चैतमा घरजग्गासँगै कित्ताकाट पनि बढ्यो, के अब नयाँ वर्षदेखि लय समाउला ?

चैतमा घरजग्गा किनबेच र राजश्व संकलन पनि बढेको छ । एक महिनामा देशभर ४९ हजार ८३२ लिखत पारित भएका छन् भने चार अर्ब ३९ करोड ४७ लाख रुपैयाँ राजश्व संकलन भएको छ

367B408218B985F-icon.png
312views
B7002182355CA19-10EE07A48AD3C2F-kitta.jpg

काठमाडौं । चैतमा जग्गाको कित्ताकाट पनि बढेको छ । घरजग्गा कारोबार, राजश्व संकलनसँगै कित्ताकाट पनि बढेको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

चैत महिनामा कित्ताकाट एक लाख २२ हजार ६५८ पुगेका छन् । यो संख्या चालु आर्थिक वर्षकै उच्च हो । तर, गत वर्षको सोही महिनाको तुलनामा भने कम हो । गत चैतमा एक लाख ३१ हजार ५५८ कित्ताकाट भएको थियो ।

चैतमा घरजग्गा किनबेच र राजश्व संकलन पनि बढेको छ । एक महिनामा देशभर ४९ हजार ८३२ लिखत पारित भएका छन् भने चार अर्ब ३९ करोड ४७ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।

भूमि विभागका अनुसार साउनमा ९५ हजार ९८१, भदौमा ६१ हजार ३३२, असोजमा ७२ हजार ९५८, कात्तिकमा ७३ हजार ६८ कित्ताकाट भएका छन् ।

यस्तै, मंसिरमा एक लाख एक हजार ७४१, पुसमा एक लाख १५ हजार १३४, माघमा एक लाख १४ हजार २०६, फागुनमा एक लाख १२ हजार ३६२ र चैतमा एक लाख २२ हजार ६५८ कित्तकाट भएको विभागको तथ्यांक छ ।

कित्ताकाटमा पनि मोरङ, झापा र सुनसरी नै अगाडि

जग्गाको कित्ताकाटमा पनि पूर्वी नेपालका मोरङ, झापा र सुनसरी नै अग्रस्थानमा देखिएका छन् । चैतमा मोरङको बेलवारी क्षेत्रमा चार हजार ७२, झापाको भद्रपुरमा तीन हजार ९९०, सुनसरीको इनरुवामा तीन हजार ४८३, कैलालीको धनगढीमा तीन हजार ४०६, धनुषामा ३३ सय कित्ताकाट भएका छन् ।

यस्तै, सर्लाहीको मलंगवामा तीन हजार १५७, पर्सामा दुई हजार ५७८, ललितपुरमा दुई हजार ५७७, सप्तरीको राजविराजमा दुई हजार ५६१, भक्तपुरमा दुई हजार ४९४ कित्ताकाट भएका छन् ।

काभ्रेमा दुई हजार ४४०, कलंकी क्षेत्रमा दुई हजार ३८५, सिराहामा दुई हजार २९०, बाँकेको नेपालगञ्जमा दुई हजार २०४, चितवनको भरतपुरमा दुई हजार ८२, बाराको कलैयामा दुई हजार ६९, सुर्खेतमा दुई हजार ४९ कित्ताकाट भएका छन् ।

सिंजा, मुस्ताङ र मनाङ पछाडि

कित्ताकाटमा पनि जुम्लाको सिंजा, मुस्ताङ र मनाङ मालपोत कार्यालय नै सबैभन्दा पुछारमा रहेका छन् । चैतमा जुम्लाको सिंजा नराकोट, मुस्ताङ र मनाङमा चार/चार कित्ताकाट भएको विभागले जनाएको छ ।

खोटाङमा आठ, मुगुमा ३८, हुम्लामा ४७, ललितपुर गोटीखेलमा ५२, संक्रान्ती बजारमा ६०, जोगबुढामा ६२, इलामको मंगलबारेमा ७५, खिजीफलाटेमा ९७, सिर्दिवासमा ११८ कित्ताकाट भएको विभागको तथ्यांक छ ।

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

निर्माणमा नभइ नहुने सिमेन्ट सम्बन्धी ३१ जिज्ञासा र जवाफ

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

बैंकबाट नयाँ कर्जा लिनेभन्दा पुरानो चुक्ता गर्ने धेरै, घरजग्गा रोक्काभन्दा फुकुवा बढी

C16C4FD0B2BFF2A-BAED24939FF09B3-72341AC35F689FE-562A455C1E8EB58-Tax-final.jpg

भद्रपुर मालपोतबाट सात महिनामा साढे ४४ करोड राजस्व संकलन

2F0535022C82A82-Prakashman-Singh-2.jpg

मध्यम वर्गलाई लक्षित गरी ‘लो कष्ट’ आवास परियोजना निर्माण गर्न सरकारलाई सुझाव