आठ महिनामा ८% थपियो रियल इस्टेट कर्जा, व्यक्तिगत घरकर्जा प्रवाह सुस्त

रियल इस्टेट कर्जा बढ्न थाल्दा व्यक्तिगत आवासीय शिर्षकको कर्जा प्रवाह भने सुस्त देखिएको छ

367B408218B985F-icon.png
509views
FB68CCC54E723D0-1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

काठमाडौं । लामो समयदेखि बढ्न नसकेको रियल इस्टेट शिर्षकको कर्जा बढ्न थालेको छ । 

चालु आर्थिक वर्षको पहिलो आठ महिना (साउन–फागुन)मा रियल इस्टेट शिर्षकको कर्जा ८.२ प्रतिशतले बढेको छ । जबकी, गत वर्षको सोही अवधिमा यस्तो वृद्धि –०.५ प्रतिशत ऋणात्मक थियो । 

गत वर्ष रियल इस्टेट शिर्षकमा बैंक तथा वित्तीय संस्थाहरुबाट नयाँ कर्जा प्रवाहभन्दा बढी पुरानो कर्जा असुली भएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आठ महिनाको अवधिमा रियल इस्टेट शिर्षकमा २२ अर्ब नौ करोड रुपैयाँ कर्जा थपिएको छ । गत वर्षको सोही अवधिमा एक अर्ब ३० करोड ऋणात्मक थियो ।

रियल इस्टेट कर्जा बढ्न थाल्दा व्यक्तिगत आवासीय शिर्षकको कर्जा प्रवाह भने सुस्त देखिएको छ । गत वर्षको पहिलो ८ महिनामा व्यक्तिगत आवासीय रियल इस्टेट कर्जा १०.४ प्रतिशतले थपिएकोमा यस वर्षको सोही अवधिमा ४.४ प्रतिशतले मात्र वृद्धि देखिन्छ ।

आठ महिनाको अवधिमा व्यक्तिगत आवासीय कर्जा १६ अर्ब ८६ करोड रुपैयाँ थपिएको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा ३६ अर्ब ३५ करोड रुपैयाँले बढेको थियो ।

यस वर्ष व्यक्तिगत आवासीय र रियल इस्टेट कर्जा समग्रमा बढेको देखिन्छ । आठ महिनाको अवधिमा व्यक्तिगत आवासीय र रियल इस्टेट कर्जा कुल ३८ अर्ब ९६ करोड प्रवाह भएको छ । 

गत वर्षको सोही अवधिमा ३५ अर्ब पाँच करोड रुपैयाँ प्रवाह भएको थियो ।

रियल इस्टेट शिर्षकतर्फ रेसिडेन्सियल रियल इस्टेट (२ करोडसम्मको व्यक्तिगत आवासीय कर्जाबाहेक) र जग्गा खरिद तथा प्लटिङ कर्जाको वृद्धिदर ऋणात्मक देखिन्छ । 

कमर्सियल कम्पलेक्स तथा रेसिडेन्सियल अपार्टमेन्ट निर्माण, आम्दानी सिर्जना गर्ने कमर्सियल कम्पलेक्स र अन्य रियल इस्टेट शिर्षकको कर्जामा बढोत्तरी आएको छ ।

अन्य शिर्षकमा मात्रै १७ अर्ब ४७ करोड रुपैयाँ कर्जा थपिएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । ग्राहकले कुनै स्पेशल प्रयोजन नखुलाई लिएको ५० लाखभन्दा माथिको घरजग्गा कर्जा दुई अर्ब २५ करोडले बढेको छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

F853A36D612DD46-EPS Sheets .jpg

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

D1A87D30557B21E-planing.jpg

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

0BE5EFE210B8793-845F41975B5239A-457805888_1058533425842663_1549223094168763092_n.jpg

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने