भोली सुरु हुँदैछ काठमाडौंमा दीगो शहरी विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका १३ देशका उच्चपदस्थ कर्मचारी र सम्बन्धित विषय विज्ञहरुको सहभागिता रहने बताइएको छ । 

367B408218B985F-icon.png
655views
7976BD568EAC609-digo-sahari-bikas-international-sammelan.jpg

काठमाडौं । १९ माघ अर्थात् भोलीदखि काठमडौंमा दीगो शहरी विकासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुने भएको छ । स्थानीय योजना निर्माण मञ्‍चको पाँचौ अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक नेपालमा आयोजना हुन लागेको हो । 

दुई दिनसम्म सञ्‍चालन हुने सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका १३ देशका उच्चपदस्थ कर्मचारी र सम्बन्धित विषय विज्ञहरुको सहभागिता रहने बताइएको छ । 

‘एकीकृत र जलवायु अनुकूलन शहरी विकासका लागि स्थानीय योजना’ भन्‍ने नाराका साथ सम्मेलन आयोजना हुन लागेको शहरी विकास मन्त्रालयले जनाएको छ ।

दिगो, उत्थानशील र समावेशी समाज एवं शहरबस्ती निर्माणका लागि हातेमालो गर्ने उद्देश्यका साथ जापान सरकारले सन् २०१८ मा स्थानीय योजना निर्माण मञ्‍च गठन गरेको थियो ।

मञ्‍चमा एशिया प्रशान्त क्षेत्रका नेपाल, जापान, लाओस, भियतनाम, चीन, भारत, युगान्डा, मोजाम्बिक, भुटान, श्रीलंका, मलेसियालगायत १३ देश आबद्ध छन् । 

एक अर्काको सिकाइ तथा अनुभव आदानप्रदानका लागि सम्मेलन फलदायी हुने अपेक्षा गरिए छ ।

युएन ह्याबिट्याट एशिया प्रशान्त क्षेत्रीय कार्यालयको संयोजनमा हरेक वर्ष यससम्बन्धी बहस, छलफल, अन्तरक्रिया तथा अन्तर्राष्ट्रिय सम्मेलन हुने बताइएको छ ।

सम्मेलनको अघिल्लो दिन १८ माघ (आज) अन्तर्राष्ट्रिय प्रतिनिधिहरुले काठमाडौं उपत्यका विकास प्राधिकरणले शहरी विकासमा गरिरहेको कामबारे स्थलगत अवलोकन भ्रमण गर्ने भएका छन् ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

B8F0833F7EC2A66-1682394595-W3WiY.jpg

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

4ADE35FBBB4BDB6-purano-bus-park-view-tower-(3).jpg

बालेनको ८ बुँदे खुलासा : यसरी हुन्छ महानगरलाई काठमाडौं टावरमा अर्बौं क्षति

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?