घरजग्गा बैनाको तमसुक लेख्दा ध्यान दिनुपर्ने कुराहरु (बैना कागजको नमूनासहित)

एक ठाउँमा मात्र पनि चुकियो भने तमसुक कमजोर बन्छ । भोलि केही गरी बिक्रेताले घरजग्गाको राजिनामा पास गरिदिएन र बैना रकम पनि दिन इन्कार ग¥यो भने कानुनी लडाईमा जानुपर्ने हुन्छ । कानुनी उपचार खोज्न जाँदा तमसुकमा आफु चुक्ने ठाउँ राख्न हुँदैन । त्यसैले चिनजानको भरपर्दो लेखनदासलाई तमसुक लेख्न लगाउँदा राम्रो हुन्छ । 

367B408218B985F-icon.png
12686views
47A6982983172F7-baina patta.jfif

यदि तपाईंले कुनै पनि घरजग्गा खरिद गर्दै हुनुहुन्छ भने सुरुमा केही रकम बैनावापत बिक्रेतालाई दिनुपर्ने हुन्छ । यसरी बिक्रेतालाई केही रकम दिएपछि त्यसको बैनाबट्टा कागज (तमसुक) पनि लेख्नुपर्ने हुन्छ । तमसुक नगरी बैना रकम दिएमा पछि बिक्रेताले जालझेल गरेमा कानुनी लडाईं लड्न पाइँदैन।

बैना कागज लेख्दा निकै रित पु¥याएर लेख्नुपर्ने हुन्छ । एक ठाउँमा मात्र पनि चुकियो भने तमसुक कमजोर बन्छ । भोलि केही गरी बिक्रेताले घरजग्गाको राजिनामा पास गरिदिएन र बैना रकम पनि दिन इन्कार ग¥यो भने कानुनी लडाईमा जानुपर्ने हुन्छ । कानुनी उपचार खोज्न जाँदा तमसुकमा आफु चुक्ने ठाउँ राख्न हुँदैन । त्यसैले चिनजानको भरपर्दो लेखनदासलाई तमसुक लेख्न लगाउँदा राम्रो हुन्छ । 

हामी तपाईंलाई बैनाबट्टाको तमसुक लेख्दा ध्यान दिनुपर्ने कुराहरुका बारेमा जानकारी गराउँदै छौं ।

  • बैना रकमको तमसुक नेपाली कागजमा लेखिन्छ । सामन्यतया कानुनी कुराहरु नेपाली कागजमा लेख्नुपर्ने चलन छ । त्यसैले तपाईंले बैना गर्नुभन्दा पहिला ए–फोर साइजको नेपाली कागज किन्नुपर्छ । वा, तपाईंको लेखनदाससँग पनि नेपाली कागज हुन सक्छ ।
  •  बैना कागजमा लेख्दा पनि रित पु¥याउन जरुरी छ । तमसुक लेख्दा माथिपट्टी एक इञ्च, बायाँपट्टी डेढ इञ्च र पुछारमा १ इञ्च छाडेर लेख्नुपर्ने हुन्छ । 
  •  नेपाली कागजको एक साइडमा मात्र तमसुक लेख्नुहोला । किनभने, कानुनी कुराहरु जहिले पनि नेपाली कागजको एक साइडमा मात्र लेखिने गरिन्छ । अझ पछिल्लो समय बैना कागजको नमूना नै पाइन्छ । नमूनामा सम्बन्धित विवरण भरेमात्र पुग्छ ।
  • तमसुक लेख्दा कालो मसिको प्रयोग गर्नुपर्ने हुन्छ । कालो नउड्ने खालको मसी प्रयोग गरेर लेख्दा बढी सुरक्षित भइन्छ । लेख्दा केरमेट पनि गर्नु हुँदैन । जहाँ केरमेट वा डब्लिएर लेखिन्छ, त्यहाँ हस्ताक्षर वा औंठाछाप लगाउन नभुल्नुहोला ।
  • तपाईंले कम्प्युटरमा युनिकोडमा तमसुकको नमूना टाइप गरेर नेपाली कागजमा प्रिन्ट गरी हस्ताक्षर वा औंठाछाप पनि लगाउन सकिन्छ ।
  • बैनाको तमसुक लेख्न सुरु गर्दा ‘लिखितम धनीका नाममा’ भनेर लेख्न सुरु गर्नुपर्छ । र, जग्गा बिक्री गर्न लागेका व्यक्तिको तीन पुस्ता (हजुरबुवा, बुवा र जग्गाधनीको नाम) तमसुकमा लेख्नुपर्ने हुन्छ । अनि जग्गाधनीको स्थायी (नागरिकतामा उल्लेख) ठेगाना र हाल बसिरहेको ठाउँको डिटेल पनि उल्लेख लेख्नुपर्छ ।
  • जग्गाधनीको तीन पुस्ते र ठेगाना लेखिसकेपछि उसको नागरिकता नम्बर र उसको उमेर उल्लेख गर्न नभुल्नुहोला ।
  • सबै कुरा लेखिसकेपछि जग्गाधनीले बिक्री गर्न लागेको जग्गाको स्थान, कित्ता नम्बर, जग्गाको क्षेत्रफल उल्लेख गर्नुपर्छ । जग्गाको क्षेत्रफल पहाडमा भए आना, रोपनी र धेरै जग्गा रहेमा बिघामा उल्लेख गर्ने चलन छ । तराईतिर धुर, कठ्ठा विघामा उल्लेख गर्ने चलन छ । आफ्नो ठाउँमा चलनचल्तीमा भएअनुसार लेख्नुपर्ने हुन्छ ।
  • जग्गा बिक्री गर्नेको डिटेल लेखिसकेपछि अब किन्ने मान्छेको डिटेल उल्लेख गर्नुपर्छ । खरिदकर्ताको तीन पुस्ता (हजुरबुवा, बुवा र खरिदकर्ता) को नाम, स्थायी ठेगाना (नागरिकतामा उल्लेख), हाल बसिरहेको ठाउँ, नागरिकता नम्बर, उमेर उल्लेख गर्नुपर्छ । 
  • तमसुकमा खरिद–बिक्री गर्न लागेको जग्गाको प्रतिआना यति मूल्यमा (अंक र अक्षरमा), जग्गाको क्षेत्रफलअनुसार कुल मूल्य (अंक र अक्षरमा) मा घरजग्गा खरिद गर्न फलानो व्यक्ति (खरिदकर्ताको नाम) सहमत भएको भनेर उल्लेख गर्नुपर्छ । 
  •  तमसुकमा खरिदकर्ताले बैनाबट्टा बापत दिएको रकम अंक र अक्षरमा लेखी बिक्रीकर्ता (घरजग्गाधी)ले बुझिलिएको भनेर उल्लेख गर्नुपर्छ । तमसुकमा बैना रकम उल्लेख गरेपछि बाँकी दिन रकम पनि उल्लेख गर्नुपर्छ । यदि बैना रकम चेकबाट दिइएको हो भने चेकमा उल्लेखित नम्बर पनि लेख्दा राम्रो हुन्छ ।
  • तमसुक लेख्दा साक्षी राख्न भुल्नु हुँदैन । 
  • तमसुकमा जग्गा कति दिनभित्र पास गर्ने सहमति भएको त्यो पनि उल्लेख गर्न भुल्नु हुँदैन । सामान्यतया बैना गरेको ३५ दिनभित्र जग्गाको कारोबार क्लियर गरी राजिनामा पास गरिदिनुपर्ने चलन छ ।

