भक्तपुरको पलाँसे–नङखेल बन्यो रियल इस्टेटको नयाँ ‘हटस्पट’, दुई प्लटिङमा एक हजार घडेरी

पछिल्लो समय भक्तपुरबाट काभ्रेतिर जाने सडकको दायाँ–बायाँ नलिनचोक, पलाँसे, नङखेललगायत क्षेत्रमा व्यापक प्लटिङ भइरहेको छ । काठमाडौं उपत्यकाको मुख्य शहरी क्षेत्रमा खाली जग्गा कम हुनुका साथै मूल्य पनि चर्को भएपछि रियल इस्टेट डेभलपर कम्पनीहरुले काँठ क्षेत्रलाई तार्गेट गरेको पाइन्छ । 

367B408218B985F-icon.png
18325views
0EDAF06A90D548C-111-final.jpg

काठमाडौं– भक्तपुरको सूर्यविनायकबाट नलिनचोक हुँदै साँगातिर जाँदा दायाँतर्फ (बायाँतर्फ फन भ्याली पार्क) विशाल प्लटिङ देख्‍न सक्नुहुन्छ । 

सडक छेवैमा २८८ रोपनी क्षेत्रफल फैलिएको यस प्लटिङमा चार सयभन्दा बढी घडेरी हुने परियोजनाको फिल्ड म्यानेजर भुवन कुस्माले बताए । यो देख्‍नमा मात्र विशाल छैन्, पछिल्लो समय बनेको सबैभन्दा सुविधा सम्पन्‍न प्लटिङ पनि हो । 

कुल २८८ रोपनीमध्ये ५३ रोपनी प्रतिजग्गा रहेको हुँदा खुलै छाडिएको छ । प्लटिङको बिचमा पर्ने खोल्सोलाई व्यवस्थित गर्दै दायाँ बायाँ हरियाली बनाइएको छ । चौडा सडक र हरियालीले प्लटिङ आकर्षक देखिएको छ ।

केही महिनाअघि भक्तपुरकै नङखेलस्थित एउटा प्लटिङ सामाजिक सञ्‍जाल टिकटकमा निकै भाइरल बन्यो । ११० रोपनी क्षेत्रफलमा बनाइएको चौडा पक्की सडक र चिटिक्क मिलेका घडेरीहरुले मन नलोभ्याउने कुरै भएन । डोलेश्‍वर मन्दिर नजिकै रहेको प्लटिङमा घडेरी किन्‍नमात्र होइन्, घुम्‍न जाने थलो समेत बन्यो ।

उपत्यकामा व्यवस्थित र सुविधासम्पन्‍न आवास परियोजनाको परिकल्पना गरी निक भुजीकिक हाउजिङ प्रालिले प्लटिङ गरेको हो । सोही परियोजना छेवैको थप जग्गा लिएर भाइरल प्लटिङलाई ३ सय रोपनीमा विस्तार गरिँदै छ । ‘पहिलो र दोस्रो चरणमा गरी करिव ६ सय घडेरी तयार हुनेछन्’ निक भुजीकिकका प्रोजेक्ट डाइरेक्टर लक्ष्मी सुन्दर कुस्माले भने ।

भक्तपुरबाट साँगातिर जाँदा अग्लो शिव महादेव मुर्तीको तलपट्टी भिरालो पाखोमा अर्को प्लटिङ देखिन्छ । सडकबाटै देखिने प्लटिङमा पनि धेरै घडेरी बनाइएको छ । यस्तै, नङखेलको भित्तोमा एउटा करिव २२–२४ रोपनी र अर्को २७ रोपनीमा दुईवटा प्लटिङ तयार भइरहेका छन् । 

यस्तै, नलिन चोकबाट अगाडि बढ्दा हरियाली फाँटको बिचमा प्लटिङ गरेको देखिन्छ । 

पाखैभरी प्लटिङ

आइतबार नेपालहोम्सको टोली साँगा, पलाँसे, नङखेल लगायतका ठाउँहरुमा पुग्दा धमाधम प्लटिङको काम भइरहेको देखिन्थ्यो । 

पछिल्लो समय भक्तपुरबाट काभ्रेतिर जाने सडकको दायाँ–बायाँ नलिनचोक, पलाँसे, नङखेललगायत क्षेत्रमा व्यापक प्लटिङ भइरहेको छ । काठमाडौं उपत्यकाको मुख्य शहरी क्षेत्रमा खाली जग्गा कम हुनुका साथै मूल्य पनि चर्को भएपछि रियल इस्टेट डेभलपर कम्पनीहरुले काँठ क्षेत्रलाई तार्गेट गरेको पाइन्छ । 

