'बजारमा डन्डीको मागभन्दा आपूर्ति बढी छ, उद्योगीले कार्टेलिङ गर्न सक्दैनन्'

बिलेटको भाउ अन्तर्राष्ट्रि बजारले निर्धारण गर्छ । अन्तर्राष्ट्रिय बजारमा बिलेटको भाउ बढ्दा डन्डीको मूल्य पनि बढ्छ, बिलेटको भाउ घट्दा डन्डीको भाउ पनि घट्ने हो ।

5423A539400313E-Kiran-Shakh-final.jpg

अहिले मुलुक कोभीड महामारीको चपेटामा छ । आर्थिक गतिविधिहरु पनि आंशिक रुपमा मात्र सञ्चालनमा आएको छ । डन्डी उद्योगको अवस्था के छ ?

अहिले मुलुकमा डन्डी उद्योगको संख्या २५ पुगिसकेको छ । यी उद्योगमा बार्षिक ३० लाख टन डन्डी उत्पादन गर्ने क्षमता छ । तर, बजारमा डन्डीको माग बार्षिक १४ लाख टन होला । अझ अहिले कोभीडले डन्डीको माग झन घटेको छ । सामान्य अवस्थामा पनि डन्डी उद्योगहरु जडित क्षमताको आधामात्र सञ्चालन हुनुपर्ने अवस्था छ । 

कोभीडको समयमा विकास निर्माण ठप्प भएपछि डन्डी उद्योगहरु औषतमा ३०÷३५ प्रतिशत क्षमतामा चलिरहेका छन् । कोभीड महामारीले ठूला प्रोजेक्ट निर्माण नहुँदा डन्डीको माग स्वात्तै घटेको हो । बजारमा अस्वस्थ प्रतिस्पर्धाले थला परिरहेका डन्डी उद्योगहरु कोभीडले झन थला पर्ने अवस्था बन्यो ।

तर, बजारमा डन्डीको मूल्य बढिरहेको छ त ? 

डन्डी स्वदेशी कच्चा पदार्थबाट बन्दैन । डन्डी बनाउने बिलेट विदेशबाट आयात गर्नुपर्छ । बिलेटको भाउ अन्तर्राष्ट्रि बजारले निर्धारण गर्छ । अन्तर्राष्ट्रिय बजारमा बिलेटको भाउ बढ्दा डन्डीको मूल्य पनि बढ्छ, बिलेटको भाउ घट्दा डन्डीको भाउ पनि घट्ने हो ।

अहिले डन्डी बनाउने कच्चा पदार्थको मूल्य दुई महिनाअघि प्रतिटन ३६० अमेरिकी डलर थियो । अहिले बढेर ५५२ अमेरिकी डलर पुगेको छ । झन्डै प्रतिटनमा २० हजारजति मूल्य बढेको छ । त्यो भनेको किलोमा २० रुपैयाँ हो । बजारमा दुई महिनाअघि डन्डीको भाउ ७२/७३ रुपैयाँ थियो । अहिले बढेर ८२/८३ रुपैयाँ पुगेको छ ।

अब हेर्नुहोस् कच्चा पदार्थको भाउ किलोमा २० रुपैयाँ बढेको छ । तर, डन्डीको भाउ १० रुपैयाँ मात्र बढेको छ । कच्चा पदार्थको तुलनामा अझै डन्डीको भाउ त्यति बढेको छैन । कसैले पनि कच्चा पदार्थ थुपारेर राख्दैन । अन्तर्राष्ट्रिय बजार भाउले डन्डीको मूल्यमा तत्काल असर पार्छ ।

डन्डी उद्योगीले कार्टेलिङ गरेको आरोप छ नी ?

त्यो हुनै सक्दैन । अहिले मुलुकमा २८ उद्योग सञ्चालनमा आइसकेका छन् । उद्योगको उत्पादन क्षमता बजार मागभन्दा दुई गुणा बढी छ । यस्तो अवस्थामा उद्योगीले डन्डीमा कसरी कार्टेलिङ गर्न सक्छ ।

हामी उद्योगीबीच एकमत छैन । कम्तीमा बजारमा फसेको रकम उठाउनका लागि भएपनि सहकार्य गर्नुप¥यो भन्दा उद्योगीहरु चारतिर फर्किन्छन् । बरु हामीले कार्टेलिङ ग र्न नसक्दा दुःख पाइरहेका छौं । हाम्रो बजारमा ठूलो रकम उठाउन बाँकी छ । रकम उठाउन सकिरहेका छैनौं ।

