डकी र कोशी प्रदेशमा खुद बसाइँसराइ गर्नेको संख्या ऋणात्मक देखिएको छ । बसाइँसराइ गर्नेको पहिलो छनौट बागमती प्रदेश देखिएको छ, जहाँ ५७.६ प्रतिशत पुरुष र ५०.६ प्रतिशत महिला बसाइँ सरेका छन् । 

बागमती प्रदेशको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला देशभरबाट बसाइँसराइका लागि पहिलो रोजाइमा पर्छन् । 

२०७८ को जनगणना अनुसार बसाइँ सरेकामध्ये २५ .९ प्रतिशत आश्रित भएर गएका, २४.९ प्रतिशत विवाहको कारणले बसाइसराइ गरेका, १९.२ प्रतिशत कामको अवसरका कारण र १४.१ प्रतिशत अध्ययनका लागि बसाइँ सरेको देखिन्छ ।

तराईमा बसाइँ सरेकामध्ये ३१.३ प्रतिशत विवाह र २६.७ प्रतिशत आश्रित भएर गएको जनजणनाले देखाएको छ । यस्तै, प्रदेशगत विश्लेषण गर्दा बागमती र गण्डकीमा कामको अवसर प्रमुख देखिएका छन् भने बाँकी पाँच प्रदेशहरुमा विवाह नै प्रमुख कारण रहेको छ ।

०८१ मा अपार्टमेन्ट किनबेच ३५ प्रतिशतले वृद्धि

चैतमा घरजग्गासँगै कित्ताकाट पनि बढ्यो, के अब नयाँ वर्षदेखि लय समाउला ?

चैतमा घरजग्गा कारोबार र राजश्व संकलन बढ्यो, देखियो सुधारको शंकेत

भक्तपुरमा खुल्ने भयो हाइ एन्ड रिसोर्ट 'स्वनिगः', पौने पाँच अर्बमा लक्जरी प्रोपर्टी निर्माण सुरु

नारायणघाटमा सिद्धार्थ हस्पिटालिटीले सुरु गर्‍यो 'सिद्धार्थ होटेल चितवन'

खनाल आयोगको सुझावः नेपालमा विदेशी नागरिकलाई अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था गरौं

पहिलो घरकर्जा लिनेलाई निश्चित अवधिसम्म स्थिर ब्याजदर दिन खनाल आयोगको सुझाव

वर्षान्त २०८१ : होटलमा लगानीको ओइरो, ३५ लाख पर्यटक अटाउने कोठा तयार

9941C4AC1CD8AFB-Nepalgunj.jpg

चहलपहल घट्दै गएपछि नेपालगञ्‍जमा तीन वर्षमा डेढ सय होटल बन्द

8899C103BF2EBB4-1739600650-upP1D.jpg

'बुटवललाई सबैको रोजाइको सहर बनाउन लागिपरेका छौँ ' [अन्तर्वार्ता]

A5EB41EEB6CBE9E-pokhara-1737719404.jpg

पर्यटकीय राजधानी पोखरामा भ्रमण वर्ष मनाइँदै