घरलाई सुन्दरतामा आकर्षक भर्याङको पनि भूमिका रहन्छ । भर्याङ विभिन्न किसिमका सामाग्री र थरीथरीको डिजाइनमा बनाउन सकिन्छ । अहिले आर्किटेक्चर इञ्जिनियरहरुले तपाईंको घरलाई सुहाउने भर्याङको डिजाइन तयार पारिदिन्छन् ।

घरलाई सुन्दरतामा आकर्षक भर्याङको पनि भूमिका रहन्छ । भर्याङ विभिन्न किसिमका सामाग्री र थरीथरीको डिजाइनमा बनाउन सकिन्छ । अहिले आर्किटेक्चर इञ्जिनियरहरुले तपाईंको घरलाई सुहाउने भर्याङको डिजाइन तयार पारिदिन्छन् ।
हामीले भर्याङ बलियो बनाएर मात्र पुग्दैन, आकर्षक देखाउन सिढीहरु काठ, मार्बल, ग्रेनाइट, ढुंगा लगायतले सजाउनुपर्ने हुन्छ । अहिले नेपालमा भर्याङमा बढी प्रयोग गरिने सजावटका निर्माण सामाग्री पनि यीनै हुन् । यी सजावटका सामाग्रिको विशेषता र मूल्य पनि फरक फरक रहेको केएसएम इञ्जिनियरिङका सञ्चालक निरपेश तण्डुकार बताउँछन् ।
हामी तपाईंलाई काठ र मार्बल/ग्रेनाइटको फाइदा र बेफाइदाका बारेमा चर्चा गर्दै छौं ।
मार्बल/ग्रेनाइटको भर्याङ
अहिले भर्याङमा सर्वाधिक चलेको मार्बल र ग्रेनाइट हो । कतिपयले नेपाली प्राकृतिक ढुंगाहरु पनि प्रयोग गर्ने गरेका छन् । भर्याङको खुड्किला (टेक्ने ठाउँ र हाईट)मा आफुलाई मन पर्ने कलरको मार्बल वा ग्रेनाइट राख्न सकिन्छ । मार्बलको तुलनामा ग्रेनाइट अलि महंगो पर्ने हुनाले धेरैजसोले मार्बल नै प्रयोग गर्ने गरेको पशुपति मार्बलका म्यानेजर रामचन्द्र मरहठ्ठा बताउँछन् ।
उनी थप्छन्, ‘ग्रेनाइट बलियो पनि हुन्छ । आर्थिक क्षमताले भ्याए भर्याङमा ग्रेनाइट लगाउँदा हुन्छ । नत्र मार्बल पनि बलियो र आाकर्षक नै देखिन्छ । नेपालमा मार्बल र ग्रेनाइट भारतको राजस्थानबाट आउने गर्छ ।
मार्बल/ग्रेनाइटको भर्याङका फाइदाहरु
मार्बल/ग्रेनाइट भर्याङमा राख्दाका बेफाइदा
यसका फाइदा मात्र छैनन् केही बेफाइदा पनि छन् । हामीले भ¥याङ मार्बल वा ग्रेनाइट राख्दाका बेफाइदाबारे पनि जानकारी गराउँदै छौं ।
मार्बल र ग्रेनाइटमा पनि फरक फरक विशेषता हुन्छन् । मार्बल र ग्रेनाइट दुबै ढुंगा हुन् । मार्बल र ग्रेनाइटमा ‘हार्डनेस’, बुट्टा र मूल्यमा फरक हुन्छ । ग्रेनाइट अलि बलियो, बुट्टा पनि आकर्षक र साइनिङ पनि बढी आउने हुन्छ । र, मूल्य पनि अलि बढी नै पर्छ । मार्बलको साइज ठूलो हुन्छ, ग्रेनाइटको अलि सानो हुन्छ । ग्रेनाइट पोलिस भएर आउँछ भने मार्बल पोलिस भएर आउँदैन ।
मार्बल र ग्रेनाइटको मूल्य
ग्रेनाइट र मार्बल दुबैको कलर, बुट्टा र साइनिङ अनुसार मूल्य फरक फरक हुन्छ । बढी कलरफुल, बुट्टेद्धार र साइनिङ आउने मार्बल र ग्रेनाइटको मूल्य बढी हुने पशुपति मार्बलका म्यानेजर मरहठ्ठाले बताए ।
उनका अनुसार मार्बल प्रतिबर्गफिट १५० देखि ४ हजार रुपैयाँसम्म पर्छ । यसको साइजमा नभएर कलर र साइनिङले मूल्यमा फरक पार्ने हो । मार्बल १२/१३ एमएम मोटाईमा पाइन्छ । अहिले बजारमा सबैभन्दा बढी बिक्री हुने मार्बल १५० देखि २५० रुपैयाँसम्मको मार्बल हो ।
