शहरी विज्ञको नजरमा परेका दर्जन व्यवस्थित र सुन्दर शहरहरु

पञ्चायतकालमा पनि काठमाडौं उपत्यकाका केही वस्ती र उपत्यका बाहिरका केही शहरहरु पञ्चायती सरकारले व्यवस्थित योजना बनाएरै बसाएको थियो ।

367B408218B985F-icon.png
348views
C12240E961D0C58-Cover image for news.jpg

काठमाडौं । अहिले देशैभर तिब्र शहरीकरण भइरहेको छ । सडक पुगेका दुर्गम भेगहरुमा पनि बजार बस्दैछन् । अझ तराई भेगमा तिब्र बसाइ सराईका कारण वस्ती बढ्दै गइरहेको देखिन्छ । 

नेपालमा शहरीकरण रफ्तारमा भइरहेको छ । तर, व्यवस्थित योजना बनाएर शहर विकास हुन नसकेको पूर्वसचिव एवं शहरी विकास विज्ञ किशोर थापाको ठम्याई छ ।
‘नेपालमा प्लानिङ गरेर होइन, प्लटिङ गरेर शहर विकास भइरहेका छन्’ उनी भन्छन्, ‘जसले शहर व्यवस्थित होइन, कुरुप भइरहेका छन् ।’ यो विकृती प्रजातन्त्र आएपछि झन बढेको शहरी विज्ञहरुको बुझाई छ । 

मल्ल कालमै काठमाडौं, ललितपुर र भक्तपुरमा व्यवस्थित योजना बनाएर वस्ती बसाइएको थियो । पञ्‍चायतकालमा पनि काठमाडौं उपत्यकाका केही वस्ती र उपत्यका बाहिरका केही शहरहरु पञ्‍चायती सरकारले व्यवस्थित योजना बनाएरै बसाएको थियो । तर, कालान्तरमा बसाई सराई बढेर शहर विस्तार हुँदै जाँदा प्लानिङ गरेर बसाइएका शहर पनि अव्यवस्थित बन्दै गए । 

उदाहरणको रुपमा बाँकेको कोहलपुर, सुर्खेत, दाङको तुल्सीपुर, काठमाडौंको भैंसेपाटी लगायत शहरलाई लिन सकिन्छ ।

देशमा तुलनात्मक रुपमा अलि व्यवस्थित शहरहरु कुन कुन हुन् त ? शहरी विज्ञ किशोर थापाको नजरमा परेका उपत्यका बाहिरका व्यवस्थित र राम्रा शहरहरुबारे चर्चा गर्दै छौं ।  

देशकै सबैभन्दा व्यवस्थित र सुन्दर शहर पोखरा रहेको थापा बताउँछन् । पोखरालाई देशकै नमुना शहर पनि मान्‍न सकिन्छ । पोखरामा एकैनासका चिटिक्क परेका घरहरु बनाइएको छ । घरहरु पनि ढुंगा छापेर झनै आकर्षक बनाइएको छ । 

अझै पनि पोखरा शहर सुन्दर र आकर्षक छ । पोखरा महानगरपालिका पनि पोखराको सुन्दरता जोगाउन प्रयासरत रहेको मेयर धनराज आचार्य बताउँछन् ।

बरु पछिल्लो समय पोखरामा ठूल्ठूला घर तथा भवनहरु पुरानौ वैभव मासिदै छ । यसतर्फ सचेत हुन जरुरी देखिन्छ । हालैमात्र पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिएको छ । पोखरा प्राकृतिक र सांस्कृतिक रुपमा धनी छँदै छ, एउटा व्यवस्थित र सुन्दर शहर पनि हो । 

अर्को व्यवस्थित सुन्दर सहर बुटवल र भैरहवा रहेको थापाले बताए । पछिल्लो समय बुटवल र भैरहवा जोडिएर मेगा सिटी बनिसकेको छ । बुटवललाई देशकै व्यवस्थित आवासीय शहर पनि भन्ने गरिन्छ । बुटवल ग्रोइङ सिटी हो ।

