घरजग्गामा लगानी गरेर उच्च प्रतिफल कसरी प्राप्त गर्ने ?

घरजग्गामा लगानी गरेर राम्रो मुनाफा निकाल्न लगानी गर्दा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । घरजग्गामा उच्च ‘रिटर्न अफ इन्भेस्टमेन्ट’ कसरी प्राप्त गर्न सकिन्छ ? हामी त्यसमा छलफल गर्दै छौं । 

26211E37815C3B9-Lalitpur.jpg

सामान्यतया तपाईं–हामीले घरजग्गामा लगानी गर्ने दुई उद्देश्य हुन्छन् । एउटा, आवास बनाएर बसोबास गर्न र राम्रो नाफा निकालेर बिक्री गर्न । घरजग्गाका लगानीकर्ताको मुख्य उद्देश्य महँगो मूल्यमा बिक्री गरी उच्च प्रतिफल हासिल गर्नु हुन्छ ।

घरजग्गामा लगानी गरेर राम्रो मुनाफा निकाल्न लगानी गर्दा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । घरजग्गामा उच्च ‘रिटर्न अफ इन्भेस्टमेन्ट’ कसरी प्राप्त गर्न सकिन्छ ? हामी त्यसमा छलफल गर्दै छौं । 

उच्च रिटर्न अफ इन्भेस्टमेन्ट भनेको के हो ?

तपाईंले घरजग्गामा लगानी गरिसकेपछि उच्च प्रतिफलका लागि विभिन्न कारक निर्भर हुन्छन् । जस्तै, घरजग्गा खरिद गरेको स्थान, लगानी गरेको सम्पत्तिको किसिम, वित्तीय व्यवस्थापनको अवस्था, जोखिमलगायत । नेपाल भूमि रियलस्टेट एजेन्सीका सञ्चालक विक्रम लामा भन्छन्, ‘घरजग्गामा लगानी गरेर राम्रो प्रतिफल निकाल्नका लागि सबैभन्दा पहिला ठाउँ र सम्पत्ति छनोटमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।’

उदाहरणका लागि, एकल परिवार बस्ने सानो घरमा भन्दा संयुक्त परिवार बस्ने ठूलो घरमा रिटर्न अफ इन्भेस्टमेन्ट बढी हुन्छ । यदि तपाईंले कम मूल्यमा पाइएको सम्पत्तिमा लगानी गर्दा पनि ठाउँ खराब छ भने त्यसले भोलिका दिनमा राम्रो प्रतिफल नदिन सक्छ ।

भाडाको सम्पत्तिमा लगानी राम्रो भनेर निर्धारण गर्न त्यसको मूल्यसूची, भाडाको आय, करलगायतमा ध्यान दिनु जरुरी हुन्छ । 

पहिल्यै विकास भइसकेका ठाउँभन्दा विकास हुँदै गरेका क्षेत्रका जग्गामा लगानी गर्न सके भविष्यको प्रतिफल पक्का । 

विश्वव्यापी मान्यताअनुसार कुनै पनि सम्पत्तिमा गरिएको लगानीले १२ प्रतिशतभन्दा माथि नाफा दिन्छ भने त्यसलाई राम्रो रिटर्न अफ इन्भेस्टमेन्ट मानिन्छ । तर, नेपालमा घरजग्गामा लगानी गरेर शतप्रतिशत मुनाफा आर्जन भइरहेको अवस्था पनि छ । लगानी गर्ने प्रोपर्टी छनोटमा बुद्धि पु¥याउन सके राम्रो प्रतिफल निस्कने प्रोपर्टी ३६० का सञ्चालक सन्तोष प्रधान बताउँछन् ।

घरजग्गामा लगानी गर्ने लगानीकर्ताको मुख्य चुनौती भनेको उच्च प्रतिफल दिने सम्पत्तिको चयन गर्नु हो । तर, यो सोचेभन्दा सहज भने छैन । पहिल्यै विकास भइसकेको ठाउँमा भन्दा विकासोन्मुख ठाउँमा लगानी गर्दा बढी प्रतिफल प्राप्त हुने लामा बताउँछन् । 

१) रियलस्टेटको ज्ञान बढाउनुहोस्

आफ्नो सम्पत्तिको उच्च प्रतिफल पाउन सर्वप्रथम त तपाईंले रियलस्टेट व्यवसायलाई राम्रोसँग बुझ्नु जरुरी हुन्छ । एउटा सफल रियलस्टेटले लगानीकर्ता हुनका लागि यस क्षेत्रका विविध आयाम राम्रोसँग बुझेर कसरी त्यसबाट फाइदा लिने भन्ने कुरा जान्नु महत्वपूर्ण रहन्छ । 

उदाहरणका लागि, तपाईंले जहिले पनि लगानी गर्दा सही वित्तीय व्यवस्थापनको तरिका, सान्दर्भिक भाडाको रणनीति, लगानीका लागि उपयुक्त सम्पत्ति र सही स्थान चयनबारे विचार पु¥याउनुपर्छ । नेपाल भूमि रियलस्टेटका लामा भन्छन्, ‘कम मूल्यको प्रोपर्टीमा लगानी गरेर भोलिका दिनमा उच्च प्रतिफल प्राप्त गर्न सकिन्छ ।’ पहिल्यै मूल्य बढिसकेको प्रोपर्टीमा लगानी गर्दा राम्रो मुनाफा आर्जन गर्न सकिँदैन ।

घरजग्गामा गरिने लगानीको विषयान राम्रोसँग बुझ्न सके गलत सम्पत्तीमा लगानी गर्नबाट तपाईं जोगिन सक्नुहुन्छ । त्यसैले रियलस्टेटसम्बन्धी ज्ञान आर्जन गर्नु र भएको ज्ञानलाई थप सुधार्नु महत्वपूर्ण पक्ष हो । 

२) विज्ञहरूको सहयोग लिनुहोस् 

रियलस्टेट व्यवसाय विशाल क्षेत्र भएकाले तपाईंले आर्जन गरेको ज्ञान र अनुभव अपुग हुन सक्छ । छोटो समयमा रियलस्टेटसम्बन्धी सबै ज्ञान आर्जन गरी आफैंले कुन सम्पत्तिमा लगानी गर्दा रिटर्न अफ इन्भेस्टमेन्ट बढी पाइन्छ भन्ने कुराको यकिन गरी लगानी गर्न उपयुक्त सम्पत्तिको चयन गर्न सक्षम हुनु व्यावहारिक रूपमा असम्भव हुन्छ । 

तपाईंले वरपर रहेका रियलस्टेट व्यवसायको अथाह ज्ञान र अनुभव बटुलेका विज्ञहरूको सहयोग लिनु उचित हुन्छ । एउटा राम्रो रियलस्टेट एजेन्टसँग सहकार्य गर्दा तपाईंलाई उनीहरूको त्यस क्षेत्रको कामको अनुभव र कुराकानीबाट राम्रो प्रतिफल दिने सम्पत्ति खोजेर लगानी गर्न सहज हुन्छ ।  

३) आफ्ना भावनालाई समावेश नगर्नुहोस्

उच्च प्रतिफल दिने सम्पत्तिमा लगानी गर्न सम्पत्तिको खोजी गर्ने क्रममा आफ्ना भावनालाई पन्छ्याउनुपर्छ । तपाईंले आफ्नो मनोभावनालाई समावेश गर्नुको साटो लगानीका अवसरलाई तार्किक रूपमा हेर्नुहोस् । 

उदाहरणका लागि, तपाईंलाई हरियाली वातावरण र ठूला रुख मन पर्छ भन्दैमा त्यस्ता सम्पत्तिमा लगानी गरेर उच्च प्रतिफल पाइँदैन । तपाईंको आफ्नो आवासीय प्रयोजनका लागि त्यस्तो सम्पत्ति उपयुक्त हुन सक्छ तर रिटर्न अफ इन्भेस्टमेन्टको हिसाबले उचित ठहरिँदैन । 

