घर बनाउन अनुमानित लागत कसरी निकाल्ने ? यस्तो छ इञ्‍जिनियरकाे सुझाव

घर बनाउन अनुमानित कति लागत लाग्छ भन्ने कुरा थाहा नभई घर बनाउन सुरु गर्ने आँट पनि आउँदैन ।

2A8F27AE893DD56-306AC176ADE35C2-piller.jpg

घर बनाउने वित्तिकै खर्चको कुरो हाइहाल्छ । जीवनभर कमाएर एउटा घर बनाउनुपर्ने हुन्छ । एउटा कन्सल्ट्यान्ट वा ठेकेदारले दिएको लागतमा भरोसा गरेर घर बनाउनुपर्छ । यदि हामीलाई घर निर्माणका विषयमा सामान्य जानकारी पनि भएन भने ठगिन सक्ने सम्भवना हुन्छ ।

आज हामी तपाईंलाई घर बनाउन लाग्‍ने अनुमानित लागत कसरी निकाल्ने ? तपाईंलाई अरुले दिएको रेट सहि हो वा गलत हो ? महंगो हो वा सस्तो हो ? कसरी छुट्याउने भन्‍ने बारेमा जानकारी गराउन गइरहेका छौं । 

यदि तपाईं घर बनाउने सोँच्दै हुनुहुन्छ वा बनाइसक्नुभयो भने पनि तपाईंलाई पक्कै यो कुराले सोँच्‍नै बाध्य बनायो होला । घर बनाउन आँटेपछि कति लागत लाग्ला, आफुसँग भएको बजेटले पुग्‍ने हो कि खोज्‍नु पर्ने हो भन्‍न‍े चिन्ताले पनि सताउँछ । 

घर बनाउन अनुमानित कति लागत लाग्छ भन्‍ने कुरा थाहा नभई घर बनाउन सुरु गर्ने आउँट पनि आउँदैन । यदि तपाईंले आफुसँग ४५/४५ लाख रुपैयाँ साथमै छ, त्यती रकमले त अढाई तलाको घर बनिहाल्छ नि भनेर निर्माण सुरु गर्नुभयो भने मोटो रकम ऋण लिनुपर्ने स्थिती आउँछ ।

अढाई तलाको घर २०/२५ लाख मै बन्‍ने हो कि, ४०/४५ लाख रुपैयाँ लाग्‍ने हो कि, ७०/७५ लाख वा १ करोड नै छुन्छ भन्‍ने थाहा पाउनुभयो भने तपाईं घर बनाउँदा ऋणमा डुब्नु हुँदैन । आफ्नो बजेट व्यवस्थापनमा पनि सहज हुनेछ ।

सबैभन्दा पहिला के बुझौँ भने, लागत भनेको घरको साइज र डिजाइनमा धेरै भर पर्छ । तपाईंको छिमेकीले ३ आना जग्गामा ७० प्रतिशत जमिन ओगटेर (करिब ७०० बर्गफिट)को घर बनाउन जति खर्च गर्नुभयो, त्यती नै लागतमा ४ आना जग्गामा (करिब ९५० बर्गफिटको) घर बनाउन सम्भव नै हुँदैन । त्यसो त घरको क्षेत्रफलले मात्र होइन होइन कि घरको फिनिसिङ कस्तो गर्ने, कति महंगो सामान प्रयोग गर्ने, सिमेन्ट, डन्डी, इँटा कस्तो प्रयोग गर्ने भन्‍ने कुराले पनि लागत फरक पारिदिन्छ । 

घर बनाउन ठेक्का दिनेहरुले अहिले बजारमा चलेको वर्गफिटको आधारमा रेटको कुरा गर्नुपर्ने हुन्छ, जुन अत्यन्तै अव्यावहारिक र अफ्ठ्यारो कुरा हो । हामी प्राविधिकलाई समेत झुक्याउने गरि रेट राख्‍ने चलन बजारमा चलेको हुन्छ । 

हिजोआज सामाजिक सञ्‍जालहरुमा नयाँ कन्सन्ट्रक्सन कम्पनी भन्दै प्रतिबर्गफिट ३ हजार, २८ सय, २५ सय हुँदै २२–२३ सयसम्ममै राम्रो फिनिसिङसहितको घरको चाँबी दिने भनेर विज्ञापन गरेको पनि देखिन्छ । यस्ता विज्ञापन मान्छेलाई दिग्भ्रमित पार्ने गरि राखिएको हुन्छन् । सबैको उदेश्य झुक्काउने नहोला, तर तपाईं चनाखो भने हुनुपर्छ । 

कतिसम्मको रेट ठिक हो त ?

