कुन बैंकको ब्याजदर सबैभन्दा कम पर्छ? यसरी छानौं सस्तो घरकर्जा !

सामान्यतया वाणिज्य बैंकको ब्याजदरको तुलनामा विकास बैंकबाट घरकर्जा लिँदा २-३ प्रतिशत र फाइनान्स कम्पनीको हकमा ४-५ प्रतिशतसम्म ब्याजदर फरक पर्दछ।

367B408218B985F-icon.png
694views
E1B00647283543B-Big Bucks.jpg

तपाईंलाई पक्कै थाहा होला, नेपालमा तीन वर्गका बैंक तथा वित्तीय संस्थाहरूले घर कर्जा दिँदै आइरहेका छन् । ‘क’ वर्गमा वाणिज्य बैंक, ‘ख’ वर्गमा विकास बैंक र ‘ग’ वर्गमा फाइनान्स कम्पनी पर्छन् । बैंकको वर्गअनुसार ब्याजदर पनि फरक–फरक हुन्छ । 

जुन बैंकको ‘कस्ट अफ फन्ड’ धेरै हुन्छ, त्यो बैंकको ब्याजदर पनि धेरै हुने गर्छ । नेपालको सन्दर्भमा वाणिज्य बैंकको ‘कस्ट अफ फन्ड’ विकास बैंक र फाइनान्स कम्पनीको भन्दा कम हुन्छ । त्यसैले वाणिज्य बैंकको घरकर्जाको ब्याजदर विकास बैंक र फाइनान्स कम्पनीको भन्दा कमै हुन्छ ।

सामान्यतया वाणिज्य बैंकको ब्याजदरको तुलनामा विकास बैंकबाट घरकर्जा लिँदा २-३ प्रतिशत र फाइनान्स कम्पनीको हकमा ४-५ प्रतिशतसम्म पनि ब्याजदर फरक पर्न आउने बैंकर्स बताउँछन् । त्यसैले विकास बैंक र फाइनान्स कम्पनीबाट भन्दा वाणिज्य बैंकबाट ऋण लिँदा सस्तो पर्न जान्छ ।

यसै पनि वाणिज्य बैंकको तुलनामा विकास बैंक र फाइनान्स कम्पनीबाट ऋण लिँदा सेवाशुल्कसमेत फरक हुने गर्छ  । नेपाल राष्ट्र बैंकले गत वर्षदेखि वाणिज्य बैंकलाई ०.७५ प्रतिशत, विकास बैंकलाई १ प्रतिशत र फाइनान्स कम्पनीलाई १.२५ प्रतिशतसम्म सेवाशुल्क लिन पाउने व्यवस्था गरिदिएको छ । यसअघि बैंक तथा वित्तीय संस्थाहरूले मनलाग्दी सेवाशुल्क लिँदै आइरहेका थिए ।

वाणिज्य बैंकबीचमै फरक–फरक ब्याजदर

तपाईंलाई थाहा छ, वाणिज्य बैंकहरूको ब्याजदर पनि फरक–फरक हुन्छ नि ! कतिपय बैंकको ब्याजदर सस्तो हुन्छ, कतिपयको चर्को । यो सबै बैंकको ‘कस्ट अफ फन्ड’ र ‘बेस रेट’ मा निर्भर गर्छ । 

०७७ पुस मसान्तसम्मको अवस्थालाई हेर्दा ‘क’ वर्गमा रहेका वाणिज्य बैैंकहरूको आधार ब्याजदर (बेसरेट)  

सरकारी स्वामित्व रहेका राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको कस्ट अफ फन्ड निजी बैंकहरूको तुलनामा कम हुने गरेको छ । कस्ट अफ फन्ड कम हुनेबित्तिकै ब्याजदर कम भइहाल्छ । त्यसैले तुलनात्मक रूपमा राष्ट्रिय वाणिज्य र नेपाल बैंकको ब्याजदर कम हुने गर्छ ।

