भद्रपुर मालपोतबाट सात महिनामा साढे ४४ करोड राजस्व संकलन

आर्थिक मन्दीका कारण घरजग्गा कारोबारमा उल्लेखनीय वृद्धि हुन नसकेकाले त्यसको प्रभाव राजस्व संकलनमा परेको देखिन्छ

367B408218B985F-icon.png
189views
C16C4FD0B2BFF2A-BAED24939FF09B3-72341AC35F689FE-562A455C1E8EB58-Tax-final.jpg

झापा । यहाँस्थित भूमिसुधार तथा मालपोत कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु ४४ करोड ५७ लाख ३७ हजार चार सय ५१ राजस्व संकलन गरेको छ । प्रमुख मालपोत अधिकृत राजेशप्रसाद पोखरेलका अनुसार सात महिनामा १७ हजार पाँच सय ६९ रजिष्ट्रेसन पारित भएका छन् ।

यसैगरी, मृत्युपछिको नामसारी पाँच सय ६७, घर कायम पाँच सय ८७, हाल साबिक अद्यावधिक नौ सय ८९, दाखिला खारेज एक सय ७१, संशोधन नौ सय १४, मोही बाँडफाँट ११, मोही नामसारी नौ र तीन सय ७० जनाको मोही लगत कट्टा भएको छ ।

प्रमुख पोखरेलले आर्थिक मन्दीका कारण घरजग्गा कारोबारमा उल्लेखनीय वृद्धि हुन नसकेकाले त्यसको प्रभाव राजस्व संकलनमा परेको बताए । उक्त कार्यालयले आव २०८०/८१ मा रु ८० करोड ५८ लाख १४ हजार पाँच सय ९२ राजस्व संकलन गर्दा ३६ हजार आठ सय ७५ थान रजिष्ट्रेसन पारित भएका थिए । रासस

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

B7002182355CA19-10EE07A48AD3C2F-kitta.jpg

चैतमा घरजग्गासँगै कित्ताकाट पनि बढ्यो, के अब नयाँ वर्षदेखि लय समाउला ?

7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

बैंकबाट नयाँ कर्जा लिनेभन्दा पुरानो चुक्ता गर्ने धेरै, घरजग्गा रोक्काभन्दा फुकुवा बढी

78228667A045DE1-IMG-20250204-WA0019.jpg

यस्तो बन्दैछ वीरगञ्जमा लक्जरी कोलोनी ‘सुख भिल्लाज’, मूल्य पौने २ करोडबाट सुरु