बागमती प्रदेशको राजधानी हेटौंडा पनि तुलनात्मक रुपमा व्यवस्थित सहर हो । सुनसरीको धरान पहिल्यैदेखि चर्चित आवासीय सहर हो । चितवनको भरतपुर पनि व्यवस्थित मानिन्छ । भरतपुर महानगरको भित्रसम्मै चौडा सडक बनेका छन् । 

यस्तै, बाँकेको कोहलपुर पनि योजना बनाइ बसाएको सहर हो । तर, विस्तारको क्रममा कोहलपुर पनि अव्यवस्थित बन्दै गयो । तैपनि तुलनात्मक रुपमा कोहलपुर व्यवस्थित नै रहेको थापाको भनाई छ ।

कैलालीको टिकापुर, महेन्द्रनगर, सुर्खेत पनि व्यवस्थित शहर हुन् । दाङको तुल्सिीपुर र घोराहीमा पनि प्लानिङ गरेर वस्ती बसाइएको थियो । दाङ उपत्यकामा रहेका यी दुबै शहर उपमहानगर भइसकेका छन् । 

‘शहरका पनि आ–आफ्नै हाइरार्की हुन्छन्, महानगर, उपमहानगर, नगर, उपनगर यसै छुट्याइएको होइन’ थापाले भने ‘कुनै पर्यटन सिटी हुन्छन्, कुनै औद्योगिक, कुनै कृषि, कुनै आइटी हबका रुपमा पनि परिचित हुन्छन् ।’

वीरगञ्ज र भैरहवा औद्योगिक सहर हुन् । विराटनगर, बुटवल, नेपालगञ्ज लगायत सहर व्यापारीक रुपमा परिचित छन् । पोखरा पर्यटकीय सहर भइहाल्यो । 

अहिले तराई मधेशमा व्यापक शहरीकरण भइरहेको छ । विस्तारै काठमाडौंको आकर्षण पनि मोफसलले तान्दै जाला । 

काठमाडौंको धेरैको आकर्षणमा पर्नुमा अन्तर्राष्ट्रिय एयरपोर्ट, स्वास्थ्य, शिक्षा, अवसर, प्रशासनिक र आर्थिक केन्द्रीकरण लगायत कारण पनि हो ।

यी हुन् लगानी सम्मेलनमा सोकेश गरिने शहरी विकासका ६ परियोजना

किन घट्यो अर्पार्टमेन्ट किनबेच ?

वर्ष ०८०ः कित्ताकाट दोब्बर वृद्धि, तर घरजग्गा किनबेच अपेक्षित बढेन

चोभारको जलविनायक कोलोनीमा १५ घर र १३ घडेरी बिक्रीमा, मूल्य कति पर्छ ?

नौ महिनामा तीन अर्बको सिमेन्ट निर्यात

काठमाडौं उपत्यकामा ४०% सम्म मूल्य घट्दा पनि किन बढेन घरजग्गा कारोबार ?

रुकुमको ‘चौरजहारी नयाँ शहर’ निर्माणका लागि जग्गा प्राप्ती सुरु, अब काम अगाडि बढ्ला ?

१० करोड लगानीमा 'त्रिशुली भिल्ला' सञ्चालन

4103922E73FDF50-shower bungy pokhara.png

पोखरामा नेपालकै पहिलो ‘सावर बञ्‍जी’ सुरू

31BF03183180676-A0C2B94C4B7317A-photo.jpg

हाउजिङका घर– मूल्य घट्दा पनि बढेन बिक्री, दर्जन परियोजना अलपत्र

1EFC5FCC3EDAD0B-Cover image for news.jpg

शहरी विज्ञको नजरमा परेका १० व्यवस्थित र सुन्दर शहरहरु