नेपाल बैंकिङ एसोसिएसन (एनबीए) का अनुसार सरकारी बैंकहरूले कम ब्याजदरको पैसा परिचालन गर्न पाइरहेका हुन्छन् । कतिपय अवस्थामा सरकारी पैसाको ब्याज पनि तिर्न पर्दैैन । वाणिज्य बैंकले सरकारी वा करेन्ट एकाउन्टमा चलाउने पैसाको ब्याज तिर्न पर्दैन । ०७७ पुस मसान्तको आधार ब्याजदर हेर्दा सबैभन्दा कम राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । पुस मसान्तमा राष्ट्रिय वाणिज्य बैंकको आधार ब्याजदर ५.६१ प्रतिशत रहेको छ ।

बुझ्नुपर्ने के भने सरकारी हुँदैमा सबै बैंकको ब्याजदर निजीको भन्दा कम हुनुपर्छ भन्ने होइन । ०७७ पुसको आधार ब्याजदर हेर्दा नेपाल बैंकको तुलनामा नबिल बैंकको कम रहेको छ । नेपाल बैंकको आधार ब्याजदर ६.१९ प्रतिशत हुँदा निजी बैंक नबिलको ५.७६ प्रतिशत रहेको छ ।

जुन बैंकले सस्तो ब्याजको निक्षेप परिचालन गरिरहेका हुन्छन्, ती बैंकहरूको कस्ट अफ फन्ड कम हुन्छ । कस्ट अफ फन्ड कम भएपछि बेस रेट पनि कम हुने भयो । बेस रेट कम भएपछि कर्जाको ब्याजदर पनि कम हुने भइहाल्यो । 

सामान्यतया निजी बैंकको बेसरेट अलिकति बढी हुनाले ब्याजदर पनि बढी हुन्छ । निजी बैंकहरूले महँगो ब्याजदरमा निक्षेप संकलन गरेर कर्जा प्रवाह गर्ने हुँदा ब्याजदर पनि महँगो पर्न जाने एनबीएको भनाइ छ । 

अर्को बुझ्नै पर्ने कुरा, निजी बैंकहरूबीच पनि कस्ट अफ फन्ड र बेस रेट फरक–फरक छ । त्यसैले बैंकहरूले फरक–फरक ब्याजदरका स्किम ल्याएको देख्छौं ।
 
जुन बैंकले ‘लो कस्ट अफ डिपोजिट’ परिचालन गर्छ, जसको बेसरेट (आधार दर) कम छ । ती बैंकहरूको ब्याजदर पनि कम हुन्छ । यहाँ बेसरेट कम हुनेबित्तिकै प्रिमियम जति थप्दा पनि महँगो कस्ट अफ फन्डको पैसा चलाउने बैंकको भन्दा ब्याजदर सस्तो पर्न आइहाल्छ । 

नेपालको सन्दर्भमा राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक, नबिल बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंकको बेस रेट अलिकति कम छ । चालू आवको दोस्रो त्रैमाससम्म यी बैंकहरूको आधार ब्याजदर क्रमशः ५.६१ प्रतिशत, ६.१९ प्रतिशत, ७.६७, ६.३४ प्रतिशत र ५.७६ प्रतिशत, ६.०७ प्रतिशत रहेको छ । त्यसैले यी बैंकहरूले कम रेटमा घरकर्जा अफर गर्न सक्छन् । 

हामीले ऋण लिँदा कस्ट अफ फन्ड र बेसरेट (आधारदर) कम भएका बैंकहरूबाट ऋण लिन सकेको खण्डमा ब्याजदरसहित विभिन्न शीर्षकका शुल्कमा पनि छुट पाउन सक्छौं ।

Cover Image: Big Bucks 

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

दुई वर्षदेखि ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर यस वर्ष २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान

एक वर्षमा तीन लाख ८२ हजार घरजग्गा रोक्का, तीन लाख फुकुवा

4233F599CBDB216-1726449714-KEyEW.jpg

फागुनका लागि अधिकांश बैंकले मुद्दतीको ब्याजदर यथावत राखे, ग्लोबलले बढायो

8535F5EB07FED17-LoweredInterestRates.jpg

‘सिंगल डिजिट’मै झर्‍यो घरकर्जाको ब्याजदर

1155D34729B5DD6-5485C4B228453F7-8AF99B4AF4ED8AF-rates-down-arrow-house-executive.jpg

बैंकर्स संघका अध्यक्षले भने– ‘कर्जाको ब्याज एक प्रतिशतले घट्यो, अझै घट्दै जानेछ’