घरमा बलियो ढलान कसरी गर्ने ? यी ७ सुझावहरु मनन गर्नुहोस्

घर बलियो र सुन्दर बन्न जग निर्माणदेखि फिनिसिङसम्म उत्तिकै ध्यान दिनुपर्छ । निर्माण सामाग्री गुणस्तरीय भएर मात्र हुँदैन, निर्माण कार्य पनि उत्तिकै अब्बल हुनुपर्छ

367B408218B985F-icon.png
1730views
0886034751A7616-085EC2A2DA9E4F0-daln 1.jpg

काठमाडौं । के तपाईं घर बनाउँदै हुनुहुन्छ ? जीवनभर मिहेनत गरेर आर्जन गरेको कमाइले बनाउने घर पक्कै पनि बलियो र सुन्दर होस् भन्ने चाहनुभएको होला । 

घर बलियो र सुन्दर बन्न जग निर्माणदेखि फिनिसिङसम्म उत्तिकै ध्यान दिनुपर्छ । निर्माण सामाग्री गुणस्तरीय भएर मात्र हुँदैन, निर्माण कार्य पनि उत्तिकै अब्बल हुनुपर्छ ।

आधुनिक घरमा कंक्रिट ढलान गरिएको हुन्छ । कंक्रिट ढलान बलियो नभए घर बलियो हुँदैन । 

हामीले शहरी विकास तथा भवन निर्माण विभागले कंक्रिट ढलान गर्दा अपनाउनुपर्ने सातवटा महत्वपूर्ण पक्षबारे जानकारी गराउँदै छौं ।

१) कंक्रिट ढलान मिश्रण कार्य
क) ढलान कार्यको लागि कंक्रिट तयार गर्दा सिमेन्ट, बालुवा, गिट्टी, र पानीलाई तोकिएको अनुपातमा कंक्रिट मिक्स्चर मेसिनमा न्यूनतम दुई मिनेटसम्म मिश्रण गर्नुपर्छ ।

ख) राम्रोसँग मिश्रण नगर्दा कंक्रिटको क्षमता कमजोर हुन गई भूकम्पका बेला भवन भत्किन वा क्षति हुनसक्छ ।

ग) कंक्रिट मसला तयार गर्दा कंक्रिट ग्रेड अनुसार तालिका १ मा देखाइए अनुसार सिमेन्ट, बालुवा र गिट्टीको अनुपात मिलाउनुपर्छ  ।

घ) कंक्रिट मिक्स्चर मेसिन प्रयोग गर्न नसकिने ठाउँमा हातले कंक्रिटको मिश्रण तयार गर्न सकिन्छ । यसरी कंक्रिटको मिश्रण तयार गर्दा १० प्रतिशतभन्दा बढि सिमेन्ट प्रयोग गर्नुपर्छ ।

२) पानी र सिमेन्टको अनुपात
क) कंक्रिट मिश्रणमा प्रयोग गरिने पानी र सिमेन्टको अनुपात कंक्रिटको क्षमताका लागि सबैभन्दा महत्वपूर्ण हुन्छ ।

ख) मसला बनाउँदा पानीको मात्रा कम भएमा नमोलिने समस्या हुन्छ, बढी भएमा मोल्न र खन्याउन सजिलो भएता पनि क्षमता कमजोर हुन्छ । त्यसैले पानीको मात्रा प्राविधिकबाट तोकिएअनुसार भए/नभएको विषयमा ध्यान दिनुपर्दछ ।

ग) सामान्य कंक्रिट मिश्रण तयार गर्दा राख्नुपर्ने पानीको मात्रा तालिका १ मा उल्लेख गरिएको छ।

३) कंक्रिट ढलान, मसला राख्ने र खाँद्ने कार्य
क) ढलान कार्यको लागि जग, भित्ता, पिलर, बिम, स्ल्याब इत्यादिको फर्मामा कंक्रिट खनाउँदा १.५ मिटर (करिब ५ फिट) भन्दा माथिबाट खन्याउनु हुँदैन। यदि यसो गरेमा कंक्रिटबाट गिट्टी अलग भई कंक्रिटको भारवहन क्षमतामा कमी आउँछ ।

ख) ३० मिनेट भन्दा बढीको फरकमा कंक्रिट ढलान कार्य गर्नुपर्ने भएमा निर्माण जोर्नी राखेर मात्रै गर्नुपर्छ ।

ग) पुरानो कंक्रिट ढलान कार्यमा नया ढलान गर्नुपरेमा सिमेन्टको घोला राखेर मात्रै गर्नुपर्छ ।

घ) कंक्रिट खन्याउने वा राख्ने र खाँद्ने कार्य सुपरिवेक्षण परामर्शदाताको प्रत्यक्ष निगरानीमा गर्नुपर्छ ।

ङ) कंक्रिट राखिसकेपछि ढलान गरिएको पूरै खण्डमा खाँद्ने कार्य गर्नुपर्दछ। फर्माको सबै कुनामा र फलामे डण्डीको वरिपरि मसला राम्मरी बस्ने गरी खाँद्नुपर्छ ।

च) खाँद्नका लागि भाइब्रेटर प्रयोग गर्नुपर्छ । बिम, पिलर र जगमा निडल भाइब्रेटर र कम मोटाइ भएका स्ल्याबमा सर्फेस भाइब्रेटर प्रयोग गर्नु उपयुक्त हुन्छ ।