माथि उल्लेख गरेअनुसार घरको लागत घरको आकार र फिनिसिङमा भर पर्छ । त्यसैले यति नै रेट ठिक हो भनेर ठ्याक्कै भन्‍न सकिदैँन । तपाईंको आवश्यकता अनुसार रेट फरक पर्न सक्छ ? अनि फेरी अर्को बिर्सिनै नहुने कुरा चाहीँ बर्गफिटमा रेट आउँदा घरको के–केको क्षेत्रफल नापिने हो भनेर पनि राम्रोसँग बुझ्नुपर्छ । 

उदाहरणका लागि– ३ आना जग्गामा अढाई तले घर बनाउँदै हुनुहुन्छ भने त्यसमा ३ वटा स्लयाब ढलान गरेको हुन्छ । मानौं, अनुमानित क्षेत्रफल २ हजार बर्गफिट निस्कियो भने त्यो स्लयाबको क्षेलफल हो । अब त्यसमा प्रिल्थ (घरको ग्राउन्ड फ्लोर)को एरिया करिब ७०० बर्गफिट हुन्छ । 

अब तपाईं पहिले निर्माण कम्पनिमा जानुभयो भने प्रतिबर्गफिट ३२ सय रुपैयाँ रेट पाउनुहोला । अर्को निर्माण कम्पनीमा जानुभयो भने प्रतिबर्गफिट ३६ सय रुपैयाँभन्दा तल काम गर्न सकिन्‍न भन्‍ने जवाफ पाउनुहोला । 

अझ ३२ सय भन्‍नेले एकदमै राम्रो फिनिसिङ, मार्बल, ग्रेनाइट, किचेन, फल्सिलिङ सहितको घर बनाइदिन्छु भन्छ । ३६ सयको रेट दिनेले साधारण फिनिसिङ हुन्छ फल्सिलिङ मार्बल ग्रेनाइट हुदैन भन्‍न सक्छ । 

यहाँ प्रतिबर्गफिट ३६ सय रुपैयाँ रेट भन्‍नेले मार्जिन धेरै राख्यो भनेर बुझ्नुभन्दा पहिले उसले त्यो रेटमा के–के सेवा र कस्तो सामाग्री दिन खोजेको छ त्यो बुझ्नुपर्छ । यस्तै, एरिया नाप्दा के–के नाप्छ त्यो पनि बुझ्नुपर्ने हुन्छ । 

प्रतिबर्गफिट ३२ सय लागत भन्‍नेले सायद एरिया नाप्‍ने बेला २०००+७०० गरेर २७०० को हिसाब गरेको हुन सक्छ र ३६ सय भन्‍नेले २ हजार बर्गफिटको मात्र हिसाब गर्ने पनि हुन सक्छ । 

यदि यस्तो भयो भने ३२ सय रेट भन्‍ने पहिलो कम्पनीका अनुसार घर बनाउँदा कुल लागत ८६ लाख ४० हजार रुपैयाँ पर्न आउँछ । ३६ सय रुपैयाँ रेट भन्‍ने दोश्रो कम्पनिका अनुसार घर बनाउँदा कुल लागत ७२ लाख रुपैयाँमात्र पर्न आउँछ । यहाँ सस्तो रेट भन्‍ने सँग भन्दा महंगो रेट भन्‍ने सँग घर बनाउँदा उल्टै घर बनाउने लागत कम हुने भयो । बढि रेट भन्‍नेले झन् थोरै पैसामा बनाउँछु भनेको पो रहेछ । 

अब ७२ लाखमा काम गर्ने कम्पनीले दिएको सस्तो रेटमा फिनिसिङ पनि काम नै हुने भयो । 

त्यसैले मार्केटमा चलेको यो रेट युद्धमा नफस्नु होला । कति रेट तिर्नुपर्यो भन्दा पनि जम्मा लागत कति पर्ने भयो भन्‍ने कुराले तपाईंलाई फरक पार्ने हो । त्यसैले कसैले मेरो रेट यति हो भन्यो भने जम्मा कति पर्ने भयो त भनेर पनि सोध्‍न नभुल्नु होला । 