हामीले माथि उल्लेख गरेका पलाँसे र नङखेलका दुईवटै ठूला प्लटिङका लगानीकर्ता एउटै हुन् । ग्रिन भ्यालिज प्रालिको नामबाट पलाँसेमा ४०० घडेरीको प्लटिङ बनिरहेको छ भने निक भुजीकिक हाउजिङ प्रालिको नामबाट नङखेलमा ६०० घडेरीको प्लटिङमा धमाधम काम भइरहेको छ ।

निक भुजीकिकका प्रोजेक्ट डाइरेक्टर कुस्माका अनुसार नङखेलको प्रोजेक्टमा स्थानीयसहित ६ जनाको लगानी छ भने पलाँसेको प्रोजेक्टमा भने एक दर्जन हाराहारी लगानीकर्ता छन् ।

दुबै प्लटिङ पछिल्लो समय उपत्यकामा बनिरहेको सबैभन्दा सुविधा सम्पन्‍न र निजी क्षेत्रकै ठूलो परियोजना हुन् भन्दा फरक नपर्ला । डेढ दशकदेखि जग्गा प्लटिङ गर्दै आइरहेका उनीहरुले काभ्रेको साँगामा पनि ठूलो क्षेत्रफलमा प्लटिङ गर्दैछन् ।

भक्तपुरको दुबै ठाउँमा स्थानीयहरुसँग ‘ल्यान्ड पुलिङ’ गरेर व्यवस्थित प्लटिङ आयोजना निर्माण गरेको कुस्माको भनाई छ । स्थानीयहरुको जग्गाको प्लट मिलान गर्दा ३५ प्रतिशत जग्गा काटेर हस्तान्तरण गरिएको छ । 

चौडा सडक, पार्क र प्लटिङको लगानी र अन्य सुविधाहरु पनि उपलब्ध गराउनुपर्ने हुँदा केही प्रतिशत जग्गा काटेर दिनुपरेको हो । सरकारले पनि व्यवस्थित वस्ती विकासका परियोजनामा ‘ल्यान्ड पुलिङ’ गर्दा यही नै तरिका अपनाउने गर्छ ।

यी दुई विशाल प्लटिङ परियोजनाले त्यस क्षेत्रको चमकधमक नै परिवर्तन गरिदिएको स्थानीय बताउँछन् । ‘ठूला प्लटिङ आयोजना बनेपछि जग्गा खोज्‍नेहरुको भिड लाग्‍न थालेको छ ’ एक स्थानीयले भने, ‘हेर्दा हेर्दै यहाँको जग्गाको मूल्य पनि धेरै बढिसक्यो ।’

अहिले पलाँसेको प्लटिङमा जग्गाको मूल्य आनाको ३२ लाखदेखि ३७ लाखसम्म बिक्री भइरहेको छ । परियोजनाभित्र २० फिट र २६ फिटको चौडा सडक रहेको छ । 

‘तर, डेढ–दुई वर्षअघि आनाको २० लाखसम्म पनि जग्गा बिक्री गर्यौं’ परियोजनाको फिल्ड हेर्ने भुवन कुस्माले भने, ‘यहाँ लगानी गर्नेले छोटो अवधिमै प्रतिआना १०-१२ लाख रुपैयाँ कमाइ गरिसकेका छन् ।’ त्यहाँ ४ आना २ दामदेखि ७–८ आनासम्मका घडेरी रहेका छन् ।

पलाँसे क्षेत्रको पाखो जग्गा लगानीका लागि उपयुक्त रहेकोे स्थानीय घरजग्गा व्यवसायीको भनाइ छ । ‘यस क्षेत्रमा बस्‍ने नै गरी घडेरी किन्‍ने कम छन्, ग्राहकले लगानीका रुपमा घडेरी किनेर राखेका छन्’ कुस्माले भने– ‘प्लटिङ पुरै तयार भइसकेको छैन्, तर जग्गा रि–सेल भइसकेका छन् ।’ 

पछि नाफा खाएर बिक्री गर्ने उद्देश्यले जग्गामा लगानी गर्ने धेरै छन् । पलाँसेको प्रोजेक्टमा सय रोपनी भन्दा बढी जग्गा स्थानीयको रहेको र उनीहरुले घडेरी बिक्री गरेका छैनन् । कम्पनीको नाममा रहेका अधिकांश घडेरी बिक्री भइसकेको कुस्माले बताए ।

