‘सिंगल डिजिट’मै झर्‍यो घरकर्जाको ब्याजदर

नबिल बैंकले ७ वर्षसम्म स्थिर रहने गरी ९.९९ प्रतिशत फिक्स ब्याजदरमा घरकर्जा योजना ल्याएको छ । सुलभ ब्याजदरको ‘नबिल ढुक्क घरकर्जा’ योजनामार्फत ३० वर्षसम्मका लागि कर्जा लिन सकिने छ ।

367B408218B985F-icon.png
4179views
8535F5EB07FED17-LoweredInterestRates.jpg

काठमाडौं । बचतसँगै कर्जाको ब्याजदर घटाउन बैंक तथा वित्तीय संस्थाहरुबीच प्रतिस्पर्धा चल्न थालेको छ । अहिले कतिपय वाणिज्य बैंकले घरकर्जाको ब्याजदर ‘सिंगल डिजिट’मा झारिसकेका छन् ।

नबिल बैंकले ७ वर्षसम्म स्थिर रहने गरी ९.९९ प्रतिशत फिक्स ब्याजदरमा घरकर्जा योजना ल्याएको छ । सुलभ ब्याजदरको ‘नबिल ढुक्क घरकर्जा’ योजनामार्फत ३० वर्षसम्मका लागि कर्जा लिन सकिने छ । 

बैंकमा चरम तरलता अभाव सिर्जना भएपछि गत वर्ष वाणिज्य बैंकहरुकै कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पुगेको थियो । अहिले विकास बैंककै कर्जाको ब्याजदर ११/१२ प्रतिशत बिन्दूमा झरिसकेको छ ।

ब्याजदर घटेसँगै घरजग्गा क्षेत्रमा कर्जा लगानी बढ्ने र लामो समयदेखि सुस्ताएको घरजग्गा कारोबारमा सुधार आउने अपेक्षा गरिएको छ । राष्ट्र बैंकले पनि घरजग्गा क्षेत्रमा जाने कर्जा प्रवाहमा सहजीकरण गरेको छ । पहिलो त्रैमासिक मौद्रिक समिक्षामार्फत राष्ट्र बैंकले घरजग्गा धितो कर्जाको जोखिमभार १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशत कायम गरेको छ ।

फिक्स रेटमा कम ब्याजदर

बैंक तथा वित्तीय संस्थाहरुले कम ब्याजदर कायम गरी फिक्स रेटको कर्जा योजना ल्याउन तछाडमछाड गरिरहेको देखिन्छ । यही क्रममा सिटिजन्स बैंक इन्टरनेशनलले १०.९९ प्रतिशत स्थिर ब्याजदरको घरकर्जा योजना ल्याएको छ । 

ऋणीले ७ बर्षसम्म एउटै १०.९९ प्रतिशत ब्याजदर तिरे पुग्छ । ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घरकर्जाले पार्नेछ सपना साकार’ योजना अन्तर्गत बैंकले यस्तो घरकर्जा स्किम ल्याएको हो ।

यस्तै, एनमबि बैंकले स्थिर ब्याजदरको ‘शुलभ घरकर्जा’ स्किम सार्वजनिक गरेको छ । बैंकले १० वर्षसम्मका लागि १०.४९ प्रतिशत स्थिर ब्याजदर (फिक्स रेट) को घरकर्जा योजना ल्याएको हो । 

‘हुनेछ सुरुवात समृृद्ध भविष्यको, जब बन्छ घर आफ्नै सपनाको’ भन्‍ने नारासहित बैंकले सस्तो ब्याजदरको घरकर्जा योजना ल्याएको जनाएको छ । यो स्किमले घर खरिद गर्न वा निर्माण गर्ने योजनामा रहेका ग्राहकहरु लाभान्वित हुनेछन् ।

ग्लोबल आइएमई बैंकले १०.९९ प्रतिशत स्थिर ब्याजदर घरकर्जा स्किम ल्याएको छ ।

‘ख’ बर्गको गरिमा विकास बैंकले ‘मेरो आफ्नै घर’ स्लोगन राखेर ११.९९ प्रतिशत फिक्स ब्याजदरमा घरकर्जा योजना ल्याएको छ । बैंकले आवश्यक सम्पूर्ण कागजात पेश गरेको दुई कार्यदिनमै ऋण स्वीकृत हुने जनाएको छ ।

यस्तै, कामना सेवा विकास बैंकले ११.८५ प्रतिशत ब्याजदरमा घरकर्जा योजना ल्याएको छ । ‘सपनामा हैन अब, वास्तवमै घर समृद्धिको सपनालाई कामना सेवाको भर’ सुलभ ब्याजदरको कर्जा योजना ल्याएको हो ।

कर्जा अवधि २५ वर्षसम्मको हुने र पहिलो घर खरिद गर्नेले ७० प्रतिशतसम्म कर्जा पाउने बैंकले जनाएको छ । यस्तो कर्जा अधिकतम दुई करोड रुपैयाँसम्म लिन पाइने छ ।

ब्याजदर घटबढबाट सधैँ चिन्तामा पर्ने ऋणीहरुले स्थिर ब्याजदरको घरकर्जा योजनाबाट लाभ लिन सक्नेछन् ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

FB68CCC54E723D0-1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

आठ महिनामा ८% थपियो रियल इस्टेट कर्जा, व्यक्तिगत घरकर्जा प्रवाह सुस्त

1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

पौने ७ खर्ब पुग्यो घरजग्गा कर्जा, रियल इस्टेट कर्जाको पनि माग बढ्दै

ECB6684F27D7131-A3CAC95E42F6450-8535F5EB07FED17-LoweredInterestRates.jpg

झनझन् सस्तिदै कर्जा, एक वर्षमै २.५३% घट्यो कर्जाको ब्याजदर