छ) भाइब्रेसन बढी भएमा मसलाबाट गिट्टी छुट्टिन सक्छ । त्यसैले आवश्यकतानुसार भाइब्रेसन गर्नुपर्छ ।

४) क्यूरिङ गर्ने कार्य
क) कंक्रिट ढलानपछि बाहिरी सतह भिजाइ राख्ने वा चिस्यान कायम राखिराख्ने कार्यलाई क्यूरिङ भनिन्छ । कम्तीमा १४ दिनसम्म कंक्रिटलाई क्यूरिङ गर्नुपर्छ ।

ख) ढलान गरिसकेपछि मसला बिस्तारै कडा हुदै जान्छ र मसला कडा हुन थालेपछि क्यूरिङ गर्नुपर्दछ । प्रायः ढलान गरेको २४ घन्टापछि क्यूरिङ गर्नुपर्छ ।

ग) समयमै बाहिरी सतहमा चिस्यान कायम नगरिएमा कंक्रिट ढलानको सतहमा चिरा पर्ने र गुणस्तरमा ह्रास आउन सक्छ ।

घ) कंक्रिट गरिएको भागको बाहिरी सतहलाई सुख्खा हुन नदिन जुटको बोराले छोप्नुपर्छ । हावाले नसुक्ने गरी चिस्यान कायम राख्न पटक–पटक पानी हाल्नुपर्छ ।

ङ) छत तथा भूइँमा पानी जमाएर र पिलर तथा सियर वालमा जुटको बोरा प्रयोग गरी चिस्यान कायम गर्नुपर्छ ।

५) कंक्रिट गरिएको सतह मर्मत गर्ने कार्य
क) फर्मा निकालिसकेपछि ढलान गरिएको सतहमा कुनै खराबी भए/नभएको सुपरिवेक्षण परामर्शदाताबाट निरीक्षण गराउनुपर्छ ।

ख) फर्मा निकालेपछि निरीक्षण गर्दा कंक्रिट सतहमा खाल्टो, हनिकम वा कुनाहरू चोइटिएको देखिएमा सिमेन्ट र बालुवाको मसला तयार गरी मर्मत गर्नुपर्छ ।

ग) निरीक्षणका क्रममा कंक्रिट सतह वा जोर्नीमा निकै ठूलो खाली भाग, प्वाल वा फलामे डण्डी समेत देखिएको छ भने विशेष मर्मत कार्य गर्नुपर्छ । यसका लागि सुपरिवेक्षण परामर्शदाताको प्राविधिक परामर्शमा इंजेक्शन ग्राउटिंग वा शटक्रेटिंगजस्ता उपाय अपनाउनुपर्छ ।

६) कंक्रिटको भारवहन क्षमता
क) कंक्रिटको भारवहन क्षमता भन्नाले कुनै चिरा देखा पर्नु अघि कंक्रिटले थिचाइ वा संकुचन थेग्न सक्ने अधिकतम भारवहन क्षमता भनी बुझ्न सकिन्छ ।

ख) भारवहन क्षमताले कुनै निश्चित सामग्री वा संरचनात्मक तत्वका भारहरू थेग्न सक्ने क्षमतालाई बुझाउँछ ।

ग) ढलान कार्यमा प्रयोग हुने कंक्रिटको भारवहन क्षमता कंक्रिट तयार गर्न प्रयोग गरिएको सिमेन्ट, बालुवा, गिट्टी र पानीको अनुपात, गुणस्तर, खँदिलोपना, क्यूरिडको अवधि इत्यादिमा भर पर्छ ।

घ) सुरक्षित भवन निर्माणका लागि नेपाल राष्ट्रिय भवन संहिता पालना प्रवद्र्धन, परियोजनाले संशोधन गरेको नयाँ भवन निर्माण कार्यविधि अनुसार भवनमा प्रयोग हुने कंक्रिटको क्षमता अनिवार्य परीक्षण गरिनुपर्छ । परीक्षणका लागि चाहिने कंक्रिटको नमुना १५ सिएएम इन्टु १५ सिएम इन्टु १५ सिएमको क्युबमा ढलान गर्ने दिन तयार गर्नुपर्छ । परीक्षण नमुना तयार गददिखि परीक्षण गर्ने समयसम्म क्षमता परीक्षण मापदण्ड अनुसार तयार गरी सुरक्षित राख्नुपर्छ ।

७) फर्मा खोल्ने कार्य
क) कंक्रिट जमिसकेपछि वा सेट भइसकेपछि कंक्रिट संरचनामा धक्का लाग्ने वा अन्य किसिमको क्षति नपुग्ने गरी सावधानीपूर्वक फर्मा खोल्नुपर्छ ।

ख) फर्मा खोल्दा पहिला कुन खण्डको फर्मा खोल्ने भन्ने कुरामा विचार गर्नुपर्छ ।
 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

D14BB14240BCF85-fiber.jpg

आइएमई समूहको डेढ अर्ब लगानीमा फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा आउँदै

7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

बैंकबाट नयाँ कर्जा लिनेभन्दा पुरानो चुक्ता गर्ने धेरै, घरजग्गा रोक्काभन्दा फुकुवा बढी

78228667A045DE1-IMG-20250204-WA0019.jpg

यस्तो बन्दैछ वीरगञ्जमा लक्जरी कोलोनी ‘सुख भिल्लाज’, मूल्य पौने २ करोडबाट सुरु