भाइरल प्लटिङ

नङखेलको भाइरल प्लटिङमा पहिलो चरणमा ३३० घडेरी बनिसकेका छन् । दोस्रो चरणमा दुई ७० घडेरी थपिने लक्ष्मी सुन्दर कुस्माले बताए । यहाँ पनि २९ देखि ३२ लाखको रेञ्‍जमा घडेरी बिक्री वितरण भइरहेको छ ।

‘पहिला यहाँ पनि लगानीका रुपमा जग्गा किन्‍ने धेरै थिए, अहिले बस्‍ने गरी नै जग्गा किन्‍न खोजिरहेका छन्’ कुस्माले भने, ‘उनीहरुले रि–सेल पनि गरिसकेका छन्, १३ लाख प्रतिआनामा किनेको जग्गा ३२ लाखसम्म पनि बिक्री भयो ।’ यस परियोजनामा पनि केही जग्गा स्थानीयसँग मिलान गरिएको छ ।

नङखेल परियोजनामा पनि करिव ७० प्रतिशत घडेरी बिक्री भइसकेका छन् । त्यहाँ सुन्दर पार्क पनि बनाइएको छ । एशियाली विकास बैंकले त्यहाँ रहेको करिव २० रोपनी प्रतिजग्गामा स्कुल बनाउन लागेको कुस्माले बताए ।

दुबै ठुला परियोजनामा बिजुली, स्ट्रिट लाइट, ढल, २० फिटको पक्की सडक, खानेपानी लगायत सुविधा उपब्ध गराइने छ ।

किन बढ्दैछ आकर्षण ?

अहिले मुख्य शहरी क्षेत्रमा जग्गा भेटिदैन । भेटियो भने पनि अत्यन्तै महंगो छ । त्यसैले घरघडेरी खोज्‍नेहरुले काँठ क्षेत्र खोजिरहेका छन् । रियलस्टेट डेभलपरहरुले पनि उपत्यका छेउछाउको जग्गामा धमाधम प्लटिङ गरिरहेको देखिन्छ ।

सरकारले भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्म सडक चौडा बनाउँदै छ । धेरै जाम हुने कोटेश्‍वरमा फ्लाइ ओभर र अन्डरपास बनाउने योजना छ । अग्लो शिवको मूर्तीले पनि पलाँसे क्षेत्र भाइब्रेन्ट छ ।

त्यसैले घरजग्गा कारोबारीदेखि ग्राहकको ध्यान त्यस क्षेत्रमा देखिएको हो । ठूला प्लटिङमा जग्गाको मूल्य ३०–३५ लाख भनिएपनि अन्यत्र १५–२० लाखमै चिटिक्कका घडेरी किन्‍न पाइन्छ ।


 

काठमाडौं उपत्यकामा ४०% सम्म मूल्य घट्दा पनि किन बढेन घरजग्गा कारोबार ?

रुकुमको ‘चौरजहारी नयाँ शहर’ निर्माणका लागि जग्गा प्राप्ती सुरु, अब काम आगडि बढ्ला ?

१० करोड लगानीमा 'त्रिशुली भिल्ला' सञ्चालन

घरजग्गा किनबेच घट्दा पनि बढ्यो मालपोत राजश्व

आँबुखैरेनीको मर्स्याङ्दी जलासयमा मोटरबोट सुरु, कति लाग्छ शुल्क ?

ब्याज घट्दा पनि किन बढ्न सकेन घरजग्गा कारोबार ?

रियल इस्टेटबाट बनेका संसारकै धनाढ्यहरु

यी हुन् घरमा विद्युतीकरण गर्दा ध्यान दिनुपर्ने कुराहरू

43FE0B3E7599612-Pho-99.jpg

लाजिम्पाटमा खुल्यो भियतनामी स्वाद पस्किने फो ९९ रेष्टुरेन्ट

5A9AA47CF47005C-Dorje-final.jpg

३० फोटोमा हेर्नुहोस् ‘दोर्जे रिसोर्ट’, जहाँ बस्‍न दिनकै ५० हजारभन्दा धेरै खर्चिनु पर्छ

DBEB48B1DB7848F-bagmati-pradesh2022-12-17-09-44-59.jpeg

बागमती प्रदेशका उदीयमान शहरहरुलाई मौलिका पहिचानसहित व्यवस्थित बनाउने घोषणा