यसो भन्दैमा प्रतिबर्गफिट ३२ सय र ३६ सय रेट नै ठिक भन्‍न खोजिएको भने होइन । सबैले आ–आफ्नो रेट राख्‍ने गर्छन्, सबैको काम गर्ने तौरतरिका र रेट पनि फरक हुन्छन् ।   

अजिरा बिल्डर्सले दिने रेटमा जहिले पनि भुइँको क्षेत्रफल गणना गरिदैन। साधारण रुपमा हामीसँग दुई किसिमको रेट हुन्छन्, मध्यम आय हुनेको लागि स्टेलर प्याकेज र उच्च आय हुनेको लागि स्टेलर प्लस प्याकेज । 

स्टेलर अन्‍तर्गत इकोनोमीक (३२५० प्रति बर्गफिट), स्टान्डर्ड (३५५० प्रतिवर्ग फिट) र प्रिमियममा (४१५० प्रतिवर्ग फिटमा) मा काम गरिरहेका छौं । स्टेलर प्लसअन्तर्गत लक्जरी होम डिजाइन र निर्माण ४८ सय रुपैयाँ प्रति बर्गफिटबाट सुरु हुने गरि गरिराखेका छौँ । 

यो सबै प्याकेजमा प्रयोग हुने सामाग्रीहरु फरक भए पनि निर्माण गुणस्तर भने सबैमा बराबर नै कायम हुन्छ । 

अन्तिममा, रेटको बारेमा छलफल धेरै लामो हुन्छ । एउटा सामाग्रीले मात्र घर बन्‍ने होइन । हजारौँ साना–साना कुराको ध्यान दिनुपर्ने हुन्छ । सबैको छुट्टाछुट्टै गुणस्तर र रेट पनि हुन्छन् । त्यसैले कति रेटमा काम गर्दा सिमेन्ट, डन्डी, ट्रायल, मार्बल, कलर, झ्याल ढोकाजस्ता थुप्रै सामान कस्ता र कति रेटका प्रयोग हुने हुन सबै कुरा पहिले नै निक्यौल गर्नुपर्छ । 

यति मात्र होइन तपाईंको घरको नक्सा डिजाइनले पनि तपाईंको घरको लागतमा धेरै नै फरक पर्छ । यसको बारेमा अर्को दिन चर्चा गरौँला । 

समग्रमा घरको नक्सा डिजाइन, निर्माण सामाग्रीको छनौट, सामाग्रीको मुल्यजस्ता थुप्रै कुराहरुले घरको लागतमा धेरै फरक पर्छ । घर बनाउने स्थानले पनि फरक पर्छ । काठमाडौँमा बनाउनु र चितवनमा बनाउनुमा पनि निर्माण सामाग्रीको मुल्यको कारण घरको मुल्य फरक पर्छ ।  

(अजिरा बिल्डर्सका प्रबन्ध निर्देशक इन्जीनियर अनुप ढुङ्गानालाई ९८०२३०५०७१ मा सम्पर्क गरी घरनिर्माणसम्बन्धि सम्पूर्ण जिज्ञासाहरु राख्न सक्नुहुन्छ !)

किन घट्यो अर्पार्टमेन्ट किनबेच ?

वर्ष ०८०ः कित्ताकाट दोब्बर वृद्धि, तर घरजग्गा किनबेच अपेक्षित बढेन

चोभारको जलविनायक कोलोनीमा १५ घर र १३ घडेरी बिक्रीमा, मूल्य कति पर्छ ?

नौ महिनामा तीन अर्बको सिमेन्ट निर्यात

काठमाडौं उपत्यकामा ४०% सम्म मूल्य घट्दा पनि किन बढेन घरजग्गा कारोबार ?

रुकुमको ‘चौरजहारी नयाँ शहर’ निर्माणका लागि जग्गा प्राप्ती सुरु, अब काम अगाडि बढ्ला ?

१० करोड लगानीमा 'त्रिशुली भिल्ला' सञ्चालन

घरजग्गा किनबेच घट्दा पनि बढ्यो मालपोत राजश्व

00F024FA1A91167-Khadga-b-gurung-final.jpg

पुनः नापी तथा हालसाविकका समस्या, चुनौती र समाधानका उपाय

1EC620D8C9F9519-saarc-final.jpg

यस्तो छ जग्गा प्रशासन ‘कित्ता नापी र जग्गा दर्ता’मा सार्क मुलुकको अभ्यास

8207B062FB9DF98-PanchKhal.jpg

यस्तो छ नेपालमा जग्गाको स्वामित्व र भोग चलनका किसिम (विचार)