बैंकर्स संघका अध्यक्षले भने– ‘कर्जाको ब्याज एक प्रतिशतले घट्यो, अझै घट्दै जानेछ’

अहिले बैंकहरुले बचतको ब्याजदर घटाउँदै लगेका छन् । बचतको ब्याजदर घटेसँगै बैंकको कस्ट अफ फन्ड पनि घट्दा आधार दर पनि घट्दै गएको हो । आधार दरमा प्रिमियम जोडेर कर्जाको ब्याजदर तोकिन्छ ।

367B408218B985F-icon.png
845views
1155D34729B5DD6-5485C4B228453F7-8AF99B4AF4ED8AF-rates-down-arrow-house-executive.jpg

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा तरलता बढ्दै गएपछि कर्जाको ब्याजदर पनि घट्न थालेको छ । अहिले कर्जाको ब्याजदर एक प्रतिशतले घटेको बैकर्स संघका अध्यक्ष सुनिल केसीले बताए ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष केसीले बैंकको आधारदर (बेसरेट) एकल अंकमा रहेको जानकारी गराए । उनले भने, ‘ब्याजदर अझै घट्दै जाने छ ।’

अहिले बैंकहरुले बचतको ब्याजदर घटाउँदै लगेका छन् । बचतको ब्याजदर घटेसँगै बैंकको कस्ट अफ फन्ड पनि घट्दा आधार दर पनि घट्दै गएको हो । बैंकले आधार दरमा केही प्रतिशत प्रिमियम जोडेर कर्जाको ब्याजदर तोक्दै आएका छन् । 

कार्यक्रममा राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले ऋणीसँग कुनै बैंकले बढि ब्याज लिएको भए राष्ट्र बैंकलाई जानकारी गराउन अनुरोध गरे । बैंकले बढी ब्याज लिएको पाए राष्ट्र बैकले फिर्ता गराउने उनको प्रतिवद्धता छ । 

गभर्नर अधिकारीले गत आर्थिक वर्षमा बढी लिएको चार अर्ब ७६ करोड रुपैयाँ ब्याज फिर्ता गराएको स्मरण गराए । उनले बैंकहरुले बढी ब्याज लिए भनेर तथ्यभन्दा बाहिर गएर गुनासो नगर्न समेत सबैलाई आग्रह गरे । उनले बजेटमा भएका कुरालाई राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सहयोग गरिरहेको बताए । 

आर्थिक सिथिलताका कारण बैंकको खराब कर्जा बढ्ने भन्दै यस्तो बेला बैंकहरुले प्रोभिजन बढाउनु पर्ने भएकाले राष्ट्र बैंकले टाइट गरेको गभर्नर अधिकारीको भनाई छ । ‘खराब कर्जा नबढोस भनेर टाईट गरेको हो’ उनले भने ‘दक्षिण एसियाको तुलनामा नेपालमा खराब कर्जा कम छ ।’ 

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अर्थतन्त्र समस्यामा रहेको सरकार र राष्ट्र बैंकले स्विकार गर्नुपर्ने बताए । यसलाई स्विकार गरेर समाधानमा जानुपर्ने उनको भनाई छ । 

अध्यक्ष अग्रवालले राष्ट्र बैंकको सञ्‍चालक समितिको सदस्य पहुँचको आधारमा भन्दा विज्ञताको आधारमा हुनुपर्ने बताए । उनले अहिलेको अवस्थामा राष्ट्र बैंक माईक्रोम्यानेजमेन्ट तिर लागेको बताए । अझै पनि अर्थतन्त्र सुधारका लागि जे गर्छन पशुपतिनाथले पाउँछन् भनेर बस्‍न नहुने उनको भनाई छ । 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

FB68CCC54E723D0-1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

आठ महिनामा ८% थपियो रियल इस्टेट कर्जा, व्यक्तिगत घरकर्जा प्रवाह सुस्त

1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

पौने ७ खर्ब पुग्यो घरजग्गा कर्जा, रियल इस्टेट कर्जाको पनि माग बढ्दै

ECB6684F27D7131-A3CAC95E42F6450-8535F5EB07FED17-LoweredInterestRates.jpg

झनझन् सस्तिदै कर्जा, एक वर्षमै २.५३% घट्यो कर्जाको ब्याजदर