चितवनमा साढे दुई तले घर बनाउँदा कति खर्च लाग्छ ?

हामी चितवन जिल्लामा एक हजार स्क्वयार फिटमा अढाई तलाको मध्यम खालको घर बनाउन कति खर्च लाग्छ भनेर चर्चा गर्न गइरहेका छौं । हामीले चर्चा गर्न लागेको घरमा ग्राउन्ड र पहिलो तलामा ४/४ कोठा र टपमा दुईवटा कोठा र एउटा बाथरुम हुनेछन् ।

367B408218B985F-icon.png
2525views
B8E475AC3F92E89-Home.jpg

के तपाईं चितवनमा घर बनाउँदै हुनुहुन्छ ? घर बनाउन सुरु गर्नुभन्दा अघि तपाईंलाई कति खर्च लाग्छ भनेर अनुमानित लागत थाहा हुनुपर्छ । यसका लागि सम्बन्धित क्षेत्रका इञ्जिनियरसँग परमार्श लिन सकिन्छ ।

यसअघि हामीले काठमाडौं उपत्यकाभित्र एक तले र अढाई तले घर बनाउँदा कति खर्च लाग्छ भनेर चर्चा गरिसकेका छ । हामी चितवन जिल्लामा एक हजार स्क्वयार फिटमा अढाई तलाको मध्यम खालको घर बनाउन कति खर्च लाग्छ भनेर चर्चा गर्न गइरहेका छौं । 

हामीले चर्चा गर्न लागेको घरमा ग्राउन्ड र पहिलो तलामा ४/४ कोठा र टपमा दुईवटा कोठा र एउटा बाथरुम हुनेछन् । चितवनको निर्माण कम्पनी एसवान ग्रुप अफ कम्पनीसँग कुराकानी गरेर अढाई तलाको घर निर्माणमा लाग्ने खर्चको अनुमानित लागत निकालेका छौं ।

सिमेन्ट : ८ लाख

घर बनाउँदा दुई प्रकारको सिमेन्ट प्रयोग गरिन्छ, ओपीसी र पीपीसी । सामन्यतया बिम र ढलानमा ओपीसी सिमेन्ट प्रयोग गरिन्छ भने गाह्रो लगाउन र प्लास्टर गर्न पीपीसी सिमेन्ट प्रयोग गरिन्छ । ओपीसी सिमेन्टको तुलनामा पीपीसी अलि सस्तो पनि हुन्छ । 

अढाई तलाको घर बनाउँदा एक हजार बोरा सीमेन्ट खपत हुन्छ जसमध्ये ५ सय बोरा ओपीसी र ५ सय बोरा पीपीसी । एसवान ग्रुप अफ कम्पनीका अध्यक्ष सुरज न्यौपानेका अनुसार तपाईंले चितवनमा अढाई तलाको घर बनाउँदा करीव ८ लाख रुपैयाँ सिमेन्टमा मात्र खर्च गर्नुपर्ने हुन्छ ।

बजारमा सिमेन्टको भाउ पनि तलमाथि भइरहन्छ । अहिले कोभीड महामारीका कारण निर्माण सुस्ताउँदा सिमेन्टको मूल्य पनि सस्तिाएको छ ।  

डन्डी : १२ लाख 

बलियो पक्की घर बनाउँदा फलामै डन्डी नभई हुँदैन । निर्माण व्यवसायी न्यौपानेका अनुसार अढाई तलाको घर बनाउँदा डन्डीमा मात्र झन्डै १२ लाख रुपैयाँ खर्च हुन्छ । 

बालुवा : २ लाख ५० हजार

घर बनाउँदा माटो नमिसिएको सफा बालुवा प्रयोग गर्नुपर्छ । सफा बालुवाको मूल्य अलि महंगो हुन्छ, माटो मिसिएको बालुवा अलि सस्तो मूल्यमा पनि पाउन सक्छ तर निर्माण बलियो हुँदैन । चितवनका निर्माण व्यवसायीहरुका अनुसार अढाई तलाको घर बनाउँदा साढे दुई लाख बालुवामा खर्च हुन्छ ।

गिट्टी : २ लाख ५० हजार

घर बनाउन गिट्टी नभई नहुने निर्माण सामाग्री हो । जति राम्रो गिट्टी हुन्छ त्यति नै गिट्टी, बालुवा र सिमेन्टको घोल राम्रो हुन्छ । त्यसैले गिट्टी किन्दा गुणस्तरमा ध्यान दिनैपर्छ ।

अढाई तलाको घर बनाउँदा करीव ८ टिप्पर गिट्टी खपत हुन्छ । अढाई तलाको घर बनाउँदा गिट्टीमा पनि साढे दुई लाख रुपैयाँ खर्च हुने न्यौपाने बताउँछन् । 

इँटा : ७ लाख 

घर बनाउँदा इँटा चाहियो नै । अढाई तलाको घरमा करीव ५० हजार पिस पोलेको रातो इँटा चाहिने बताइन्छ । न्यौपानेका अनुसार तपाईंले अढाई तलाको घर बनाउँदा इँटामा मात्रै ७ लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।

