नगरपालिकामा बस्‍ने जनसंख्या ६६.१७ प्रतिशत

367B408218B985F-icon.png
685views
B5B1464679F2B9D-nepalmap.png

काठमाडौं । नेपालमा कुल जनसंख्याको दुई तिहाई मान्छेहरु नगरपालिकाका बासिन्दा बनेका छन् । देशैभर नगरपालिकाहरुको संख्या बढेपछि नगरपालिकामा बस्‍ने जनसंख्या पनि धेरै देखिएको हो । 

२०७८ को जनगणना अनुसार नगरपालिकाहरुमा बस्‍ने जनसंख्या ६६.१७ प्रतिशत र गाउँपालिकाहरुमा बस्‍ने जनसंख्या ३३.८३ प्रतिशत रहेको छ । 

देशमा बसोबास गर्ने कुल परिवार ६६ लाख ६६ हजार ९३७  रहेको जनगणनाले देखाएको छ । यी मध्ये व्यक्तिगत परिवार ६६ लाख ६० हजार ८४१ र संस्थागत परिवार ६ हजार ९६ रहेका छन् । 

२०६८ सालको जनगणनामा कुल परिवार संख्या ५४ लाख २७ हजार ३०२ रहेको थियो ।

प्रतिपरिवार बसोबास गर्ने सदस्य औसतमा ४.३७ जना रहेको छ । यो संख्या २०६८ सालको जनगणनामा ४.८८ जना रहेको थियो ।

परिवारको आकार रौतहटमा सबैभन्दा बढी ५.९४ र गोरखा र दोलखा जिल्लामा सबैभन्दा कम ३.४९ रहेको छ । 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

B8F0833F7EC2A66-1682394595-W3WiY.jpg

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

4ADE35FBBB4BDB6-purano-bus-park-view-tower-(3).jpg

बालेनको ८ बुँदे खुलासा : यसरी हुन्छ महानगरलाई काठमाडौं टावरमा अर्बौं क्षति

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?