विदेशीलाई २० प्रतिशत अपार्टमेन्ट बिक्री गर्न अनुमति दिने कार्यविधि नै बनेन

तर, आर्थिक वर्षको ७ महिना वितिसक्दा पनि विदेशीलाई अपार्टमेन्ट बिक्रीका लागि अनुमति दिन कार्यविधि नै बन्न सकेको छैन ।

367B408218B985F-icon.png
667views
73022C19E3D735E-33BEDB302D081D7-95D25BC51BC46C4-DownTown-Apartment.jpg

काठमाडौं । विदेशी नागरिकलाई विदेशी मुद्रामा हाईराइज भवनका अपार्टमेन्ट युनिट बिक्री गर्न दिने बजेटको घोषणा कार्यान्वयन नभएको भन्दै निजी क्षेत्रले चिन्ता व्यक्त गरेको छ ।

बजेटमा भनिएको छ– ‘निजी क्षेत्रलाई सयभन्दा बढी युनिट रहने अपार्टमेन्टको बढीमा २० प्रतिशत युनिट विदेशी नागरिकलाई विदेशी मुद्रामा बिक्री गर्न अनुमति दिने गरी कानूनी व्यवस्था गरिनेछ ।’ 

तर, आर्थिक वर्षको ७ महिना वितिसक्दा पनि विदेशीलाई अपार्टमेन्ट बिक्रीका लागि अनुमति दिन कार्यविधि नै बन्‍न सकेको छैन ।

प्रणालीमा विदेशी मुद्राको सञ्‍चिति बढाउन र तरलता संकन व्यवस्थापनका लागि सरकारले विदेशी नागरिकलाई विदेशी मुद्रामा अपार्टमेन्ट खरिद गर्न दिने कानुनी व्यवस्था गर्ने घोषणा गरेको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल जग्गा तथा आवास विकास संघले विदेशी नागरिकलाई अपार्टमेन्ट बिक्री खुला गर्न सुझाव दिएपछि सरकारले बजेटमै व्यवस्था गरेको हो ।

विदेशीलाई विदेशी मुद्रामा अपार्टमेन्ट खरि गर्न अनमुति दिने, विदेशी मद्रुामा चाहेको वखत खरिद भएको अपार्टमेन्ट पुनः खरिदबिक्री गर्न पाउने व्यवस्था लागू गर्न परिसंघले सरकारको ध्यानार्षण गराएको छ ।

विदेशी मुद्रामा खरिद भएको अपार्टमेन्ट निश्‍चित समयपश्‍चात स्वदेशी मुद्रामा बिक्री गर्न पाउने गरी कार्यविधि तर्जुमा गरी तत्काल जारी गर्नुपर्ने परिसंघको माग छ । 

यसरी अपार्टमेन्ट खरिद गर्ने विदेशी नागरिकलाई गैरपर्यटक भिसा प्रदान गर्न अध्यागमन ऐन, २०४९ र अध्यागमन नियमावली, २०५१ नियम ८(१) मा संशोधन गर्नुपर्ने हुन्छ ।

‘विदेशी नागरिकलाई अपार्टमेन्ट किन्‍न दिएर दीर्घकालिन भिसा दिँदा उसले नेपालमा डलर खर्च गर्छ’ एक व्यवसायीले भने, ‘त्यो व्यवस्था विदेशी मुद्रा सञ्‍चिति, तरलता व्यवस्थापन, पर्यटनलगायत समग्र अर्थतन्त्रकै लागि सकरात्मक कदम हुनेछ ।’

विदेशमा पनि गैर नागरिकलाई अपार्टमेन्ट किन्‍न दिने व्यवस्था छ । जग्गाको स्वामित्व हस्तान्तरण गर्न नमिल्ने हुँदा विदेशी नागरिकलाई घर बिक्री गर्ने अवस्था हुँदैन् । 

विदेशीलाइ डलरमा अपार्टमेन्ट खरिद गर्न दिइएको खण्डमा अहिले अर्थतन्त्रमा देखिएका समस्याहरु समाधानमा ठूलो सहयोग पुग्‍ने जग्गा तथा आवास विकास संघ, काठमाडौंका अध्यक्ष इच्छाराज वाग्लेको भनाई छ । 

तर, अहिले नै बिक्रीका लागि नयाँ अपार्टमेन्टहरु छैनन् । भूकम्पपछि एकातिर नेपालीहरु गगनचुम्बी भवनमा बस्‍न डराए, अर्कोतिर सरकारले अपार्टमेन्ट निर्माणको मापदण्डमा कडाई गरेपछि त्यसयता नयाँ अपार्टमेन्ट पनि आउन सकेका छैनन् ।

यदि विदेशी नागरिकलाई अपार्टमेन्ट खरिद गर्न अनुमति दिएमा नेपालमा पनि अपार्टमेन्टको बहार आउने वाग्लेको भनाई छ । ‘विदेशीले नेपालीलाई पनि अपार्टमेन्टमा बस्‍न अध्यस्त बनाउँथे’ उनले भने, ‘अपार्टमेन्टको स्तर पनि निकै वृद्धि हुने थियो ।

नेपालमा अपार्टमेन्ट किनेर बस्‍न चाहने विदेशी धेरै रहेको व्यवसायी बताउँछन् । ‘यहाँ इन्डियन धेरै आउँथे, तेश्रो मुलुकका नागरिक पनि नेपालमा अपार्टमेन्ट किन्‍न चाहिरकेका छन्’ वाग्लेले भने, ‘उनीहरुले नेपालमा डलर खर्च गर्थे, बसाइ पनि लामो हुन्थ्यो, पर्यटन पनि फस्टाउथ्यो, अर्थतन्त्रलाई राम्रो हुने थियो ।’ 

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

दुई वर्षदेखि ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर यस वर्ष २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान

एक वर्षमा तीन लाख ८२ हजार घरजग्गा रोक्का, तीन लाख फुकुवा

4CD2787D682958F-parking news.jpg

काठमाडौं महानगरले तोक्यो पार्किङ शुल्क, व्यवसायिक भवनले पार्किङ शुल्क लिन नपाउने

7C876F0376554BE-Kathmandu Valley-1597749993.jpg

मन्दीकै बिच वर्षमा पौने पाँच लाख घरजग्गा खरिद बिक्री, ४१ अर्ब राजश्‍व संकलन

0A879F479FCB489-D49DAAFB1194BEA-F03308F1229F2CB-A9ED9AF1C4F05FE-kmc-mahanagarpalika-kathmandu.jpg

कुन व्यवसायले कति कर तिर्नुपर्छ ? यस्तो छ काठमाडौं महानगरको कर नीति