सम्पत्तिको अवस्थिति र त्यसको आकर्षणभन्दा बढी त्यसले दिने प्रतिफलमा ध्यान पु¥याउनु बुद्धिमानी सावित हुन्छ । यसर्थ उच्च रिटर्न अफ इन्भेस्टमेन्टको खोजी गर्दा भावनामा बहकिएर होइन, तर्कसंगत तथ्यमा आधारित रहेर निर्णय लिनुपर्छ । 

४) रियलस्टेट व्यवसायसम्बन्धी प्रविधि प्रयोग गर्नुहोस्

उच्च प्रतिफल दिने सम्पत्तिको खोजी गर्दा तपार्इंले विभिन्न रियलस्टेट व्यवसायीका सूचीबद्ध सम्पत्तिहरूको विश्लेषण गर्नुपर्छ । बिक्रीमा राखिएका सबै सम्पत्तिको राम्रो रिटर्न अफ इन्भेस्टमेन्ट हँुदैन । सम्भावना बोकेका र लगानीका लागि रहेका सम्पत्तिको एक–एक विश्लेषण गर्दा धेरै समय र मिहिनेत लाग्न सक्छ । 

अहिले प्रविधिको बढ्दो विकास र पहुँचले विभिन्न अनलाइन प्रयोगको प्रचलन बढेको छ । यसले गर्दा लगानीकर्ताले सहज रूपमा उच्च प्रतिफल दिने सम्भावना बोकेका सम्पत्तिको खोजी गर्न सक्छन् । यस्ता अनलाइन प्रविधिमा विभिन्न शीर्षक र आफ्नो आवश्यकता र बजेटको दायरामा रहेर सम्पत्तिको सहज खोजी गर्न सकिन्छ ।

५) विकासोन्मुख ठाउँ रोज्नुहोस्

तपाईंले उच्च प्रतिफल प्राप्त गर्ने गरी घरजग्गामा लगानी गर्दा विकासोन्मुख ठाउँमा लगानी गर्नुहोस्, जहाँ भोलिका दिनमा विकास निर्माण भएर जग्गाको मूल्यमा उछाल आउन सक्छ । पहिल्यै भाउ बढिसकेका सम्पत्तिको मूल्यवृद्धि निकै सुस्त गतिमा हुने हुँदा राम्रो प्रतिफल नआउन सक्छ । त्यसमाथि लगानी पनि धेरै गर्नुपर्ने हुन्छ ।

काठमाडौंको हकमा रिङरोडभित्र लगानी गर्नुभन्दा प्रस्तावित बाहिरी चक्रपथ आसपासमा लगानी गर्दा बढी प्रतिफल प्राप्त हुन सक्ने लामा बताउँछन् । पछिल्लो समय काठमाडौं उपत्यकाका काठ क्षेत्र घरजग्गाका हट लोकेसन मानिन्छन् । ती ठाउँमा प्रोपर्टी खरिद गर्दा लगानी पनि कम हुने र प्रतिफल पनि उच्च हुने सम्भवाना रहन्छ ।

काठमाडौं उपत्यका मात्र नभएर बाहिरका सहरमा पनि घरजग्गाको भाउ निकै बढिरहेको छ । खासगरी नयाँ निर्माणाधीन सहरमा लगानी गर्नु पनि फलदायी हुन्छ । औद्योगिक क्षेत्र, पर्यटकीय क्षेत्र र भोलि सहर बस्ने सम्भावना भएका ठाउँमा सस्तोमा जग्गा किनेर राखे भोलि राम्रो मूल्यमा बिक्री गर्न सकिन्छ । 
 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

B05173A8C3D2580-666134673.jpg

वर्षान्त २०८१ : होटलमा लगानीको ओइरो, ३५ लाख पर्यटक अटाउने कोठा तयार

54A48C347EAAC81-home-insurance.jpg

शहरमा घरको नक्सा स्वीकृति गर्दा अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था गर्न खनाल आयोगको सुझाव

019ED0F5CF2C032-488054221_1066312985525237_3893123713646160684_n.jpg

अंशबण्डा गर्दा जग्गा नटुक्रिने गरी तल्लाहरु बाँड्न सुझाव, कित्ताकाटमा कडाई गर्नु