ग्रेनाइटको मूल्य प्रतिबर्गफिट २ सयदेखि ५ हजार रुपैयाँसम्म पर्छ । यो पनि सबैभन्दा बढी बिक्री हुने भनेको २०० देखि ५०० सय बर्गफिट मूल्यसम्मको हो । बजारमा ग्रेनाइट १७/१८ एमएम मोटाईमा आउने मरहठ्ठाले बताए ।
यदि तपाईं अलि महंगो खालको मार्बल लगाउन खोज्नुभएको छ भने पनि अप्सन छन् । अलि महंगो र सुन्दर मार्बल खोज्नेका लागि इटालियन मार्बल उपलब्ध रहेको उनले बताए । यो मार्बल तारे होटल र ठूला कर्पोरेट अफिसमा बढी प्रयोग हुन्छ । यसको मूल्य प्रतिबर्गफिट ७५० देखि १० हजारसम्म पर्ने उनको भनाई छ ।
काठको भर्याङ
पछिल्लो समय घरको कोठा, भित्तादेखि भर्याङसम्म काठको पार्केट लगाउने चलन ह्वात्तै बढेको छ । प्राकृतिक काठको प्रयोगले कोठा तथा भर्याङको सुन्दरता बढाउनुका साथै कोठा तथा भ¥याङ तातो बनाउन पनि मद्दत गर्छ । घरको सजावटमा काठको प्रयोग बढ्दै गइरहेको फ्लोरिङको काम गर्ने यति पोलिकेम कम्पनीका सन्तोष श्रेष्ठ बताउँछन् ।
चिसो हावापानी भएको ठाउँमा काठको भ¥याङ उपयुक्त हुन्छ । काठ यस्तो सामाग्री हो जसको प्रयोगले साँघुरो ठाउँमा पनि मिलाएर चिटिक्कको भर्याङ बनाउन सकिन्छ । आन्तरिक सजावटको हरेक पक्षमा काठले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । बजारमा थुप्रै प्रकारको काठ पाइन्छन्, हामीले आर्थिक क्षमता हेरेर काठ खरिद गर्न सकिन्छ ।
काठको भर्याङको फाइदाहरु
काठको भर्याङको बेफाइदाहरु
काठको पार्केट लगाउँदा कति खर्च हुन्छ ?
अहिले बजारमा सुलभ मूल्यमै थरीथरीका रेडिमेट पार्केट किन्न सकिन्छ । बजारमा चीन, कोरिया लगायत मुलुकबाट रेडिमेट लेमिनेटेड पार्केटिङ आउँछन् । रेडिमेट खोलभित्र भुस खाँदेर बनाइएको पार्केट हेर्दा ठ्याक्कै काठजस्तै देखिन्छ । र, यो काठभन्दा धेरै सस्तो पनि पर्न आउँछ । अहिले धेरैले कोठा र भ¥याङमा रेडिमेट लेमिनेटेड पार्केट प्रयोग गर्ने गरेको होम डेकर कम्पनीले बतायो ।
बजारमा रेडिमेट लेमिनेटेड पार्केटिङको मूल्य प्रतिबर्गफिट ८ एमएमको ११० देखि १५० रुपैयाँसम्म पर्छ । १२ एमएमको प्रतिबर्गफिट २२० रुपैयाँदेखि २७० रुपैयाँसम्म पर्ने होम डेकर कम्पनीको भनाई छ ।
नेपालकै काठबाट बनाइएको पार्केटिङ बिक्रेता कम्पनी मोडर्न पार्केट एन्ड डेकोरेटर्सका अनुसार सिसौको काठबाट बनाइएको पार्केट बढी बलियो हुन्छ । अहिले बजारमा सिसौको गुणस्तर अनुसार प्रतिबर्गफिट ८ एमएमको पार्केट लगाउँदा २ सयदेखि ३५० रुपैयाँसम्म पर्छ । यस्तै, १० एमएमको पार्केटिङ लगाउँदा प्रतिबर्गफिट २५० रुपैयाँदेखि ५५० रुपैयाँसम्म पर्छ । १२ एमएमको स्पेशल पार्केटिङ लगाउँदा ५५० रुपैयाँ प्रतिबर्गफिट पर्न आउँछ ।
बजारमा काठकको मोटाई, गुणस्तर र काठको प्रकृति अनुसार प्रतिबर्गफिट २ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म पर्ने व्यवसायी बताउँछन् । बजारबाट रेडिमेट पार्केट खरिद नगरी काठ किनेर घरमै पार्केटिङ गर्न पनि सकिन्छ । काठको काम गर्ने मिस्त्रीहरुले काठलाई चिरेर बुट्टेद्धार बनाई तपाईंले चाहेको डिजाइनमा ढालेर भ¥याङमा काठले सजाइदिन सक्छन् ।