यो पनि पढ्नुहोस: के हो अंशबण्डा ? बाबुआमाले छोराछोरीलाई अंश दिन्न भन्न पाउँछन् ?

  •  तमसुकमा उल्लेखित मितीमा जग्गा राजिनामा पास गरि नदिएमा यसै कागजलाई आधार मानि कानुन बमोजिक कारबाही होस् भनेर बिक्रेताको तर्फबाट लेख्नुपर्ने हुन्छ ।
  •  जग्गाधनी र खरिदकर्ताबीच अरु सर्तनामा भएका छन् भने पनि उल्लेख गर्नुपर्छ ।
  • इतिसम्बत लेखेर जुन दिन कागज गर्दै हुनुन्छ त्यो दिनको मिती स्पष्ट खुल्ने गरी लेख्नुपर्छ ।
  • पुछारमा जग्गाधनीको नाम लेखेर हस्ताक्षर गर्ने र दायाँ बायाँ औंठाछाप लगाउनुपर्छ ।
  • हामीले जुन ठाउँबाट तमसुक लेख्न सुरु गरेका छौं, त्यसको बायाँपट्टी जग्गाधनीको दस्ताखत गरेर दायाँ बायाँ औंलाको औंठाछाप लगाउनुपर्छ । जहाँ हामीले अंकहरु लेखेका छौं त्यहाँ पनि ल्याप्चे लगाएमा राम्रो हुन्छ ।
  • तमसुक कागजको बायाँपट्टि खाली छाडिएको भागमा साक्षीहरुको तीन पुस्ते नाम, उसको स्थाई र अस्थाई ठेगाना, उमेर लगायत लेखेर हस्ताक्षर गराउनुपर्छ । कम्तीमा बैनाबट्टा गर्दा देखेका दुई जनालाई साक्षी राख्नुपर्ने हुन्छ । त्यो भन्दा बढी पनि साक्षी राख्नुपर्छ ।
  • साक्षी बसेका व्यक्तिको नामभन्दा तल्तिर तमसुक लेख्ने व्यक्तिको नाम, ठेगाना लेख्नुपर्छ । कानुन व्यवसायीलाई तमसुक लेख्न लगाउनुभएको छ भने उहाँको नाम, ठेगाना र प्रमाणपत्र नम्बर उल्लेख गर्नुपर्ने हुन्छ । उहाँको मोबाइल नम्बर पनि उल्लेख गर्दा राम्रो हुन्छ । तपाईं आफै वा अरु कोही लेख्दै हुनुहुन्छ भने पनि लेखनदासको नाम,थर र ठेगाना लेख्नुहोस् ।
  • अन्त्यमा, यो बैनाबट्टा कागज खरिद-बिक्री हुन लागेको जग्गा भएको वडामा गएर तमसुक दर्ता गर्नुपर्ने हुन्छ । यसो हुँदा बढी सुरक्षित मानिन्छ । वडामा दर्ता नगरेको खण्डमा  भोलि जालझेल भएको खण्डमा अदालत जाँदा कानुनी रुपमा कमजोर भइन्छ । खरिदकर्ताले बिक्रीकर्तालाई वडामा लगेर त्यहाँको ढड्डामा तमसुकको विवरण उल्लेख गरी हस्ताक्षर र औंठा छाप लगाउन नभुल्नुहोला ।  

बैना कागजको नमूना:

यो पनि पढ्नुहोस: 

यस्तो अवस्थामा दिनु पर्दैन श्रीमतीलाई सम्पत्ति !

यी हुन् घडेरी किन्दा विचार पुर्‍याउनुपर्ने कानुनी कुराहरू

अंशियारको मञ्जुरी नलिई सगोलको सम्पत्ति बेच्न पाइन्छ त ? यस्तो छ कानुनी व्यवस्था

 

 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

D1A87D30557B21E-planing.jpg

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

0BE5EFE210B8793-845F41975B5239A-457805888_1058533425842663_1549223094168763092_n.jpg

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?