हामी उद्योगीले डन्डीको भाउ एउटै राख्ने, बजारमा नगदमा मात्र कारोबार गर्ने, उधारो कसैले पनि डन्डी बिक्री नगर्ने, बक्यौता नबुझाउने डिलरलाई ब्ल्याक लिस्टमा राख्न एकमत हुन सकेको भए पनि फसेको पैसा उठ्ने थियो । त्यसमा पनि उद्योगीबीच सहमति हुन सकेन । यस्तो अवस्थामा कसरी उद्योगीहरु मिलेर कार्टेलिङ गर्न सक्छन् । उद्योगीले कार्टेलिङ गरेको भन्ने हल्ला अहियात हो 

अहिले बियर उद्योगले डिलरसँग पहिल्यै नगद लिएर एक महिनापछि बल्ल माल पठाउँछन् । किनभने, त्यहाँ बजारको मागभन्दा उत्पादन कम छ । तर, हाम्रोमा पहिल्यै माल पठाउने र पछि पैसा उठाउने चलन छ । यो हुँदा बजारमा पैसा फस्न गयो ।

अन्यत्र लगानी गर्ने ठाउँ नभएर डन्डी उद्योगमा लगानी ओइरिएको हो त ?

त्यसो पनि होइन । नेपालमा लगानीका लागि थुप्रै ठाउँहरु छन् । तर, नेपालमा बजार अध्ययन गरेर लगानी हुँदैन । अरुको देखेर लडहमा हुने गर्छ । डन्डी उद्योगमा पनि त्यसै भएको हो । अझ भन्नुपर्दा ०७२ को भूकम्पपछि डन्डी उद्योगमा लगानी ओइरिएको हो । भूकम्पपछिको पुननिर्माणमा डन्डीको माग ह्वात्तै बढ्दा इन्डियाबाट आयात गर्नुपर्ने अवस्था आयो । उद्योगीले त्यही मौकामा धमाधम डन्डीमा लगानी बढाएका हुन् । अहिले माग नहुँदा उद्योग धान्न धौ धौ भइरहेको छ ।

उसो भए डन्डी उद्योगको अवस्था बिजोग छ ?

आँकाडाले नै त्यहि देखाउँछ । अहिले उद्योग उद्योग बिचमा अस्वस्थ प्रतिस्पर्धा चलिरहेको छ । कोभीडपछि ठूला प्रोजेक्ट निर्माण ठप्प हुँदा डन्डीको माग घटेको छ । उद्योगहरु पनि औषतमा ३५÷४० प्रतिशतभन्दा क्षमतामा चल्न सकेका छैनन् । 

अहिले डन्डीमा भएको लगानी लहडमा हो । डन्डी उद्योगमा बैंकको पनि ठूलो लगानी छ । कोभीडले बजार सुस्ताइरहेका बेलामा बैंकले ऋण तिर्न ताकेता गरिरहेको छ । कोभीड महामारीले थलिएका उद्योगलाई राज्यले राहत दिएको छैन । सकसमा परेका उद्योगलाई राज्यले रेस्क्यू नगरे उद्योग बन्द गर्नुपर्ने अवस्था पनि आउन सक्छ । यदि केही गरी ५ वटा डन्डी उद्योग फेल खायो र बैंकको पैसा तिर्न सकेन भने उद्योगी, बैकको मात्र होइन कि देशकै लस हुन्छ ।

तपाईंहरुको साखः स्टिलको अवस्था के छ ?

साखः स्टिल आएको २० बर्ष भइसक्यो । अहिले निकै अस्वस्थ प्रतिस्पर्धाको महशुस गर्नु परेको छ । यस्तो लागिरहेको छ कि यो व्यवसाय नै गर्न नपरोस । उद्योग बन्द गरेर आनन्दले बस्न पाए पनि हुन्थ्यो जस्तो लाग्न थालिसकेको छ । तर, सकिदैन । ठूलो लगानी भइसकेको छ यत्तिकै बन्द गर्न सकिदैन । 

बरु मैले बिजनेश डाइभर्ट गरिरहेको छु । अब कृषि र पर्यटन उद्योगमा लगानी बढाउँदै छु । झापामा फन पार्क सञ्चालनमा आइसकेको छ । कपिलवस्तुमा २० विघा क्षेत्रफलमा कृषि फार्म चलाइरहेको छु । कपिलवस्तुमा पनि फनपार्क बनाउने सोँच छ । दुबै ठाउँ होटल पनि खोल्ने योनजा बनाएका छौं ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

C12240E961D0C58-Cover image for news.jpg

शहरी विज्ञको नजरमा परेका दर्जन व्यवस्थित र सुन्दर शहरहरु

06AD78113E8A96F-news cover.jpg

यस्तो हुनुपर्छ ‘सुलभ तथा व्यवस्थित आवास’ विकासका लागी जग्गा एकीकरण विधि

FE05A8934E156AD-51CA1C06072B392-housing.gif

के कोरोनाले व्यवस्थित हाउजिंग र अपार्टमेन्टप्रति आकर्षण बढाउला ?