यस्तो बन्दैछ वीरगञ्जमा लक्जरी कोलोनी ‘सुख भिल्लाज’, मूल्य पौने २ करोडबाट सुरु

यही सुख र खुशी प्राप्त गर्न सक्ने गरी वीरगञ्जमा हाउजिङ परियोजना सुख भिल्लाज निर्माण भइरहेको छ, जहाँ मान्छेले मोडर्न डिजाइनका आलिसान घर र विलासी सेवा सुविधाहरु उपभोग गर्न पाउनेछन्

367B408218B985F-icon.png
1159views
78228667A045DE1-IMG-20250204-WA0019.jpg

काठमाडौं । सुखको यहि नै परिभाषा भन्ने छैन । यसमा मनोवैज्ञानिक तथा विश्लेषकहरुको आआफ्नै तर्क हुन सक्छन् । सुखलाई कतिपयले आत्मसन्तुष्टीसँग जोडेर हेर्छन् । आफुले चाहेको चिज प्राप्त गर्नुलाई पनि सुखका रुपमा लिइन्छ । 

कतिपयले धन, सम्पत्ती र ऐस आरामलाई सुखसँग तुलना गर्छन् । सुखलाई आत्माको शान्ती पनि भन्ने गरिन्छ । खुशी प्राप्त हुने पनि एक किसिमको सुख नै हो । भव्य बंग्लोमा विलासी सुविधाहरु उपभोग गरेर बस्नुलाई सुखको मानक पनि ठान्ने गरिन्छ ।

खासमा, सुखको अर्थ अत्यन्तै वृहत देखिन्छ । यही वृहत अर्थलाई आत्मसात् गर्दै वीरगञ्जमा ‘सुख भिल्लाज’ निर्माण सुरु भएको छ । घर त्यो हो, जहाँ मन बस्छ । जहाँ मन बस्छ, त्यहाँ आत्मसन्तुष्टी मिल्छ । आत्माको सन्तुष्टी नै एक अर्थले सुख हो । 

हो, यही सुख र खुशी प्राप्त गर्न सक्ने गरी वीरगञ्जमा हाउजिङ परियोजना सुख भिल्लाज निर्माण भइरहेको छ, जहाँ मान्छेले मोडर्न डिजाइनका आलिसान घर र विलासी सेवा सुविधाहरु उपभोग गर्न पाउनेछन् । अर्थात्, मन बस्ने घर बनाइँदै छ ।  

वीरगञ्जमा साढे तीन विगाहा क्षेत्रफलमा हाउजिङ कोलोनी निर्माण सुरु गरिएको छ । परियोजनाभित्र १०४ घर बनाउने योजना रहे पनि पहिलो चरणमा ७५ वटा घरहरु निर्माण गर्ने बताइएको छ ।

 

वीरगञ्जको मुटुमा अवस्थित आवास परियोजना समकालीन जीवनयापन र किफायती विलासिताको उत्तम मिश्रण प्रदान गर्ने आधुनिक आवास परियोजना भएको कम्पनीको भनाई छ । 

अहिले एक दर्जनभन्दा बढी घरको स्ट्रक्चर निर्माण सुरु भइसकेको छ । क्रमशः अरु घर पनि निर्माण सुरु गर्दै जाने कम्पनीले जाएको छ । कम्पनीले यो वर्षको अन्तिमसम्म परियोजना निर्माण सम्पन्न गरेर घरहरु हस्तान्तरण गर्ने लक्ष्य लिएको छ ।

अहिले निर्माणाधिन घरहरु धमाधम बुकिङ लिइरहेको कम्पनीका एक प्रतिनिधिले बताए । परियोजनाभित्र ८ देखि १२ धुर क्षेत्रफलसम्मका घरहरु निर्माण भइरहेको छ । घरको निर्माण क्षेत्रफल २२ सय ५० देखि तीन हजार ३० स्क्वायरफिटसम्म हुने बताइएको छ । घरको क्षेत्रफलअनुसार मूल्य पनि फरक फरक रहेको छ ।

सुख भिल्लाजमा पाँच प्रकारका घरहरु बन्दैछन्, जुन घरहरु फोर बेडरुम र फाइभ बेडरुम अप्सनमा उपलब्ध हुनेछन् । यहाँ बनेका घरको सुरुवाती मूल्य एक करोड ७६ लाख रुपैयाँ राखिएको छ । हाउजिङ परियोजनालाई सुविधा सम्पन्न बनाउन कुनै कसर बाँकी राखिएको छैन ।

हाउजिङका घरहरु चार र पाँच बिएचके हुनेछन् । जहाँ डाइनिङ हल, स्पेसियस किचेन, लेभिस लिभिङ रुम, कार पार्किङ लगायतका सुविधाहरु छन् । यहाँ बन्ने घरको बिल्ड अप एरिया २८ सय ३० स्क्वायर फिटसम्म हुने बताइएको छ ।

सुख भिल्लाजमा चौबिसै घण्टा सेकुरिटी, विद्यूत र पानीको व्यवस्था हुनेछ । यस्तै, जिम हल, हेल्थ सर्भिस, स्वीमिङ पुल, ब्यांक्वेट हल, कफी सप लगायतका सुविधाहरुीभत्रै हुनेछन् । मोडर्न इन्टेरियर डिजाइनका घरहरुले मान्छेलाई विलासीताको अनुभूति दिलाउने छ ।  

नेपालको सबैभन्दा छिटो विकास भइरहेको शहरहरुमध्येको एक वीरगञ्जमा अहिले धमाधम सुविधा सम्पन्न हाउजिङ तथा अपार्टमेन्ट निर्माण भइरहेका छन् ।

वीरगञ्जमा परिवार, पेशेवरहरु र लगानीकर्ताहरुलाई मध्यनजर गरी सुविधा सम्पन्न आवासहरुको सुख भिल्लाज कोलोनी निर्माण गर्न लागेको कम्पनीले जनाएको छ । 

कोलोनीमा प्रत्येक घरपरिवार र सामाजिक जमघटहरुको लागि फराकिलो बस्ने ठाउँ, उच्च गुणस्तरका सामाग्रीहरु र स्टाइलिस र आधुनिक फिनिसिङ, ल्यान्डस्केप बँगैचा, सामुहिक प्रयोगका लागि खुला ठाउँ, मनोरञ्जन सुविधाहरु पनि उपलब्ध छन् । 

सुख भिल्लाजले व्यवहारिक, सौन्दर्यशास्त्र र अतुलनीय मूल्यमा ध्यान केन्द्रित गर्दै जीवनशैलीलाई रुपान्तरणगर्दै आवश्यक सेवाहरुमा निर्वाध पहुँच सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।


 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

D14BB14240BCF85-fiber.jpg

आइएमई समूहको डेढ अर्ब लगानीमा फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा आउँदै

7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

बैंकबाट नयाँ कर्जा लिनेभन्दा पुरानो चुक्ता गर्ने धेरै, घरजग्गा रोक्काभन्दा फुकुवा बढी

C16C4FD0B2BFF2A-BAED24939FF09B3-72341AC35F689FE-562A455C1E8EB58-Tax-final.jpg

भद्रपुर मालपोतबाट सात महिनामा साढे ४४ करोड राजस्व संकलन