तर, पछिल्लो समय निर्माण क्षेत्रमा भएको विकाससँगै पोलेका इँटाको बिकल्पमा नयाँ प्रविधिका इँटा बजारमा आइसकेका छन् । पोलेका रातो इँटाको विकल्प एसीसी ब्लक र इन्टरलक इँटा हुन सक्छन् जसको मूल्य पनि कम पर्न जान्छ र गुणस्तर पनि अत्यन्तै राम्रो छ । 

यदि तपाईंले पोलेको इँटाको सट्टामा एसीसी ब्लक र इन्टरलक इँटा प्रयोग गर्नुभयो भने २० देखि २५ प्रतिशतसम्म सस्तो पर्न जान्छ । यी इँटाको गाह्रो लगाउँदा र प्लास्टर गर्दा पनि सिमेन्ट र बालुवाको मसला पनि कम खपत हुन्छ ।

काठको झ्याल/ढोका : ५ लाख

निर्माण व्यवसायी न्यौपानेका अनुसार अढाई तलाको घरमा काठको झ्याल ढोका राख्दा करीव ५ लाख रुपैयाँ हाराहारी खर्च लाग्छ । तर, पछिल्लो समय युपिभिसी र आल्मुनियमका झ्यालको प्रयोग बढ्दै गइरहेको छ । यदि तपाईंले काठको झ्यालको सट्टा युपिभिसी वा आल्मुनियमको झ्याल राख्नुभएमा खर्च कम लाग्न सक्छ । 

इलेक्ट्रिक एन्ड प्लम्बिङ : ७ लाख

मध्यम खालको अढाई तलाको घरमा विद्युतीकरण प्लम्बिङको काम सकाउन करीव ७ लाख रुपैयाँ खर्च लाग्ने न्यौपाने बताउँछन् । यो खर्चमा लेवर कस्ट पनि जोडिएको छ । 

यदि तपाईंले महंगो मूल्यका लाइट र पाइपहरु प्रयोग गर्नुभयो भने खर्च पनि बढी आउँछ । बजारमा सस्ता महंगा दुबै लाईट तथा पाइपहरु पाइन्छन् । 

रङरोगन : २ लाख ५० हजार

अढाई तलाको घरमा रंगरोगन गर्नका लागि २ लाख ५० हजार रुपैयाँजति खर्च लाग्छ । 

स्टिल रेलिङ : २ लाख 

घरको भर्‍याङदेखि बार्दलीसम्म रेलिङ राख्नुपर्ने हुन्छ । अढाई तलाको घरमा भ¥याङ, ब्रान्डमा स्टिलको रेलिङ राख्दा २ लाख रुपैयाँ खर्च हुने न्यौपाने बताउँछन् । 

टायल/मार्बल : ३ लाख

घरको भर्‍याङ, भान्छादेखि गल्लीमा टायल र मार्बल प्रयोग हुन्छ । अढाई तलाको घरमा टायल, मार्बल र ग्रेनाइट राख्न ३ लाख रुपैयाँ खर्च हुन्छ । यदि तपाईंले उच्चगुणस्तरको मार्बल, टायल र ग्रेनाइट राख्न चाहेमा यो भन्दा बढी खर्च हुन सक्छ । 

मोडुलर किचन : १ लाख ५० हजार

पछिल्लो समय मोडुलर किचन बढी चलनमा आएको छ । भान्छामा मार्बल, टायल र ग्रेनाइट प्रयोग हुन्छ । यसको मूल्य माथी नै जोडिन आइसकेको छ । तपाईंले आधुनिक मोडुलर भान्छा तयार गर्दा एक लाख ५० हजार रुपैयाँ खर्च लाग्छ । भान्छामा जति बढी फर्निसिङ गर्न खोज्यो त्यति नै बढी खर्च निस्कने हो ।

ठेकेदारको ज्याला : १२ लाख

घर बनाउन निर्माण सामाग्री किनेर मात्र हुँदैन । राम्रो कन्स्ट्रक्सन कम्पनीलाई निर्माणको जिम्मा लगाउनु पर्छ । अढाई तलाको घर बनाउन ठेकेदार कम्पनीले १२ लाख रुपैयाँ ज्याला लिने न्यौपाने बताउँछन् । 

यसरी चितवनमा एउटा मध्यम खालको अढाई तलाको घर निर्माणका लागि ६५ लाख रुपैयाँ खर्च लाग्ने न्यौपानेको अनुभव छ । 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

D14BB14240BCF85-fiber.jpg

आइएमई समूहको डेढ अर्ब लगानीमा फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा आउँदै

1B4A85104F3B6D9-A697CD1AFE3C67D-3.jpeg

रारामा डेढ अर्बमा मोनोरेलसहितको लक्जरी रिसोर्ट निर्माण थालनी

0886034751A7616-085EC2A2DA9E4F0-daln 1.jpg

घरमा बलियो ढलान कसरी गर्ने ? यी ७ सुझावहरु मनन गर्नुहोस्